सरकारी स्वामित्वका वाणिज्य बैंकका कार्यकारी छान्ने समितिको स्तर वृद्धि गर


काठमाडौं चैत ६
संसदको अर्थ तथा श्रम सम्बन्ध समितिले सरकारी स्वामित्वका दुई वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने समितिको स्तर वृद्धि गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत छनौट गर्न गठन गरिएको अहिलेको समितिको स्तर तलको भएकाले यसको स्तर वृद्धि गर्न निर्देशन दिएको हो । समितिले राष्ट्र बैंकबाट गभर्नर वा डेपुटी गभर्नर अर्थ मन्त्रालयबाट सचिव नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका अध्यक्ष त्रिभुवन र काठमाडौं विश्वविद्यायलबाट डिनहरुलाई समेटेर समितिको स्तरवृद्धि गर्न भनेको छ ।

'छनौट गर्न गठन भएको समितिका पदाधिकारी र प्रकि्रया हेर्दा निष्पक्ष रुपमा सक्षम प्रमुख कार्यकारी अधिकृतको छनौट हुने आधार देखिएन,' समितिका सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले आइतबारको बैठकमा भने । उनले स्तर वृद्धि गर्दा समितिको दक्षता र पारदर्शितामाथि कसैले पनि प्रश्न उठाउन नसक्ने दाबी गरे । उनले दुई बैंकका प्रमुख कार्यकारी उच्च दक्षतायुक्त हुने भएकाले उनीहरुलाई छान्ने समिति अझ उच्च हुन आवश्यक भएकाले स्तर वृद्धि गर्नुपर्ने बताए ।
महतले प्रमुख कार्यकारीको योग्यता अन्तर्वार्तामा मात्र नहेरेर अवजेक्टिभ मूल्यांकन गर्ने व्यवस्था मिलाउन आग्रह गरे । अर्का सांसद तथा राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलले दुई बैंककॊ प्रमुख कार्यकारी नियुक्ती प्रकि्रया ढिलाइ भइसकेकाले यसलाई तुरुन्त समाधान गर्न पनि आग्रह गरे ।


No comments:

Post a Comment

thanks for comment