कर्जा सीमाभित्र वस्नेलाई राष्ट्र बैंकले सहयोग गर्छ : गभर्नर

काठमाडौं असार १
गभर्नर युवराज खतिवडाले राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर कर्जा लगानी गर्ने संस्थामा समस्या आए सहयोग गर्न तयार रहेको बताएका छन् । उनले विगतमा चाँडो नाफा हुने क्षेत्रमा सीमाभन्दा वढी कर्जा प्रवाह गर्दा समस्या आएको भन्दै सीमाभित्र वसेकोलाई सहयोग गरिरहेको जानकारी दिए ।
गभर्नर युवराज खतिवडा
उनले संस्थापक र ठूला निक्षेपकर्तामा वढी भर पर्ने संस्थामा समस्या आएको भन्दै निक्षेप खाता वढाउन बैंकरलाई आग्रह गरे । 'अहिले समस्या आएका संस्था ठूला निक्षेपकर्तामा भर परेका थिए,' बैंकिङ प्रशिक्षण केन्द्रले आयोजना गरेको अन्तकि्रया कार्यक्रममा मंगलबार गभर्नरले भने, 'समस्या आउन नदिने हो भने साना निक्षेपकर्ताको संस्था वढाउनु होस् ।' उनले केही समयदेखि तरलता अभावमा सुधार हुँदै गएको बताए ।
गभर्नर खतिवडाले संस्थागत सुशासन कमजोरी र सम्पति तथा दयित्वको सन्तुलन मिलाउन नसक्दा वित्तीय क्षेत्रमा समस्या भएको बताए । उनले यतिवेला वित्तीय क्षेत्रमा सामान्य समस्या देखिए पनि राष्ट्र बैंकले यो क्षेत्रलाई फुलवारी वनाउन खोजिरहेको बताए । 'फुलवारी बनाउने क्रममा हामीले झार पनि निकाल्नु पर्छ,' उनले भने, 'पहेंला पात पनि उखेल्नु पर्छ ।' उनले वित्तीय क्षेत्रमा तरलताको अभाव नभएको भन्दै अभाव भएको अवस्थामा राष्ट्र बैंकले मौदि्रक औजारमार्फत पैसा उपलब्ध गराइरहेको बताए । उनले वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात ८० प्रतिशतको सीमाभित्र रहेको बताए । राष्ट्र बैंकले असारसम्म यो सीमा ८५ प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ । उनले साउनदेखि गत सातासम्म वाणिज्य बैंकको निक्षेप ३० अर्ब र विकास बैंक र फाइनान्स कम्पनीमा २० अर्ब निक्षेप वढेको जानकारी दिए । 'वाणिज्य बैंकले यो अवधिमा उठाएभन्दा अलिवढी ५० करोडजति कर्जा लगानी गरेका छन्,' उनले भने, 'यद्यपी यो पैसा पहिले नै प्रतिवद्धता गरेको ठाउँमा गएको हो ।' उनले कर्जा वढे पनि कर्जा-निक्षेप अनुपात सीमाभित्रै रहेको जानकारी दिए ।
गभर्नरले अहिले वाहिर भनिएजस्तो अर्थतन्त्र खराव अवस्थामा नरहेको दावी गर्दै अर्थतन्त्रको वास्तविक लिखत राख्ने संयन्त्र कमजोर भएकाले त्यस्तो देखिन गएको बताए । उनले सेवा र कृषि क्षेत्रको विस्तार राम्रो रुपमा भएको भन्दै औद्योगिक क्षेत्रको विस्तार सन्तोषजनक रहन नगएको बताए ।
उनले विगतमा रियलस्टेट क्षेत्रको कारोबार र मूल्य अत्याधिक वढेकाले अहिले सिथिल भएको बताए । मूल्य वढेपछि निष्चित ठाउँमा पुगेर रोकिने बजार नियम भएको भन्दै उनले केही समयपछि गति लिने बताए । 'कुदेर आएपछि एकछिन आराम पनि चाहिन्छ,' उनले भने, 'अहिले रियलस्टेट क्षेत्रले आराम गरिरहेको छ ।' 
कार्यक्रममा अर्थशास्त्री मदन दाहालले गभर्नर खतिवडाले भनेजस्तो अर्थतन्त्र राम्रो अवस्थामा नरहेको बताए । उनले अर्थतन्त्रमा जोखिम वढेको भन्दै टालटुले नीतिले अर्थतन्त्रमा सुधार नआउने बताए । 'अर्थतन्त्र एकदमै जटिल अवस्थामा छ,' उनले भने, 'यसमा सुधार गर्ने हो भने टालटुले नीति लिएर हुँदैन । प्रभावकारी नीति लिनु पर्छ ।' उनले नेपाल दक्षिण एसियाकै कमजोर अर्थतन्त्र भएको मुलुक भएको भन्दै राजनीतिक सुधारविना अर्थतन्त्रलाई गतिदिन नसकिने बताए ।
कार्यक्रममा डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सवै कुरा अप्ठेरो अवस्थामा भएका बेला राम्रो वृद्धिको अपेक्षा गर्न नहुने बताए । यद्यपी केही समयदेखि वित्तीय क्षेत्रमा सुधारको संकेत देखिएको उनले बताए ।
कार्यक्रममा अर्थशास्त्री तथा राष्ट्र बैंकका साचालक विश्वम्भर प्याकुर् यालले पछिल्लो समयमा राष्ट्र बैंक जंगवहादुर हुँदै गएको भन्दै यसमा सुधार आउनु पर्ने बताए । 'नीति नियम बनाउँदा र लागू गर्दा धेरैसँग सल्लाह गरेर गर्नु पर्छ,' उनले भने, 'पछिल्लो समयमा त्यसमा केही कमजोरी भएको छ ।ु'
आर्थिक पत्रकार र बैंकरबीचको अन्तकृया कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी निर्देशक नरवहादुर थापा र रिपब्लिका दैनिकका एसोसिएट सम्पादक प्रेम खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

thanks for comment