रुग्ण उद्योग पुनःस्थापनाका लागि समिति गठनको सुझाव


नागरिक संवाददाता
काठमाडौं चैत ६
राष्ट्र बैंकले रुग्ण उद्योगलाई पुनःस्थापना गर्नका लागि उद्योग मन्त्रालयमा भएको रुग्ण उद्योग इकाईलाई तत्काल पुनःसंगठन गरी सरकारी स्तरमा उच्च स्तरीय समिति गठन गर्नु सुझाव दिएको छ ।
समितिलाई रुग्ण उद्योग घोषणा गर्ने त्यस्तो उद्योगको पुनःस्थापना गराउनका लागि सरकारलगायत नियमनकारी निकायमा सुझाव पेस गर्ने कार्यादेश दिनुपर्ने सुझावमा छ ।
रुग्ण उद्योग तथा खराब कर्जाका सम्बन्धमा केन्द्रीय बैंकले आइतबार संसदको अर्थ तथा श्रम समितिलाई दिएको सुझावमा पुनःसंगठित समितिमा उद्योग मन्त्रालय अर्थ मन्त्रालय राष्ट्र बैंक राष्ट्रिय योजना आयोग नेपाल उद्योग वाणिज्य महासंघ नेपाल बैंकस्र संघका प्रतिनिधि सम्मिलित गराउनुपर्ने उल्लेख छ ।

बैंकका तर्फबाट डेपुटी गभर्नर महाप्रसाद अधिकारबाट प्रस्तुत सुझावअनुसार समितिको मातहतमा एउटा प्राविधिक समिति गठन गरी यसले रुग्ण भएको उद्योग पुनस्र्थापना हुन सक्ने नसक्ने विषयमा अध्ययन गरेर मूल समितिमा सिफारिस गर्नुपर्ने हुन्छ । समितिले कुनै पनि उद्योग पुनःस्थापना गर्दा सरकार केन्द्रीय बैंक बैंक तथा वित्तीय संस्था उद्योग साचालक उद्योगका मजदुर सैको भूमिका र कर्तव्य निर्धारण गरी लागु गराउन समितिलाई सिफारिस गर्नु पर्ने केन्द्रीय बैंकले सुझाव दिएको छ ।
केन्द्रीय बैंकले रुग्ण उद्योग पुनःस्थापनाका लागि सरकारले विद्यमान ऐन नियम विनियममा कुनै परिवर्तन गर्नुपर्ने भएमा तथा कुनै भौतिक पूर्वाधारको विकास गरिदिनका लागि भूमिका खेल्नु पर्ने सुझाव दिएको छ । सरकारले कर छुट दिने कर छुटको समयावधि वृद्धि गरिदिने रुग्ण उद्योग पुनःस्थापना कोष स्थापनामा पहल गरिदिनुपर्ने उसको राय छ ।
उसले आफ्नो तर्फबाट सस्तो दरमा पुनर्कर्जा उपलब्ध गराउने विभिन्न व्यवस्थामा छुट दिनुपर्नेमा त्यसमा दिने विद्यमान कुनै नीति निर्देशनमा छुट दिनुपर्ने भएमा छुट दिने वा परिमार्जन गर्नुपरेमा लचिलो नीति लिन सकिने जनाएको छ । यसमा बैंक तथा वित्तीय संस्थाले उद्योग सम्भाव्य हुने भएमा कर्जा पुनःसंरचना उपयुक्त ब्याज दर कायम कर्जाको भुक्तानी अवधि वृद्धि पुनस्र्थापना गर्दाको समयसम्म ब्याज छुट पेनाल ब्याज पुँजीकृत भएको व्याज शुल्क आदिमा छुट दिनु पर्ने सुझाव उसको छ ।
उद्योग साचालकले पनि उद्योग व्यवस्थापन चुस्त दुरुस्त साचालन गर्नुपर्ने साचालन गर्दा आर्थिक मितव्ययिता अपनाउनुपर्ने व्यवसायबाट प्राप्त नाफालाई बैंकको कर्जाको सावाँ र ब्याज तिर्न प्रयोग गर्नुपर्ने उद्योगको वास्तविक स्थितिबारे समय समयमा बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
यसमा मजदुरले उद्योग पुनस्र्थाप्ना पश्चात उद्योगमा स्थिरता नआएसम्म आर्थिक सुविधा बढाउन माग नगर्ने उद्योग साचालनमा अवरोध नगर्ने हड्ताद बन्द नगर्ने व्यवस्थाका लागि उसको सुझाव छ ।
हड्ताल चक्काजाम विद्युत आपुर्ति लगानी गर्ने बैंक तथा वित्तीय संस्था सरकारी तथा नियमनकारी निकायको कुनै नयाँ वा विद्यमान कानुन निर्देशनका कारण समस्यामा परेका तथा आफ्नो सम्पूर्ण उमेर व्यतित नगरिसकेका उद्योगलाई रुग्ण उद्योग मान्नुपर्ने केन्द्रीय बैंकको सुझाव छ ।



No comments:

Post a Comment

thanks for comment