– बैंक दर ८ प्रतिशत पुर्याइने
– विपन्न वर्ग ऋणको सीमा वढ्ने
– पुनर्कर्जा सहजीकरण, निर्यात पुनर्कर्जा मागेकै दिन पाइने
– मूल्यवृद्धि लक्ष्य साढे सात प्रतिशत
– शोधनान्तर बचतको लक्ष्य ७० अर्बसम्म
सुदर्शन सापकोटा
काठमाडौं, साउन ६
नेपाल राष्ट्र बैंकले बैंक दर बढाएर ८ प्रतिशत पुर्याउने भएको छ। बैंक दर छोटो समयका लागि बैंकहरुलाई वित्तीय सहयोग उपलब्ध गराउने वित्तीय उपकरण हो। बैंक दरले सम्पूर्ण व्याजहरुलाई निर्दिस्ट गर्छ। केन्द्रीय बैंकहरुले प्रयोग गर्ने बैंक दर घटवढ हुँदा बैंकबाट सेवा लिने ग्राहकको ब्याजमा पनि असर पर्छ।
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले शोधनान्तर बचत १ खर्ब १३ अर्ब २० करोड रुपैयाँ रहेको तथ्यांक पढ्दै वुधबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने छन्। राष्ट्र बैंकले चालु वर्ष मूल्य वृद्धि साढे सात प्रतिशत हुने मौद्रिक नीतिमार्फत प्रक्षेपण गर्ने छ। गत वर्ष सात प्रतिशत लक्ष्य रािखएको थियो। शोधनान्तर बचतको लक्ष्य ६० देखि ७० अर्बको बीचमा राखिने छ।
राष्ट्र बैंकले पूर्ण बजेट नआएको अवस्थामा आर्थिक कृयाकलाप घट्न नदिन कृषि, साना तथा मझौला उद्योग, जलविद्युत, पर्यटन र विपन्न वर्गमा लगानी वढाउने नीति ल्याउने भएको छ। …उत्पादनशिल क्षेत्रमा लगानी वढाएर रोजगारी श्रृजना गराउने गरी मौद्रिक नीति आउने छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, …कृषि क्षेत्र प्राथमिकतामा रहने छ।'