दैलोदैलोमा गएर सेवा दिन्छौं : गणेशकुमार श्रेष्ठ


गणेशकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
गणेशकुमार श्रेष्ठ
सेन्चुरी कमसर्ियल बैंक नेपाल


अप्ठेरो अवस्थामा साचालनमा आउनु भएको छ । कसरी अगाडि वढ्ने योजना छ ?
अहिलेको अवस्था धानको प्रकृतिजस्त्ौ हो । कसैलाई धेरै पानी चाहिन्छ । कसैलाई कम भए पुग्छ । तरलता पनि त्यस्तै हो । अहिलेको तरलता अभावले केही बैंकलाई साह्रै गाह्रो पारेको छ भने कसैलाई सामन्य । तरलता अभावले हामीलाई पनि समस्या हुन्छ । अप्ठ्यारो अवस्थामा सीतको थोपा थापेर पनि पानीका रुपमा प्रयोग गर्नु पर्छ । अहिले हामी त्यही नै गरिरहेका छौं ।

के भएर यस्तो अवस्था आएको हो ?
सरकारी नीतका कारण केही मान्छेमा त्रास छ । सहकारी र ढुकुटीमा पैसा गएका छन् । जुन नियमन हुँदैन । बजेट ढिला आएकाले पनि समस्या भएको हो । ढुकुटी र सहकारीमा वैधानिक तरलता अनुपात एसएलआर र अनिवार्य नगद अनुपात सिआरआर व्यवस्थापन गर्नु पर्दैन । कर्जा पनि सजिलै पाइन्छ । स्रोत पनि देखाउनु पर्दैन । त्यही भएर पैसा यता गएको छ । तत्काललाई चैसरकारी खर्च भएपछि तरलता अभाव रहँदैन ।
पुराना र ठूला बैंकमा नै पैसा नआएका वेला तपाईहरुकोमा आउला र ?
हामीले बैंक गाह्रो अवस्थामा खोलेका छौं । कसरी जाने यो अवस्थालाई कसरी सहज रुपमा प्रयोग गर्ने भनेर व्यवसायिक योजना नै तयार गरेका छौं । शहरमा नै धेरैको खाता छैन । मेरो बैंकबाट ५० मिटरको दुरीमा भएका घरमा नै गइयो भने पनि कम्तिमा ५० जनाको खाता छैन । त्यही भएर हामी घरघरै गएर खाता खोलिरहेका छौं । सरल बैंकिङ सबैका लागि भन्ने नाराअनुसार नै अगाडि वढेकाले हामीलाई समस्या हुँदैन ।
खाता खोल्नेलाई धन्यवाददिँदै पत्र पठाएका छौं । कसरी ग्राहकको मन जित्ने भनेर हामी सचेत छौं । अहिले ग्राहक बैंकमा खाता खोल्न खाउने भन्दा पनि बैंक ग्राहकको जानु पर्ने अवस्था छ । किनभने अहिले टोलटोलमा बैंक छन् । एक प्रतिशत वढी व्याज दिएकै भरमा ग्राहक आउने अवस्था छैन । त्यही भएर अब ग्राहकलाई घरै गएर सेवा दिनु पर्छ ।
हामी अब व्याज दरको महत्व बुझाउँछौं । कुनै ठूलो बैंकम खाता खोलेर गौरव गर्ने अवस्था अहिले पनि धेरै निक्षेपकर्तामा छ । व्रान्ड मात्र होइन व्याजदर पनि ठूलो कुरा हो भनेर वुझाउँछौं । त्यही भएरु अहिले हामीले बचतमा नै ९ देखि ११ प्रतिशतसम्म व्याज दर दिएका छौं ।
ग्राहकलाई दिने बैंकसँग नयाँ सेवा के छन्  ?
ग्राहकलाई छिटो छरितो सेवाका लागि एटिएम जडान गर्दैछौं । यो वर्षको असर मसान्तसम्म नाफाघाटा बराबरीको अवस्थामा पुग्ने योजना छ । यो अवधिमा ४ शाखा खोलिसक्छौं । एक दुर्गमसहति वीरगाज पोखरा र काठमाडौंमा शाखा खोल्छौं । अर्को बर्ष शाखा संख्या १६ पुर् याउँछौं । पाँच वर्षको अवधिमा देशको सवै महत्वपूर्ण ठाउँमा हाम्रो उपस्थिति भइसक्छ । हामी प्रविधिमा आधारित बैंकिङ सेवा सुरु गर्छौं । ग्राहकले घरैमा बसेर प्रतितपत्र खोल्ने लगायतका सुविधा पाउन सक्छन् । कुनै पनि सुविधा लिन बैंकमा आउनु पर्दैन । तर यसका लागि केही समय भने लाग्छ ।
राष्ट्र बैंक कठोर बन्दै गएको छ । उसको भूमिका तपाईलाई कस्तो लागिरहेको छ ?
