चाँडै सेयर निस्कासन गर्छौं : अनिल शाह

अनिल शाह
प्रमुख कार्यकारी अधिकृत
मेगा बैंक नेपाल
वित्तीय क्षेत्रका लागि पछिल्लो एक वर्ष राम्रो रहेन । मेगा बैंकले यो अवधि कस्तो रह्यो ?
एक वर्षमा हामीले ३० हजार ग्राहक बनाउन सक्यौं । ३० हजार बचतकर्ताबाट ५ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गर् र्यौं । ४ अर्ब ८० करोड कर्जा लगानी गर् र्यौं । छोटो अवधिमा र अहिलेको तरलता अभाव भएको बेला यो हाम्रो लागि ठूलो सफलता हो । वित्तीय क्षेत्र नै उथलपुथल भएका बेला तरलता अभाव पर्न नदिइकन हामी यहाँसम्म आयौं । यसले गर्दा भोलीका दिनमा पनि हामी बैंकलाई राम्ररी साचालन गरेर लैजान सक्छौं भन्ने आत्मविश्वास अझ वढेर गएको छ । वित्तीय अवस्थाको कुरा गर्ने हो भने कर्जा-निक्षेप अनुपात ७९ दशमलव ५ प्रतिशत छ । एक वर्षको अवधिमा साचालन नाफा ८ करोड ५० लाख पुगेको छ ।

नयाँ बैंक त्यसमाथि तरलता अभावको अवस्थामा एकै वर्षमा सवा पाँच अर्वभन्दा वढी निक्षेप संकलन गर्न कसरी सफल हुनु भयो ?
५ अर्बभन्दा वढी निक्षेप संकलनमा हामीसँग संस्थागत निक्षेपकर्ताको एकदमै न्युन पैसा छ । हामी सुरुदेखि नै ग्राहक संख्या वढाउनतिर लाग्यौं । त्यसो हुँदा हामीसँग बचत खाताको मात्र धेरै भयो । १२ सय १९ जना संस्थापक सेयरधनी भएकाले अलिकति त्यताबाट पनि निक्षेप आयो । अर्थात धेरै जना संस्थापक रहेको बैंक भएकाले यो नेपालीको बैंक भयो । सवैभन्दा ठूलो त विश्वास नै हो । ब्याजदर धेरै दिने संस्थामा पैसा नगएको हुन सक्छ । तर विश्वासका कारण हाम्रोमा पैसा आयो । तीन महिनाअघि १२ वटा शाखा खोलेका थियौं । शाखा खोलेको २ महिनामा नै १ अर्ब ७० करोड पैसा त्यहाँबाट आयो । एक वर्षमा सवा पाँच अर्वभन्दा वढी पैसा आउनु भनेको विश्वासकै नतिजा हो ।

