थप लगानी गर्न बैंकलाई समस्या


मर्जरमा जाने वा पुँजी थप्ने विकल्प
सुदर्शन सापकोटा
काठमाडौं फागुन २१
साचालनमा रहेका अधिकाँश बैंक पुँजी नबढाए वा बलियो वित्तीय अवस्था भएको अर्को कम्पनीसँग मर्जरमा नगए थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण अनुसार ३० मध्ये २० बैंक यस्तो अवस्थामा पुगेका हुन । पुँजी पर्याप्तता अनुपातका कारण थप लगानी गर्ने क्षमतामा आएको कमी र प्राथमिक पुँजीको तुलनामा प्राप्त आम्दानीका आधारमा यी बैंकसँग दुई विकल्प बाँकी रहेको हो ।
नयाँ आएका चार बैकसहित स्ट्यान्डर्ड चार्टर्ड डिसिबिएल लुम्बिनी र सिटिजन्स् बैंक इन्टरनेसनल वित्तीय रुपमा सहज अवस्थामा छन् । ऋणात्मक पुँजीकोष रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई यहाँ गणना गरिएको छैन ।


'मुख्यतया पुँजी पर्याप्तता अनुपातका कारणले बैंकहरुले निष्चित समयपछि चाहेर पनि कर्जा विस्तार गर्न सक्दैनन्,' बैंकस्र संघका अध्यक्ष अशोक राणाले नागरिकसँग भने, 'यस्तो अवस्थामा कि बलियो पुँजी भएको संस्थासँग मर्जर हुनु पर् यो वा थप पुँजी थप्नु पर् यो ।'
बैंकहरुले प्रकाशित गरेको चालु वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार १६ वाणिज्य बैंकले पुँजी पर्याप्तता अनुपातका कारण ५ अर्बभन्दा बढी लगानी गर्न सक्दैनन् । केन्द्रीय बैंकले यो अनुपात १० प्रतिशतभन्दा कम हुन नहुने व्यवस्था गरेका कारण वाणिज्य बैंकले योभन्दा कममा गएर लगानी गर्ने अवस्था रहँदैन । यही कारणले उनीहरुले थप लगानी गर्न निक्षेप वढाएर मात्र पुग्दैन । 'अहिलेकै पुँजीकोषको अवस्थामा केही समयपछि निक्षेप वढे पनि कर्जा लगानी गर्न सकिदैन,' राणाले भने, 'यसले कर्जा-निक्षेप अनुपातलाई मात्र नियन्त्रण गर्छ ।'
नेपाल बंगलादेश र नेपाल क्रेडिट एन्ड कमस्र बैंक मर्जरको तयारीमा छन् । राष्ट्रिय वाणिज्य र नेपाल औद्योगिक विकास निगम एनआइडिसी को मर्जर प्रकृया पनि अगाडि वढेको छ । यसअघि एनबी बैंक र श्रीलंका मर्चेन्ट तथा नरायणी र नेसनल फाइनान्सको सफल मर्जर भइसकेको छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा सवैभन्दा कम लगानी माछापुच्छे्र बैंकले गर्न सक्छ । बैंकले अहिलेकै अवस्थामा वढीमा एक अर्ब १५ करोड ३० लाख रुपैयाँ मात्र लगानी गर्न सक्छ । नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५२ करोड ५३ लाख रुपैयाँ र ग्लोबल बैंकले १ अर्ब ८० करोड २४ लाख रुपैयाँ लगानी गर्न सक्छन् ।
प्राथमिक पुँजीलाई राष्ट्र बैंकले तोकेको पुँजी पर्याप्तता अनुपात १० प्रतिशत ले भाग गरेर आएको परिणाममा पुनः प्राथमिक पुँजीलाई बैंकहरुसँग अहिले भएको पुँजी पर्याप्तता अनुपातले भाग गरी आएको परिणामलाई घटाएर लगानी गर्न सक्ने क्षमता निकालिएको हो । चुक्ता पुँजी र जगेडा कोषको योगलाई प्राथमिक पुँजीको रुपमा प्रयोग गरिएको छ ।
पुँजी पर्याप्तता अनुपातका आधारमा १३ वाणिज्य बैंकले थप लगानीका लागि पुँजी वढाउनु पर्ने अवस्था छ । नबिल एभरेष्ट बैंक अफ काठमाडौं बिओके नेपाल इन्भेष्टमेन्ट नेपाल बंगलादेश बैंक एनबी हिमालयन प्राइम ग्लोबल नेपाल एसबिआइ सिद्धार्थ कुमारी सनराइज र माछापुच्छे्र बैंकको पुँजी वढाउनु पर्ने अवस्था छ । यि बैंकको अनुपात १३ प्रतिशतभन्दा कम छ ।
बैंकको वित्तीय अवस्थाले मर्जर वा पुँजी थप्न संकेत गर्न थालेपछि अधिकांस बैंकर यसमा सकारात्मक देखिन थालेका छन् । 'अहिलेको अवस्थामा मर्जर आवश्यक भइसकेको छ,' बैंकसर्ं संघका उपाध्यक्ष राजनिसंह भन्डारीले भने, 'तर यो स्वेच्छिक हुनु पर्छ ।' सरकार तथा राष्ट्र बैंक पनि मर्जरमा सकारात्मक देखिएको छ । राष्ट्र बैंकले मर्जर विनियमावली चाँडै सार्वजनिक गर्दैछ । 'मर्जरमा जानुको विकल्प छैन,' गभर्नर युवराज खतिवडाले भने, 'यसले दुई प्लस दुई पाँच हुन्छ ।'
वित्तीय विवरण अनुसार १८ वाणिज्य बैंकको प्राथमिक पुँजीबाट प्राप्त आम्दानी १० प्रतिशतभन्दा कम छ । गत वर्षको तुलनामा यो थप घटेको हो । यो आम्दानी सवैभन्दा वढी नबिल बैंकको १४।७७ प्रतिशत छ ।
नयाँ आएका जनता सिभिल कमर्ज एन्ड ट्रष्ट र मेगा बैंकको प्राथमिक पुँजीको तुलनामा आम्दानी एक प्रतिशतभन्दा कम देखिए पनि अन्य कुराले अवस्था नराम्रो छैन । नयाँ भएकाले यि बैंकको यो आम्दानी कम देखिएको हो । पुरानोमा माछापुच्छे्र बैंकको यो आम्दानी एक प्रतिशतभन्दा कम अर्थात ०।१९ प्रतिशत छ । यद्यपी नयाँ चार बैंकसँग अहिलेकै अवस्थामा १० अर्ब भन्दा वढी लगानी गर्न सक्ने क्षमता छ । यि बैंकले साधारण सेयर निस्कासन गर्न वाँकी नै रहेको तथा पुँजी पर्याप्तता अनुपात ३० प्रतिशतभन्दा माथि रहेकाले समस्या छैन ।



No comments:

Post a Comment

thanks for comment