पिताको निधनपछि ११ वर्षबाटै व्यवसाय सम्हालेका
दुगद २००९ सालमा मोरङ कांग्रेसका कोषाध्यक्ष थिए
सुदर्शन सापकोटा
काठमाडौं जेठ १५
टिएम दुगड ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगपति तोलाराम दुगडको आइतबार निधन भएको छ । काठमाडौं नक्सालस्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा हृदयघातबाट उनको निधन भएको हो ।
११ वर्षको उमेरदेखि व्यवसाय सुरु गरेका दुगडले जुट तथा धान चामल गल्ला
किराना को उद्योगबाट व्यवसायमा आफूलाई स्थापित गरेका हुन् । जुट जुट प्रेस
उद्योगबाट निर्यात व्यापारमा हात हालेका उनी पछिल्लो समय सेवा क्षेत्रतर्फ
लागेका थिए । उनी सनराइज बैंकका अध्यक्ष तथा गुराँस लाइफ इन्स्योरेन्स
कम्पनीका संस्थापक हुन् ।
टिएम दुगड ग्रुपअन्तर्गत दुगड फुड एन्ड वेभेरेज नेपाल सालसिड आयल अमृत दाल निधि आयल पूजा राइस तथा दाल सारदा फुड प्रोडक्सन कोहिनुर एग्रो तथा चामल दुगड फर्टिलाइजर कामधेनु भेज आयललगायत दर्जनभन्दा बढी उद्योग छन् । दुगड ग्रुप खासगरी निसान र महिन्द्रा गाडीको नेपालका लागि वितरक तथा प्रुटी एपी जुस र दाल चामल उत्पादनका लागि चिनिएको छ । दुगडले कुल १ सय ७५ मेगावाटका तीन जलविद्युत कम्पनी साचालन गरिरहेका थिए ।