वैशाख २ बाट विद्युतीयमार्फत सेयर राफसाफ


काठमाडौं, चैत २१ 
सिडिएस एन्ड क्लियरिङ लिमिटेडले वैशाख २ गतेबाट कारोबार भएका सेयरहरुको विद्युतीय माध्यममार्फत राफसाफ गर्ने भएको छ। धितोपत्र वोर्डको स्विकृतिपछि सिडिएस एन्ड क्लियरिङले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली कार्यान्वयमा ल्याएसँगै विद्युतीय माध्यममार्फत राफसुरु हुने भएको हो।
क्लियरिङले बुधबार विनियमावली कार्यान्वयन गरिसकेको छ। विनियमावली कार्यान्वयमा आएसँगै विद्युतीय माध्यममार्फत सेयर कारोबार र राफसाफ गर्न सजिलो हुने छ। विद्युतीय माध्यममार्फत सेयर राफसाफ हुने भएपछि सेयर कारोबार र रकम वढ्ने लगानीकर्ताको विश्वास छ। नेपालमा २ वर्षअघिबाटै सिडिएसको चर्चा चलेपनि नियामक र अन्य प्राविधिक कारणले आउन सकेको थिएन। 
कम्पनीले सफ्टवेयर प्रदायक इन्डियाको सिएमसी लिमिटेडबाट प्रात राफसाफ तथा फर्छ्यौट सफ्टवेयर गत चैत ११ गतेबाट परिक्षेण गरिरहेको थियो। चैत ७ गते प्राप्त भएको सफ्टवेयरको सफलता पूर्वक परिक्षण भइसकेकाले वैशाख २ बाट पूर्ण प्रयोगमा ल्याउन लागिएको हो।
सिडिएसले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुँदै आएको सेयर कारोबार राफसाफको काम मंसिर १ बाट आफैले गर्दै आएको थियो। मानवीय संशासन (म्यानुअल) मार्फत गर्दै आएको राफसाफ अब विद्युतीय प्रविधिमार्फत हुने छ। विद्युतीयमार्फत हुने भएपछि सेयर लगानीकर्ताले वढीमा तीन दिनभित्र भुक्तानी पाउने छन्। साथै तत्कालै सेयर खरिद गरेर विक्री गर्न सकिन्छ।

सिडिएसका अधिकारीहरुका अनुसार, विद्युतीय प्रणलीमार्फत कारोबार हुने भएपछि    भौतिक प्रमाणपत्र आवश्यक पर्दैन। अभौतिक रुपमा सेयर कारोबार गर्न सेयर दलालहरुले यसको सदस्यता लिनु पर्ने हुन्छ।
निक्षेप सदस्य, निस्कासनकर्ता, रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, नेपाल स्टक एक्सचेन्ज र राफासाफ निकायबीच सिडिएस एन्ड क्लियरिङको विद्युतीय सञ्चार सञ्जालसँग आवद्ध भएर आधुनिक सेयर कारोबारको राफसाफ र फर्छ्यौट गर्न सक्छन्। केही समयअघि नै कार्यान्वयमा आइसक्नु पर्ने यो विनियमावली धितोपत्र वोर्डले स्विकृत गर्न ढिलाइ गरेकाले पूर्ण सञ्चालनको मिति वैशाख पुगेको हो।
कम्पनीले गत साउन १ गते केन्द्रिय निक्षेप प्रणली सञ्चालनमा ल्याइसकेको थियो। निक्षेप प्रणलाी सञ्चालनमा ल्याएर एस डेभलपमेन्ट बैंक, कृषि विकास बैंक, एभरेष्ट फाइनान्स, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र अभौतिकीकरण  गरिसकेको थियो। धितोपत्र राफसाफ तथा फर्छ्यौट विनियमावलीको अभावमा यि कम्पनीको विद्युतीय माध्यमबाट राफसाफ तथा फर्छ्यौट हुन सकेको थिएन। कम्पनीले अब विद्युतीय माध्यमबाट राफसाफ सुरु गर्ने जनाएको छ। 
विद्युतीय माध्यममार्फत अब नेप्सेमा सुचिकृत सम्पूर्ण कम्पनीका सेयर, ऋणपत्र, विकासपत्र लगायत लगानीका वित्तीय औजारहरु राफसाफ हुने छ। सिडिएसले १० वर्षदेखि सञ्चालनमा आएका वाणिज्य बैंकलाई राफसाफ बैंकको स्विकृति दिने छ। यस्ता बैंकले राफसाफको काम गर्न पाउने छन्। राफसाफका लागि सदस्य बैंक, सिडिएस र नेप्सेबीच   त्रीपक्षीय सम्झौता आवश्यक हुन्छ।
राफसाफ सदस्यले आर्थिक वर्षको समाप्ती हुनु १५ दिन पूर्व १ हजार तिरेर सदस्यता नवीकरण गर्नु पर्ने हुन्छ। सदस्यता लिनका लागि सिडिएसलाई सदस्यता शुल्क १० लाख रुपैयाँ धरौटी राख्नु पर्छ। 


No comments:

Post a Comment

thanks for comment