तरलता अभाव थप बढ्ने

काठमाडौं जेठ १२
तरलता अभावसँग जुद्धै आएका बैंक तथा वित्तीय क्षेत्रलाई भने बिमा समितिको निर्देशनले थप संकटमा पार्ने छ। कम्पनीहरुसँग लगानी गर्न रहेको ४३ अर्ब २७ करोड रुपैयाँमध्ये ७० प्रतिशत रकम वाणिज्य बैंकसँग मात्रै छ।
 'अनिवार्य ऋणपत्रमा लगानी गर्नु पर्ने व्यवस्थाले तरलता अभाव अझ वढ्छ,' बैंकर्स संघका अध्यक्ष अशोक राणाले बिहीबर नागरिकसँग भने। उनले ऋणपत्रमा लगानी गर्नु बिमा कम्पनीहरुको अधिकार भएपनि अहिलेका बेलामा वाध्यताकारी बनाइदिँदा बैंकिङ क्षेत्रमा समस्या आउने बताए।
'ऋणपत्रमा लगानी गर्नु भन्ने निर्देशन अहिलेको समयमा ठिक भएन,' उनले भने, 'हामीले राष्ट्र बैंकसँग पनि आग्रह गरेका छौं यो बारेमा पहल गरिदिन।' उनले केही दिनभित्रै समितिसँग पनि यो बारेमा छलफल गर्ने बताए।
समितिले निर्देशन दिएकै भोलीपल्ट बुधबार राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र निस्कासन गरेको छ। साढे नौ प्रतिशतको ब्याजको ऋणपत्र खरिद गर्न पाँच अर्ब रुपैयाँ बैंकिङ क्षेत्रबाट वाहिरिने छ। बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भन्डारीले सरकार बचतमा भएका अवस्थामा पनि आएको ऋणपत्रले तरलता अभाव थप बढाउने बताए। 'अहिले ऋणपत्र आउनु ठिक समय होइन,' उनले भने।

No comments:

Post a Comment

thanks for comment