मौदि्रक नीति पूर्ण असफल

काठमाडौं असार २३
विज्ञहरुले चालु आर्थिक बर्षका लागि मौदि्रक नीतिले लिएको लक्ष्य हासिल गर्न नसकेर असफल भएको भन्दै आगामी वर्षको नीति वृहत्त अध्ययन र विश्लेषणपछि मात्र तयार पार्नु पर्ने बताएका छन् ।
कडा मौदि्रक नीति आउँदा पनि शोधनान्तरस्थिति ऋणात्मक हुनु मूल्यवृद्धि दोहोरो अंकबाट तल झर्न नसक्नु बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप सुधार हुन नसक्नु मौदि्रक नीतिको असफलता भएको भन्दै उनीहरुले आगामी नीतिमा यस्ता कमजोरीहरु दोहोर् याउन नहुने बताए ।
राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रवहादुर क्षेत्रीले मौदि्रक विस्तार १५ प्रतिशत हुने लक्ष्य राखे पनि दश महिनामा जम्मा ३.३ प्रतिशत भएको तथ्यांक प्रस्तुत गर्दै राष्ट्र बैंक प्रक्षेपण र वास्तविकतामा धेरै टाढाँ भएको बताए । उनले राष्ट्र बंैकको अदूरदर्शीताले गर्दा नै लक्ष्यभन्दा धेरै टाँढा रहनु परेको बताए ।

'राष्ट्र बैंकले अनौपचारिक क्षेत्रको अनुमानित तथ्यांकलाई नसमेट्दा पनि लक्ष्यभन्दा टाँढा रहनु परेको हो,' नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा आयोजनामा गरेको कार्यक्रममा उनले भने, 'भारती मुद्राको खुलेयाम कारोबारले पनि लक्ष्य हाँसिल हुन नसकेको हो ।' उनले भारतीय मुद्राको कारोबार व्यवस्थित गर्न नसकेको भन्दै नेपालमा भारतीय मुद्राबाट पनि ठूलो कारोबार हुने गरेकाले मूल्यवृद्धि नियन्त्रणमा आउन नसकेको दावी गरे ।
क्षेत्रीले मौदि्रक नीतिले सुविधा दिने भनेर घोषणा गरेका कुराहरु कार्यान्वयनमा नआएको बताए । उनले रुग्ण उद्योग र निर्यात कर्जामा सुविधा दिने घोषण कार्यान्वयन नहुँदा लक्ष्य हासिल गर्न समस्या भएको दावी गरे ।
उनले तरलता अभाव बजेटबाट सम्वोधन हुने भन्दै यसमा राष्ट्र बैंकले मौदि्रक औजार प्रयोगमा ल्याएर सहजीकरण गर्नु पर्ने बताए ।
कार्यक्रममा अर्थमन्त्रालयका पूर्व सल्लाहकार टुलराज वस्यालले चालु आर्थिक वर्षको मौदि्रक नीति पूर्ण रुपमा असफल भएको बताए । उनले हरेक महिना देशको अवस्था सार्वजनिक गर्ने राष्ट्र बैंकको सुपरिवेक्षण र विस्लेषणात्मक क्षमता कमजोर हुँदा लक्ष्य हासिल हुन नसकेको दावी गरे । 'साँघुरो मौदि्रक नीति लिएको अवस्थामा अन्य सुचकांकहरु ठिक ठाक चल्नु पर्छ,' उनले भने, 'तर राष्ट्र बैंकको विश्लेषणात्म क्षमता कमजोर भएकाले लक्ष्यभन्दा नतिजा धेरै फरक आएको हो ।' उनले चालु आर्थिक वर्षमा ९ अर्ब शोधनान्तर बचत राख्ने लक्ष्य लिइएकोमा घाटा १२ अर्ब भएको बताए ।

No comments:

Post a Comment

thanks for comment