राष्ट्र बैंकले नियमन सुपरिवेक्षण गर्नु पर्छ । तर सवै कुरालाई निर्देशनका रुपमा नियमन गर्नु हुँदैन । कतिपय विषयमा बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा छाडिदिनु पर्छ । कुनै कुरालाई लिखित निर्देशन दिनुको साटो बैंकरलाई वोलाएर अनौपचारिक रुपमा भन्दा त्यो प्रभावकारी हुन्छ । यसले बैकरको मनोवल पनि उच्च रहन्छ ।
नयाँ अउनलागेको बैंक तथा वित्तीय संस्था सम्वन्धि विधेयकले बैंकिङ क्षेत्रमा भुँइचालो गएको छ । तपाईलाई त्यसमा परेको शंशोधन प्रस्ताव कस्तो लागेको छ  ?
संसदले प्रतिशत तोकेर नियम वनाउने नै होइन । राष्ट्र बैंकलाई प्रतिशत तोक्ने काम छाडिदिनु पर्छ । सामान्य निर्देशन र नियमनबाट हुने कुरालाई ऐनमा व्यवस्था गरिदिँदा यसले समस्या र विकृति धेरै ल्याउँछ । व्यापारिले पाँच प्रतिशतभन्दा वढी संस्थापक सेयरमा लगानी गर्न नपाउने नीति आउँदा यसले सेयर बजार नै खत्तम गर्दिन्छ । राष्ट्र बैंकलाई यो विषय छाडिदिँदा उसले समय दिएर सेयर घटाउन लगाउन सक्छ । आवश्यक परेको बेला वढाउन लगाउन सक्छ । संसदले ऐन नियम बनाएर व्यवस्थित गर्ने हो । अप्ठेरोमा पार्ने होइन । ऐनले राष्ट्र बैंकलाई शक्तिशाली बनाउने हो । तानासाही बनाउने होइन ।
अर्थव्यवस्था नै परिवर्तन गर्ने कुरा छन् नि त्यसमा ?
विश्व व्यापार संगठन साफ्टा विमस्टेकलगायतमा सम्झौता गरेको मुलुकले स्वाधिनताको नारा उचालेर हुन्छ यो त व्यवहारिक र तर्कसंगत कुरै भएन नि । नेपालमा सवै कुरा बनेर आत्मनिर्भर भएको अवस्थामा स्वाधिनता भनेर लागू गर्न सकिएला । तर देश अनुदानमा चलेको छ । अनि यहाँ चै स्वाधिनता भनेर ठूला कुरा गरेर हुन्छ । यो लागू हुन्छ भन्नेमा चै मलाई विश्वास छैन ।
अहिले बैंकिङ क्षेत्रको चुनौती के देख्नु हुन्छ ?
अहिलेको प्रमुख चुनौती तरलता अभाव हो । तर यो अस्थायी प्रकृतिको भएकाले यसलाई ठूलो चुनौतिका रुपमा चित्रण गर्नु हुँदैन । मूख्य चुनौति लगानीको वातावरण नै नहुनु हो । बैंक र वित्तीय संस्थालाई कृषि उद्योगलगायतमा लगानी वढाउन भनिन्छ । तर कृषिमा लगानी गर्न िसंचाइ पुगेको छैन । उद्योगमा जान विजुली छैन । मजदुर समस्याले अप्ठेरो छ । अनि कसरी लगानी गर्न सकिन्छ बैंकको काम बत्ति पुर् याउने कुलो खन्ने होइन । आवश्यक पुर्वाधार पुगेका ठाउँमा कर्जा डुब्ने जोखिम कम भएमा लगानी गर्ने हो । िसंचाइ पुगे विजुली भए पूर्वाधार निर्माण भए राष्ट्र बैंकले यतिउति लगानी गर भन्नै पर्दैन । उसले तोकेभन्दा वढी लगानी यो क्षेत्रमा हुन्छ । त्यही भएर वातावरण वन्नु पर्यो । अहिलेको चुनौति नै यो हो ।
लगानीका लागि कुन क्षेत्रमा केन्द्रित हुदैहुनु हुन्छ ?
बैंक साचालनमा आएको एक साता भएपनि हामीले लगानी गरेका थिएनौं । यो साताबाट लगानी थालेका छौं । हामी सवै क्षेत्रमा लगानी गर्ने पक्षमा छौं । जोखिम कम भएको तथा संभाव्यता भएका सवै क्षेत्रमा लगानी गर्छौ । यसमा लघुदेखि ठूला परियोजनासम्म पर्छन । तर रोजगारी र उत्पादन वढाउने क्षेत्र हाम्रो पहिलो प्राथमिकता हुन्छ ।





No comments:

Post a Comment

thanks for comment