कसिलो मौदि्रक नीतिको तयारीमा राष्ट्र बैंक

सुदर्शन सापकोटा
काठमाडौं असार २६
अर्थतन्त्रका अधिकांस सुचकांकले नकारात्मक सन्देश दिइरहेको बेला आगामी आर्थिक बर्षको मौदि्रक नीति बनाउन कस्सिएको राष्ट्र बैंकले कसिलो नीति लिने भएको छ । संकुचनकारी नीति लिँदा पनि बजारबाट तरलता हराइरहेकाले चालु वर्षको निरन्तरताका रुपमा राष्ट्र  बैंकले मौदि्रक नीति तयार पार्ने भएको हो ।
राष्ट्र बैंकले देशभित्र आउनेभन्दा
वाहिरिने पैसा शोधनान्तर
घाटा धेरै भएकाले यसलाई
शंवोधन गर्नु मौदि्रक
नीतिको प्रमुख उद्देश्य बनाएको छ ।
'केही समयदेखि विस्तारवादी मौदि्रक नीतिबाट कसिलो नीति लिन थालेकाले यसलाई नै निरन्तरता दिन्छौं,' राष्ट्र बैंकका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'बचत र पुँजी निर्माणमा बल पुग्ने खालको नीति आउँछ ।' आगामी आर्थिक वर्षको वजेटलाई पर्खिरहेको राष्ट्र बैंकले मौदि्रक नीतिको प्रारम्भिक मस्यौदा भने तयार पारिसकेको छ ।
राष्ट्र बैंकले देशभित्र आउनेभन्दा वाहिरिने पैसा शोधनान्तर घाटा धेरै भएकाले यसलाई शंवोधन गर्नु मौदि्रक नीतिको प्रमुख उद्देश्य बनाएको छ । चालु वर्ष शोधनान्तर ९ अर्ब रुपैयाँ बचतमा राख्ने लक्ष्य लिएपनि घाटा १२ अर्ब पुगेको छ । 'मूख्य चुनौती शोधनान्तर घाटा कम गर्ने नै हो,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'आगामी आर्थिक वर्ष जसरी पनि शोधनान्तर बचतमा ल्याउन प्रयास गरिने छ ।' उनले वैदेशिक सहायता पूर्ण परिचालन भएको अवस्थामा शोधनान्तर बचतमा आउने भन्दै यसको कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई ढक्ढकाइ रहने बताए । वित्तीय नीति राम्रोसँग कार्यान्वयन नहुँदा मौदि्रक नीतिले लिएको लक्ष्य पुरा नभएको निस्कर्ष निकाल्दै मस्यौदा तयार पारिएको छ । वित्तीय र मौदि्रक नीति दुवैको लक्ष्य पुरा नहुँदा अर्थतन्त्रका बारेमा गलत सन्देश गएको भन्दै मौदि्रक नीतिका लक्ष्य पुरा गर्न राष्ट्र बैंकले अर्थमन्त्रालयसँग पहल गर्ने योजनासमेत बनाएको उनले जानकारी दिए ।
चालु वर्ष राष्ट्र बैंकले मौदि्रक नीतिमा लिएको लक्ष्य शोधनान्तर बचत हासिल गरी विदेशी विनिमय सिाचतिको स्तर सुविधाजनक स्थितिमा कायम राख्ने मौदि्रक विस्तारबाट मूल्यमा चाप पर्न नदिन मौदि्रक विस्तारलाई सन्तुलनमा राख्ने लक्षित आर्थिक वृद्धिका लागि सहजता प्रदान गर्न आवश्यक तरलताको व्यवस्थापन गर्नेलगायतको लक्ष्य लिएको थियो । यसमध्ये कुनै पनि लक्ष्य हासिल भएन । राष्ट्र बैंकले ९ अर्ब शोधनान्तर बचत र मुल्य वृद्धि ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको मा शोधनान्तर घाटा करिव १२ अर्ब र मूल्य वृद्धि दोहोर अंकमा छ । मुद्रा विस्तार १५ प्रतिशत रहने प्रक्षेपण गरेको लक्ष्य ३ दशमलव ३ प्रतिशतमा सीमिा भएको छ ।
