६० करोडको नबिल इन्भेष्टमेन्ट फन्ड आजबाट


काठमाडौं, चैत ६
नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबारबाट ६० करोड रुपैयाँ बराबरको व्यालेन्स फन्ड–१ निस्कास गर्ने भएको छ। कम्पनीले प्रति १० रुपैयाँ अंकति दरका इकाइहरु सर्वसाधारण लगानीकर्ताका लागि निस्कास गर्न लागेको हो।
पाँच वर्ष अवधिका यि इकाइ कम्तिमा १ हजार र वढीमा ६ करोड रुपैयाँको खरिदका लागि आवेदन दिन सकिन्छ। वार्षिक औषत १८ प्रतिशतमाथि प्रतिफल दिने योजना बनाएको कम्पनीको युनिट बैंकका सवै शाखा कार्यालयहरुमार्फत खरिद गर्न सकिने छ।
कम्पनीले लगानी गरेको पहिलो वर्ष नै ७ प्रतिशत नगद लाभांस दिन सकिने जनाएको छ। मंगलबार फन्ड बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले ग्राहकहरु आवेदन तोकिएको भन्दा वढी परेमा ७५ करोड रुपैयाँसम्म युनिटहरु विक्री गरिने बताए।  
सानाभन्दा साना लगानीकर्तालाई समेट्नका लागि सामूहिक लगानी कोषको अवधकारण अनुसार इन्भेष्टमेन्ट फन्ड योजना (स्किम) ल्याइएको उनले जानकारी दिए। पराजुलीले कम्पनीले सर्वसाधारणबाट जम्मा भएको रकमबाट सुरक्षित र राम्रो प्रतिफल दिने संस्थाहरुमा लगानी गरिने बताए।
'नेपाल स्टक एक्सचेन्जमा सुचिकृत संस्थाहरुका प्राविधिक र आधारभूत अध्ययनहरु गरेका छौं,' उनले भने, 'ती कम्पनीको कार्यसम्पादन, सेयरको मूल्य, उसले दिएको प्रतिफल, बजारमा उपलब्धता र खरिद विक्री प्रवृत्तिका बारेमा विश्लेषण गरेर मात्र लगानी गरेकाले यो सुरक्षित पनि हुन्छ।' पत्रकार सम्मेलनमा उनले लगानी गरिने संस्थाको सञ्चालक, प्रवर्द्धक र व्यवस्थापकहरुको कार्यशैली, उनीहरुको विज्ञता, पृष्ठभूमि र तिनीहरुको तथा संस्थाको बजारमा प्रतिस्ठालाई पनि ख्यालमा राखेर लगानी गरिने जानकारी दिए। 
कम्पनीले निस्कास गरेको फन्ड सुपरिवेक्षकमा पाँच जना प्रतिस्ठित व्यक्तिहरुलाई राखिएको छ। पूर्व महान्यायाधिवक्त पवनकुरमा ओझा, प्राध्यापक विजयकुमार केसी, चार्टर्ड एकाउन्टेन्ट पुस्पलाल श्रेष्ठ, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख प्रशासक रमेशकुमार भट्टराई र धितोपत्र वोर्डका पूर्व निर्देशक विनोदवावु काफ्लेलाई राखिएको छ। 

कम्पनीले निस्कास गर्ने ६० करोडको युनिटमध्ये ९ करोड नबिल बैंकले नै खरिद गर्ने छ। वाँकी ५१ करोड सर्वसाधारणका लागि निस्कासन खुला हुने छ। …आवश्यक परे अरु १० करोड पनि बैंकले खरिद गर्न सक्छ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पत्रकार सम्मेलनमा भने। 
फन्डका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरी कारोवारको व्यवस्था मिलाईने पराजुलीले जानकारी दिए। जसले गर्दा लगानीकर्ताले यसलाई नियमित खरिद विक्री गर्न सक्ने छन्। नबिल इन्भेष्टले अहिले पनि लगानी व्यवस्थापन सेवा अन्तर्गत साना तथा मझौला लगानीकर्ताहरुको करिब ५७ करोडको लगानी ब्यवस्थापन गर्दै आएकोछ। नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पूँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेका छन्। 
कार्यक्रममा नबिल इन्भेष्टमेन्टका सञ्चालक समिति सदस्य रेवतवहादुर कार्कीले सामूहिक लगानी कोषले पुँजी बजारको विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए। …आफैले विश्लेषण गर्न नसक्ने साना लगानीकर्ताले आँखा चिम्लेर यसमा लगानी गर्न सक्छन्,' स्टक एक्सचेन्जका पूर्वमहाप्रबन्धक कार्की भने, …लगानीका लागि यो नयाँ उपकरण भएकाले यसको विकासमा सरकारले पनि सहयोगी भूमिका खेल्नु पर्छ।'

No comments:

Post a Comment

thanks for comment