वर्षमा सवै बैंक वित्तीय संस्था अनुगमन गरिने

काठमाडौं साउन ५ 
गभर्नर खतिवडाले आसन्न वित्तीय संकट टरेको बताएका छन् । उनले राष्ट्र बैंकले वेलैमा सुझवुझ पूर्ण निर्णयहरु लिएर वित्तीय संकट टरेको दावी गरे । राष्ट्र बैंकले पुनर्कर्जा रिपोका साथै पछिल्लो समयमा तरलता प्रवाहका लागि विशेष पुनर्कर्जा र अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउन थालेको थियो । पछिल्लो चार महिनामा ६ वित्तीय संस्था संकटमा परेका थिए ।
उनले आगामी दिनमा वित्तीय संस्थाहरुमा देखिने कमजोरीहरुलाई समयमै सम्बोधन गर्नलाई वर्षभरीमा सवै बैंक तथा वित्तीय संस्थामा स्थलगत नियमन तथा अनुगमन गरिने जानकारी दिए । अहिले वाणिज्य बैंक विकास बैंक फाइनान्स कम्पनी र लघुवित्त विकास बैंक गरेर २ सय १९ वटा संस्था साचालनमा छन् । अहिले वाणिज्य बैंक र केही राष्ट्रिय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीलाई मात्र नियमित अनुगमन भइरहेको छ ।
राष्ट्र बैंकले वित्तीय संस्थालाई समस्यामा आउन नदिन सचेतता प्रणाली शीघ्र सुधारात्मक कारवाही ग्राहक पहिचान नीति र जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई अघि बढाउँदै वित्तीय प्रणालीको जोखिम व्यवस्थापन गर्न केही निश्चित परिसूचकहरुको आधारमा दवाव परीक्षण गर्ने भएको छ । गभर्नरले आकस्मिक योजना बनाउने कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनेसमेत बताए ।

खतिवडाले वित्तीय क्षमतालाई सुदृढ बनाई राख्न पूँजी पर्याप्तता अनुपात अनिवार्य नगद अनुपात वैधानिक तरलता अनुपात खुद तरलता अनुपात कर्जा-निक्षेप अनुपात र क्षेत्रगत कर्जा सीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेतर्फ मौदि्रक नीतिलाई निर्देशित गरिएको बताए । गभर्नरले वित्तीय क्षेत्रमा तरलताको स्थिति न्यून देखिनुमा समष्टिगत आर्थिक स्थितिसँगै संस्थागत सुशासनको कमजोरी प्रमुख कारक रहेको बताए । 'संस्थागत सुशासन सम्बन्धी कमजोरीबाट उत्पन्न तरलता र भुक्तानी सम्बन्धी समस्या सम्बोधन गर्न नियमन सम्वन्धी मापदण्डलाई प्रयोगमा ल्याउने छौं,' गभर्नरले भने ।
मौदि्रक नीतिमा सेयर तथा घर-जग्गाजस्ता सम्पत्तिको कारोवार र मूल्यमा आउने उतार-चढावले समग्र वित्तीय स्थितिमा प्रतिकूल असर पुगेर निष्कृय सम्पत्ति बढ्न सक्नेतर्फ आशंका व्यक्त गरेको छ । निष्कृय सम्पत्तिमा हुन सक्ने वृद्धिबाट अन्ततः वित्तीय मध्यस्थताको प्रभावकारितामा दखल पुग्न जाने भएकोले यसतर्फ सजगता अपनाइउको नीतिमा उल्लेख छ ।

गभर्नरले बैंकिङ कर्जाको क्षेत्रगत वितरण सन्तोषजनक नभएको बताए । मूल्य अभिवृद्धि ज्यादै न्यून हुने र अस्थीर प्रकृतिका क्षेत्रतर्फ बैंक कर्जा प्रवाह गर्दा यस्ता क्षेत्रहरुमा आउने उतार-चढावले बैंकिङ क्षेत्रको सम्पत्ति यसको गुणस्तरमा ठूलो नोक्सान पुग्न सक्ने बताए । उनले अनुत्पादक क्षेत्रतर्फको कर्जा लगानी विस्तार हुँदै जाने अवस्था वित्तीय तथा समष्टिगत आर्थिक स्थायित्वको दृष्टिले जोखिमपूर्ण हुने बताए ।


No comments:

Post a Comment

thanks for comment