हलोदेखि हाइड्रोसम्म नारा वोकेर आउनु भएको थियो । एक वर्षमा यो क्षेत्रमा कस्तो सफलता हात पर् यो ?
हामीले कारोबार सुरुवात हलोबाट गर्छौ भनेका थियौं । त्यही नै गर् यौं । जस्तोकी रसुवाको स्याप्रुवेशींका १० हजार वासिन्दालाई चिलिमेको सेयर मालिक वनायौं । हलोमा लगानी भनेको त्यो स्तरका मानिसलाई सुविधा दिनु हो । जोसँग सेयर किन्ने अवसर त थियो तर पैसा थिएन । तीनीहरुलाई हामीले ऋण दिएर चिलिमे जलविद्युत आयोजनाको मालिक वनायौं ।
सर्लाहीको हरिऔंका उखु किसानलाई लगानी गर्न थालेका छौं । त्यहाँका ८ देखि १० हजार किसानलाई ऋण दिने प्रकृया सुरुभइसकेको छ । सिन्धुपाल्चोकको चौताराको दुग्ध डेरीमा लगानी गर्दैछौं । अन्य धेरै परियोजनाको अध्ययन भइरहेको छ । त्यसो हुँदा यो वर्ष अझै धेरै परियोजनामा लगानी गर्छौ ।
बैंकको चालु वर्षको योजना के छ कुन रुपमा अगाडि वढ्नु हुन्छ ?
चालु वर्ष हामी १५ वटा थप शाखा खोल्छौं । नयाँ शाखा थपिएपछि हाम्रो उपस्थिति देशैभरी हुने छ । हरेक गाउँमा बैंकिङ सेवा पुर् याउनका लागि यो वर्षबाट प्रकृया सुरु गर्छौं । यसका लागि एउटा प्राविधिक पार्टनरसँग मिलेर अगाडि वढ्दैछौं । गाउँको पसल वा पैसा हुने व्यक्ति तथा संस्थालाई एजेन्ट नियुक्त गरेर बैंकिङ सेवा दिन्छौं । जसबाट निक्षेप राख्न झिक्न सकिन्छ । यो वर्ष पनि ग्राहक संख्या वढाउने नै हाम्रो लक्ष्य हुने छ । अहिलेको ग्राहकसंख्याबाट हामीले जलविद्युतमा लगानी गर्न सकिदैन । हामीलाई ३ लाख-पाँच लाख हाराहारीमा निक्षेपकर्ता चाहिन्छ । यसो हुँदा बैंकको निक्षेपको स्रोत पनि वलियो हुन्छ र आयोजनाहरुमा सजिलै लगानी गर्न सकिन्छ ।
हाम्रो ु५ तारे सेवाु को नारा अनुसार अन्य कस्तो सेवा दिन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं । सेवाको स्तर वृद्धि र विस्तार हाम्रो योजनामा पर्छ । आइएसओ ९००० मापदण्डमा सेवाको गुणस्तर तुलना गराउने योजनामा छौं ।
साधारण सेयर कहिले निकाल्दै हुनुहुन्छ ?
एक आर्थिक वर्ष पुरा गरेपछि साधारण सेयर निस्कासन गर्न पाइन्छ । साउन ७ गतेबाट साचालन भएकाले व्यवहारिक रुपमा एक आर्थिक वर्ष पुग्दैन । सैद्धान्तिक रुपमा भने पुग्छ । धितोपत्र वोर्डसँग परामर्श गरेर मिलेसम्म यसै वर्ष साधारण सेयर जारी गर्छौं । साधारण सेयर जारी नगरी प्रतिफल वितरण गर्न पनि सकिन्न । नाफा आर्जन गरेपनि संस्थापकलाई प्रतिफल ख्वाउन सक्ने अवस्था छैन । त्यही भएर सकेसम्म चाँडो सेयर जारी गर्ने पक्षमा बैंक छ ।
बजेट र मौदि्रक नीतिले वित्तीय क्षेत्रका समस्यालाई कत्तिको शंवोधन गरेको छ ?
बजेट र मौदि्रक नीतिमा वित्तीय क्षेत्रका लागि केही पनि नकारात्मक असर पर्ने कुरा नभएकाले त्यो नै राम्रो पक्ष हो । सवैलाई थाहा छ गत वर्षदेखि वित्तीय क्षेत्रसँगै समग्र अर्थतन्त्र राम्रो अवस्थामा छैन । त्यही भएर बजेट र मौदि्रक नीतिले एकै वर्षमा राम्रो प्रभाव पार्न सक्दैन । राम्रो गर्ने प्रयत्न मात्र गर्न सक्छ ।
मैले यतिका वर्षदेखि अहिलेसम्म हेरेको बजेट र मौदि्रक नीति कुनै पनि नराम्रो छैन । मात्र कार्यान्वयन पक्ष कमजोर छ । कार्यान्वयन पक्षमा जोड दिए यसबाट नतिजा देखिन्छ । अहिलेको राजनीतिक अस्थिरता हेर्दा कार्यान्वयन हुने अवस्था छैन । तर कार्यान्वयन भए वित्तीय क्षेत्रलाई सकारात्मक असर पार्छ । समयमा वजेट आएको छ । मौदि्रक नीतिमा त्यही अनुसार छ । अब कार्यान्वयन पनि यही ढंगले भए तरलता अभावसँग अन्य आर्थिक समस्याहरु पनि समाधान हुँदै जाने थिए ।




No comments:

Post a Comment

thanks for comment