ठूला बैंकहरु मर्जरको तयारीमा

सुदर्शन सापकोटा
काठमाडौं जेठ १
राष्ट्र बैंकले मर्जर नीति सार्वजनिक गर्दै विभिन्न सुविधा घोषणा गरेपछि करिव एक दर्जन बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिन आवश्यक तयारी गर्न सुरु गरेका छन् ।
केहि समयदेखि एक आपसमा गाभिन भित्री रुपबाट गृह कार्यमा व्यस्त रहेका यी संस्थाको तयारी राष्ट्र बैंकले गत साता नियमावली सार्वजनिक गरे पछि बढेको हो । मर्जर नियमावली आउनुअघि नै यी कम्पनीहरु एक आपसमा गाभिन औपचारिक सुरुवात गरिसकेका थिए ।
एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक बीच मर्जरका लागि सम्झौतासमेत भइसकेको छ । दुई साताअघि भएको सम्झौता अनुसार एनएमबीको हकप्रद सेयर निस्कासनपछि औपचारिक मर्जर सुरु हुनेछ । बैंकले ३४ लाख ८३ हजार कित्ता हकप्रद सेयर वैशाख २९ गतेदेखि विक्री खुला राखेको छ ।
'मर्जरका लागि प्रारम्भिक सम्झौता भएको हो,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले आइतबार नागरिकसँग भने, 'सबै कुरा मिल्यो भने आगामी साधारणसभाबाट यसलाई टुङ्गोमा पुर् याउँछौं ।' 
उनले हरेक हिसावले ठूलो हुनका लागि दुई संस्था गाभिन लागेको जानकारी दिए । 'प्रारम्भिक सम्झौता मात्र भएकाले धेरै प्राविधिक कुराहरु मिलाउन वाँकी छ,' उनले भने, 'गाभिदा संस्था वलियो पनि हुन्छ । संस्था वलियो हुने हकमा कर्मचारी मिलानमा पदको मतलव गर्दैनौं ।' एभरेष्ट बैंकले मर्जरका लागि आफ्ना पूर्वप्रमुख कार्यकारी अधिकृत सुरेन्द्रिसंह एसएस भन्डारीलाई मरामर्शदाता नियुक्त गरिसकेको छ । 'मर्जरका लागि नै भनेर एभरेष्टका साचालकहरु परामर्शदाता संस्था नियुक्तिका लागि स्वीकृत लिन आउनु भएको थियो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'मर्जरका लागि भनेर हामीले स्वीकृति दिएपछि परामर्शदाता नियुक्तसमेत भइसकेका छन् ।' बैंकले दुई साताअघि भारतीय नागरिक भन्डारीलाई नियुक्ति दिएको हो । एभरेष्ट बैंकले खासगरी कुमारी बैंक अफ काठमाण्डु बिओके र नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये एकसँग मर्जर गर्ने इच्छा देखाएको छ ।
लक्ष्मी बैंकले पनि बैंक अफ काठमाण्डूसँग कुराकानी अगाडि वढाइरहेको छ । मर्जरको रुपमा कम्पनी नै खरिद गर्ने योजनाका साथ अगाडि बढेको बैंकले यसअघि कुमारी बैंकमा प्रस्ताव लगेको थियो । कुमारी बैंकले वढी पैसा मागेको भन्दै लक्ष्मी पछाडि फर्किएको छ । कुमारी बैंकले संस्थापक सेयरमा बजार मूल्यमा पनि पि्रमियम खोजेको र लक्ष्मीले बजार दरमा पनि छुट खोजेकाले मर्जर प्रकृया अगाडि वढ्न नसकेको हो । कुमारी बैंकमा साचालकहरुबीच विवाद लम्विदै गएकाले उनीहरु पनि सेयर विक्री गरेर बैंकबाट वाहिरिने पक्षमा छ । 'कुमारी स्थापित बैंक भएकाले हामीले सेयरको आवश्यक मूल्य मागेको हो,' बैंकका एक साचालकले भने, 'भाउमा कुरा नमिलेर अहिले छलफल स्थगित छ । तर लक्ष्मी बैंकसँग सम्भावना नै भने सकिएको होइन ।' उनले एभरेष्ट बैंकबाट पनि प्रस्ताव आएको जानकारी दिए ।