उनले कृषि क्षेत्रमा लगानी वढाउँदा तत्काल नै शोधनान्तर घाटामा सुधार हुने देखिएकाले कृषिमा लगानी वढाउन मौदि्रक नीतिले संवोधन गर्ने बताए । 'अहिलेसम्म कृषिमा यति उति लगानी गर्नु पर्ने भन्ने थिएन,' ती अधिकारीले भने, 'तर यसपाली कृषिमा लगानी बढाउन के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।' ती अधिकारीले वित्तीय नीतिमा पनि कृषिलाई प्राथमिकतामा राख्ने तयारी भएकाले यसका लागि राष्ट्र बैंकले पनि आवश्यक छुट र सहुलियत दिने तयारी गरिरहेको जानकारी दिए ।
कृषिमा लगानी वढाउँदा शोधनान्तर घाटा कम गर्न सकिने ती अधिकारीले दावी गरे । उनले कृषिमा लगानी वढाएर यसलाई बजारसँग जोडिदिन सके आपुर्ति पक्षबाट हुने असर कम हुने भन्दै यसबाट १५ देखि २० अर्ब रुपैयाँ सम्मको शोधनान्तर अवस्था शंवोधन गर्न सकिने बताए । 'कृषिसँगै ग्रामिण क्षेत्रमा लगानी वढाउन सकेमा ४ प्रतिशतको आर्थिक वृद्धि पनि सजिलै हाँसिल गर्न सकिन्छ,' उनले भने, 'यसका लागि पनि कृषि क्षेत्र लगानी वढ्ने खालको व्यवस्था मौदि्रक नीतिमा समेटिने छ ।'
केन्द्रिय बैंकले मौदि्रक नीतिबाट व्यापारिक प्रयोजनले हुने गरेको जग्गा खरिद विक्रीलाई निरुत्साहित गर्ने नीतिलाई निरन्तरता दिने तयारी गरेको छ । यद्यपी व्यक्तिगत प्रयोजनका लागि खरिद विक्री गरिने घरजग्गाका लागि भने छुट सहुलियत दिने विषयमा छलफल भइरहेको छ । 'छुट दिने नदिने भनेर छलफल भइरहेको छ,' ती अधिकारीले भने, 'तर मस्यौदामा परिसकेको छैन ।' उनले जग्गा खरिद विक्री व्यापारिक प्रयोजनले हुँदा यसको मूल्यवृद्धि अस्वभाविक रुपमा भएको तथा बैंकिङ प्रणालीबाट तरलता हराएकाले निरुत्साहित नीति आवश्यक भएको जानकारी दिए ।
आयात निरुत्साहित र निर्यात प्रोत्साहित गर्नका लागि वित्तीय नीतिमा घोषणा भएपछि त्यसका लागि बैंक कर्जामा सहुलितजस्ता व्यवस्थाका बारेमा पनि छलफल भइहरको छ । 'पहिलो मस्यौदामा वित्तीय नीतिमा आउन सक्ने सम्भावित कार्यक्रमको अनुमान गर्दै कतिपय नीति तयार पारिएको छ,' ती अधिकारीले भने, 'वित्तीय नीतिमा भर नपर्नु पर्ने केही विषयमा पनि छलफल जारी रहेकाले मस्यौदामा ठाउँ खाली छाडिएको छ ।'
उनका अनुसार मौदि्रक औजार चालु वर्षकोजस्तै हुने छ । 'कसिलो नीति नै लिइने भएकाले मौदि्रक औजारहरुलाई अहिलेकै जस्तो छाडिने छ,' ती अधिकारीले भने ।

No comments:

Post a Comment

thanks for comment