गार्हस्थ्य उत्पादनको अनुपातमा निक्षेप र कर्जा घट्न थाल्यो

काठमाडौं असार २३
बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप र कर्जा सापट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा निरन्तर बढ्दै गए पनि पछिल्लो डेढ वर्षदेखि घट्न थालेको एक सरकारी तथ्यांकले देखाएको छ । विगतमा बैंक तथा वित्तीय संस्थाको संख्या निक्षेप संकलन तथा कर्जा कारोबारमा निरन्तर विस्तार हुँदै गएकाले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वढेको भएपनि पछिल्लो समयमा वजेट समयमा नआउने आएपनि खर्च नहुनेलगायत आन्तरिक र वाह्यि कारणले वढ्न नसकेको तथ्यांकमा देखिएको हो ।
सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको चालु वर्ष आर्थिक सर्वेक्षणमा निक्षेप र कर्जा सापट कुल गार्हस्थ्य उत्पादनको क्रमशः ६७ दशमलव ९ प्रतिशत र ५३ दशमलव १ प्रतिशत पुगेको उल्लेख छ । निक्षेप तथा कर्जाको कुल कारोबारमा वाणिज्य बैंकहरुको हिस्सा उल्लेख्य रहेको छ । वाँक हिस्सा विकास बैंक फाइनान्स कम्पनी र सहकारी संस्थाको रहेको छ ।
चालु वर्षको आठ महिनाको तथ्यांकअनुसार यो अवधिमा वाणिज्य बैंकहरुले १२ अर्ब १४ करोड निक्षेप संकलन गरेका छन् । फागुन कुल निक्षेप ६ खर्ब ३२ अर्ब ७५ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप २१ अर्ब ७७ करोड ४।० प्रतिशत ले बढी ५ खर्ब ७२ अर्ब ४५ करोड पुगेको थियो । गत वर्ष ६१ अर्ब ९५ करोडले बढेको कर्जा चालु वर्षको आठ महिनामा ५४ अर्ब २४ करोडले वढेर ६ खर्ब ५१ अर्ब ५९ करोड पुगेको छ । कर्जाको वृद्धिदर भन्दा निक्षेप वृद्धिदर कम रहेकोले कर्जा-निक्षेप अनुपात ८२ दशमलव २ प्रतिशतबाट बढेर ८९ दशमलव ९ प्रतिशत पुगेको सरकारी तथ्यांकमा छ । तरलता-निक्षेप अनुपात ३४ दशमलव ५ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकहरुले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ४६ अर्ब ६४ करोड ९।९ प्रतिशत ले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो क्षेत्रको कर्जा ६७ अर्ब ५७ करोड १६।६ प्रतिशत ले बढेको थियो । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये उत्पादन क्षेत्रतर्फको १९ अर्ब २१ करोडले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो कर्जा ९ अर्ब ८७ करोडले मात्र बढेको थियो । थोक तथा खुद्रा
व्यापारतर्फको कर्जा ११ अर्ब ४८ करोडले निर्माण क्षेत्रतर्फको २ अर्ब ४० करोडले र कृषि क्षेत्रतर्फको ८८ करोडले बढेको छ । तर यातायात साचार तथा सार्वजनिक सेवा क्षेत्र तर्फको कर्जा भने १ अर्ब ६३ करोडले घटेको छ ।
वाणिज्य बैंकहरुको तरल सम्पत्तिको अंशमध्ये तरल कोष ८ दशमलव ५ प्रतिशतले घटेको छ । राष्ट्र बैंक तथा विदेशमा रहेको मौज्दातमा कमी आएकोले तरल कोष घटेको हो । वाणिज्य बैंकहरुको विदेशी मौज्दात ८ अर्ब ४६ करोडले र नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ६ अर्ब ९९ करोडले घटेको छ ।
वाणिज्य बैंकहरुको निष्कृय कर्जा र यस्को कुल कर्जासँगको अनुपात केही वढेको छ । यस्तो अनुपात २ दशमलव ५ प्रतिशतबाट वढेर ३ दशमलव ३ प्रतिशत पुगेको छ । विशेषगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कृषि विकास बैंक तथा निजी क्षेत्रका नेपाल वंगलादेश बैंक र माछापुच्छ्र्रे बैंकको खराव कर्जाको परिमाण वढेकोले समग्र वाणिज्य बैंकको निष्कृय कर्जा अनुपात वढ्न गएको हो ।

No comments:

Post a Comment

thanks for comment