लक्ष्मी बैंकले कुमारीसँग कुराकानी नमिलेपछि बैंक अफ काठमाण्डूसँग पनि मर्जरका लागि कुराकानी अगाडि वढाएको छ । लक्ष्मीमा मर्ज हुनका लगि बैंक अफ काठमाण्डुका साचालक पनि सकारात्मक देखिएका छन् । 'हामी पनि गम्भिर छौं,' बिओकेका एक साचालकले भने, 'दुवै बैंकबीच कुरा सकारात्मक रुपमा नै छलफल अगाडि वढिरहेको छ ।' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले मर्जरका लागि एकदमै गम्भिर भएको भन्दै केही बैंकसँग यसका लागि कुराकानी भइरहेको जानकारी दिए ।
एनसिसी बैंक र नेपाल बंगलादेश बैंक मर्जरका लागि पनि प्रकृया अगाडि वढिसकेको छ । दुवै बैंक मर्जरपछि नेपाल बैंकका संयोजक पुस्करराज राजकर्णिकारलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी प्रकृया अगाडि वढेको हो । मर्जरलाई सहयोग पुग्ने गरी एनसिसी बैंकले रत्नराज बज्राचार्यको समय थप गरेन । उनी समय थप नभएपछि ग्लोबल बैंक छिरेका छन् । एनसिसी र बंगलादेश बैंक एनबी समुह अन्तर्गतका हुन् । बंगलादेशमा केही अघि नेपाल श्रीलंका मर्चेन्ट बैंकर मर्ज भइसकेको छ ।
कास्टमण्डप डेभलपमेन्ट बैंकले शिखर फाइनान्ससँग मर्ज गर्नका लागि पहल सुरु गरिसकेको छ । एकै समुह अन्तर्गले दुई कम्पनी साचालन गरिरहेकाले मर्जर प्रकृया सकारात्मक रुपमा अगाडि वढिरहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।
मर्जरमा जानका लागि प्राइम कमसर्ियल बैंक र मनकामना विकास बैंकले पनि पहल गरेका छन् । प्राइमले अर्को संस्था खोजिदिन राष्ट्र बैंकलाई अनुरोध नै गरिसकेको छ । फाइनान्स कम्पनीहरु पनि मर्जरका लागि गम्भिर भएको राष्ट्र बैंक अधिकारीले दावी गरे । 'अधिकांस फाइनान्स कम्पनी अहिले मर्जरका लागि संस्था खोजिदिन आग्रह गरिरहेका छन्,' ती अधिकारीले भने, 'हामी पनि कुन संस्था कुनमा मर्ज हुँदा ठिक हुन्छ भनेर हेरिरहेका छौं ।'
मर्ज गराउनका लागि राष्ट्र बैंक आफै पनि बैंक तथा वित्तीय संस्थाको प्रकृति घरानाको अध्ययन गरिरहेको छ । राष्ट्र बैंकले केही दिनअघि ग्लोबल बैंक र आइएमइ फाइना_िन्सयल इन्ष्टिच्युटलाई मर्ज गराउन पहल गरेको छ । 'एकै घराना अन्तर्गतको भएकाले हामीले मर्जमा जानु पर्छ भनेर ग्लोवलका अध्यक्षलाई वोलाएर अनुरोध गरेका छौं,' राष्ट्र बैंक स्रोतले भन्यो, 'उहाँहरुले पनि यसलाई सकारात्मक रुपमा लिनु भएको छ ।'
राष्ट्र बैंकले एकै घरानाको किष्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक मर्ज गराउनका लागि पनि अध्ययन गरिरहेको उनले जानकारी दिए । उनले इनप्रुास्टक्चर डेभलपमेन्ट बैंकलाई पनि मर्जरमा जानका लागि सुझाव दिइएको बताए । 'राष्ट्र बैंक आफै पनि मर्जरका लागि एकै घराना र समुहले चलाएका बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउन पहल गर्नेछ,' ती अधिकारीले भने, 'यसका लगि हामी आवश्यक परेमा निशुल्क परामर्श सेवासमेत उपलब्ध गराउँछौं ।'
नयाँ वाणिज्य बैंकहरुले पनि मर्जरका लागि प्रकृया थालेका छन् । खासगरी शाखा विस्तार गरेका क्षेत्रीय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीसँग मर्जरमा जान उनीहरुले पहल थालेका हुन् । 'आर्थिक रुपमा स्वस्थ र शाखा संख्या धेरै भएका कम्पनीसँग मर्जर गरेर जाँदा शाखा विस्तारमा मिहेनत नगर्नु पर्ने भएकाले पहल थालेका हौं,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।




No comments:

Post a Comment

thanks for comment