घरजग्गा कर्जा खुकुलो पार : पूर्वगभर्नर


काठमाडौं असार २३
पूर्वगभर्नर दीपेन्द्रवहादुर क्षेत्रीले आगामी ३० गते अगाडि नै घरजग्गा कर्जामा खुकुलो नीति नलिए वित्तीय क्षेत्रको कालो दिन शुरु हुने बताएका छन् । उनले आगामी  शुक्रबारसम्म नीति नआए बैंकिङ क्षेत्रका लागि त्यो कालो शुक्रबार हुने भन्दै चाँडो नीति लिन आग्रह गरेका हुन् ।
 उनले घरजग्गा कर्जामा मन्दी आएपछि बैंकको कर्जा उठ्न छाडेको भन्दै यही कारणले बैंक वित्तीय संस्था घाटामा गए वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास हराएर जाने दावीसमेत गरे । 'राम्रो सन्देश दिनका लागि पनि घरजग्गा कर्जा खुकुलो पार्न आवश्यक छ,' उनले भने ।
क्षेत्रीले बैंक तथा वित्तीय संस्थामा तरलता अभावकै कारणले समस्या आए राष्ट्र बैंकले सहयोग गर्नु पर्ने बताए । उनले संस्थागत सुशासन कमजोर भएर संस्था विगि्रएकालाई वेवास्ता गरेपनि तरलता अभावका कारण समस्या परेकालाई तरलता उपलब्ध गराउनु पर्ने बताए । 'सरकार र राष्ट्र बैंक पैसा उपलब्ध गराउन तयार रहनु पर्छ,' उनले भने ।

No comments:

Post a Comment

thanks for comment