पाँच प्रतिशत लागू नगर्न साचालकको लविङ


काठमाडौं चैत ९
संसदको विधायन समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्वन्धि विधेयकमा व्यापारिले ५ प्रतिशतभन्दा वढी संस्थापक सेयरमा लगानी गर्न नपाउने संशोधन प्रस्ताव परेपछि बैंक साचालक र बैंकरहरु यो व्यवस्था नगर्न भन्दै माओवादी नेता भेट्न थालेका छन् ।

उनीहरुले बुधबार माओवादी नेता देवप्रसाद गुरुङलाई भेट्दै आर्थिक मुद्दामा गम्भिर भएर नीति निर्माण गर्न आग्रह गरे । 'बैंकमा लगानी गर्ने नै व्यापारि र उद्योगपति हो,' भेटपछि एक बैंकका साचालकले भने, 'यस्तोमा पाँच प्रतिशतको नीति आएमा १५ प्रतिशत सेयर भएका व्यापारीलाई अन्याय पर्छ भनेर वुझाउने प्रयास गर्योै ।' गुरुङले सवै सरोकारवालासँग छलफल गरेर भावी नीति लिने बताएको एक साचालकले जानकारी दिए ।
आर्थिक उदारीकरणको नीति अनुरुप अगाडि देश वढिरहेका बेला स्वाधिनता मिश्रित अर्थव्यवस्था भन्दै अर्थतन्त्रलाई नियन्त्रण गर्न खोजिएको प्रति उनीहरुले असहमति राखेका थिए । गुरुङलाई भेट्न वाणिज्य बैंकहरुका साचालहरुको संगठनका अध्यक्ष मनोजवहादुर श्रेष्ठका नेतृत्वमा एक टोली गएको थियो ।
मंगलबार पनि उनीहरुले विधायन समितिका माओवादी सभासद्लाई भेटेका थिए । सभासद्हरुले स्वाधिनता मिश्रित अर्थव्यवस्था र ५ प्रतिशतको सीमाभन्दा पछि हट्न नसक्ने बताएका थिए । 'हामीलाई थाहा छ हामीले लिएको सबै नीति अहिले पास हुँदैन,' सभासद्लाई उदृत गर्दै एक साचालकले भने, 'तर हामी वढीभन्दा वढी पास गराउने प्रयासमा हुन्छौं ।' सभासद्हरुले पार्टीको नीति अनुरुप नै शंशोधन प्रस्ताव राखेको भन्दै वाँकी कुरा वावुराम भट्टराई र गुरुङसँग गर्न भनेका थिए । यही क्रममा साचालक तथा बैंकरले गुरुङलाई भेटेका हुन् ।

No comments:

Post a Comment

thanks for comment