अन्तर्राष्ट्रिय मुद्रा कोष: आर्थिक वृद्धि दरमा अझै ५ वर्ष सुधार नहुने


काठमाडौं, वैशाख ४
अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी पाँच वर्षसम्म नेपालको आर्थिक वृद्धि दरमा सुधार नआउने जनाएको छ। मुद्रा कोषले मंगलबार राति सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्यमा नेपालको आर्थिक वृद्धिमा सुधार नहुने उल्लेख गरेको छ।
मुद्रा कोषका अनुसार, यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३ प्रतिशत हुने छ। सन् २०१४ मा आर्थिक वृद्धि १४ प्रतिशत पुग्ने छ। सन् २०१८ मा वृद्धि दर ४.१ प्रतिशतसम्म पुग्ने छ। कोषले वृद्धि दर नवढ्नुमा खासै ठूलो कारण भने दिएको छैन। सार्वजनिक भएको प्रतिवेदनमा व्यवसायिक वातारण नभएकाले वृद्धि नहुने उल्लेख  छ। सन् २०१२ मा आर्थिक वृद्धि दर ४.६ प्रतिशत भएको थियो।
छिमेकी भारत र चिनको वृद्धि दर भने क्रमशः वढ्दै जाने छ। गत वर्ष ४ प्रतिशत रहेको भारतको आर्थिक वृद्धि दर यो वर्ष ५.७ प्रतिशत पुग्ने छ। आगामी वर्ष यो वढेर ६.२ प्रतिशत पुग्ने छ। आगामी पाँच वर्षमा वृद्धि दर ७ प्रतिशत पुग्ने मुद्रा कोषको अनुमान छ।
चिनको पनि यो वर्ष ८ प्रतिशत वृद्धि हुने छ। आउँदो वर्ष ८.२ प्रतिशत र आगामी पाँच वर्षमा ८.५ प्रतिशत वृद्धि दर पुग्ने छ। गत वर्ष वृद्धि दर ७.८ प्रतिशत थियो। बंगलादेशको ६ प्रतिशत, भुटान ६.३ प्रतिशत, श्रीलंकाको ६.३ प्रतिशत आर्थिक वृद्धि हुने छ। 
एक साताअघि एसियाली विकास बैंकले सार्वजनिक गरेको एसिया प्रशान्त सर्वेÔणमा आथिर्क वृद्धि दर साढे तीन प्रतिशत हुने उल्लेख थियो। सरकारी निकायहरुले प्रक्षेपण गरेको वृद्धि दर लक्ष्य फरक फरक छ। केन्द्रीय तथ्यांक विभागले दश दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वृद्धि दर ३.५६ प्रतिशत रहने उल्लेख छ। 
मुद्रा कोषले सरकारी लक्ष्य हाराहारीमा नै मूल्य वृद्धि बस्ने जनाएको छ। २०१२ मा ८.३ प्रतिशत रहेको मूल्य वृद्धि यो वर्ष ९.६ प्रतिशत पुग्ने छ। आगामी पाँच वर्षको मूल्य वृद्धि दर ५.५ प्रतिशत मात्र हुने मुद्रा कोषको अनुमान छ। नेपाल राष्ट्र बैंकले चालु वर्ष साढे नौं प्रतिशतमा मूल्य वृद्धि राख्ने लक्ष्य लिएको छ। यद्यपी मंगलबार मात्रै सार्वजनिक भएको फागनु महिनाको मूल्य वृद्धि १०.२ प्रतिशत पुगिसकेको छ। 
मुद्रा कोषले नेपालको मूल्य वृद्धि ९.६ प्रतिशत पुग्ने उल्लेख गरिरहेका बेला एसियाको भने ५ प्रतिशतभन्दा नवढ्ने जनाएको छ। एसियाली विकास बैंकले यो वर्ष नेपालको मूल्य वृद्धि १०.५ प्रतिशत पुग्ने जनाइसकेको छ। 

छिमेकी भारतको मूल्य वृद्धि १०.८ र चिनको ३ प्रतिशत मात्र हुने मुद्रा कोषको प्रतिवेदनमा उल्लेख छ। आगामी वर्ष भारतको १०.७ र चिनको ३ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने उल्लेख छ। बंगलादेशको ६.५, भुटानको १०.२, श्रीलंकाको ७.९ प्रतिशत मूल्य वृद्धि  हुने छ। नेपालको मूल्य वृद्धि   के कारणले वढ्छ र घट्छ भन्ने बारेमा प्रतिवेदनमा केही पनि उल्लेख छैन।
मुद्रा कोषले नेपालको चालु खाता शुन्य दशमलव १ प्रतिशतले ऋणात्मक हुने उल्लेख गरेको छ। गत वर्ष यो खाता ४.७ ले धनात्मक थियो। चालु खाता ऋणात्मक प्रत्येक वर्ष वढेर पाँच वर्षमा २.३ प्रतिशत ऋणात्मक हुनेे जनाएको छ। आगामी वर्ष मात्र    चालु खाता १.४ ले ऋणात्मक हुने छ। ऋणात्मक हुनुको कारण मुद्रा कोषले खुलाएको छैन।
भारतको ऋणात्मक रहेको खाताको आधार घट्दै जाने छ भने  चीनको धनात्मकता वढ्दै जाने छ। चालु वर्ष भारतको चालु खाता ४.९ ले ऋणात्मक हुने छ। आगामी वर्ष यो वढेर ४.६ पुग्ने छ। चीनको भने २.६ ले धनात्मक हुने छ। आगामी वर्ष यो २.९ र पाँच वर्षपछि ४.३ ले धनात्मक बन्दै जानेछ। 

No comments:

Post a Comment

thanks for comment