सम्भाव्यता हेरेर स्तरोन्नित

  • राष्ट्र बैंकको टोली विशेष निरीक्षणमा
  • १५ दिनपछि आउने रिपोर्टका 
आधारमा स्तरोन्नति स्वीकृित
  • आवेदन दिएका संस्थाको पुँजी एक अर्ब
सुदर्शन सापकोटा
काठमाडौं बैशाख १८
राष्ट्र बैंकले स्तरोन्नतिका लागि आवेदन दिएका छ वित्तीय संस्थाको संभाव्यता हेरेर मात्र स्वीकृति दिने भएको छ । यसका लागि उसले सम्वन्धित विकास बैंक र फाइनान्स कम्पनीमा निरिक्षण टोली पठाइसकेको छ । टोलीको प्रतिवेदनका आधारमा उनीहरुलाई स्तरोन्नतिको स्वीकृति दिइने छ ।
'आवेदन दिएका आधारमा स्वीकृति दिने भन्ने हुँदैन,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले आइतबार नागरिकसँग भने, 'निरिक्षण टोलीले दिएको रिपोर्टका आधारमा स्तरोन्नतिको स्वीकृति दिने÷नदिने भर पर्छ ।' टोलीले आगामी १५ दिनभित्र रिपोर्ट वुझाउने उनले जानकारी दिए ।
राष्ट्र बैंकले गत चैत ११ गते स्तरोन्नति सम्वन्धि निर्देशिका जारी गरेको थियो । विकास बैंक र फाइनान्स कम्पनीको स्तर वृद्धि क्रमिक रुपमा मात्र हुने निर्देशनमा छ । 'वाणिज्य बैंकका रुपमा स्तरोन्नति हुनका लागि फाइनान्स कम्पनीहरुले पनि आवेदन दिएका छन्,' ज्ञवालीले भने, 'तर निर्देशन अनुसार विकास बैंक हुँदै वाणिज्य बैंकमा स्तरोन्नति हुन पाइन्छ । त्यो पनि राष्ट्र बैंकको निरिक्षण टोलीले संभाव्यता देखाएमा मात्र ।' 
 
राष्ट्र बैंकमा 'ग' वर्गका स्टेन्डर्ड फाइनान्स क्यापिटल मर्चेन्ट आइएलएफसी वित्तीय संस्था र नेपाल सेयर मार्केटले वाणिज्य बैंकमा स्तरोन्नति हुनका लागि आवेदन दिएका छन् । सानिमा विकास बैंकले पनि आवेदन दिएको छ । यि सवै कम्पनीमा अहिले राष्ट्र बैंकको निरिक्षण टोलीले अध्ययन गरिरहेको छ ।
'राष्ट्र बैंकको कारवाहीमा नपरेको संस्थागत सुसासन भएको र आवश्यक मापदण्ड पुरा गरेको कम्पनीले मात्र स्तरवृद्धि गर्न पाउने छन्,' राष्ट्र बैंक स्रोतले भन्यो, 'पछिल्लो समयमा संस्थागत सुशासनमा कमी आइरकेको अवस्थामा निरिक्षण टोलीले विशेष गरी त्यसैमा लक्षित भएर अध्ययन गर्ने छ ।' उनले पुँजी पुर् याएको भरमा मात्र स्तरोन्नतिको स्वीकृति दिन नसकिने जानकारी दिए । चालु आर्थिक वर्षको मौदि्रक नीतिमा पनि वित्तीय संस्थाको स्तरोन्नति गर्ने कार्य पुँजीको पर्याप्तताका अतिरिक्त व्यवसायिक सम्भाव्यता संस्थागत क्षमता प्रतिस्पर्धा र बजारको अवस्था आदिका आधारमा मात्र गर्ने व्यवस्था गरिने उल्लेख छ ।
राष्ट्र बैंक स्रोतका अनुसार सबै प्रकि्रया पुरा गरेर स्वीकृति दिइएका केही संस्थामा समस्या देखिएको छ । ुयस्तो समस्या दोहोर् याउनका लागि स्वीकृति दिएर काम छैनु उनले भने । उनले विशेष निरिक्षणपछि संस्थापक सेयरधनीको समूह साचालकलगायतका बारेमा पनि प्रस्ट भएपछि स्वीकृति दिइने जानकारी दिए ।
स्तरोन्नति हुनका लागि कम्पनीहरुले आवश्यक चुक्ता पुँजी खराब कर्जा र पुँजी पर्याप्तता अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र र संस्थागत सुशासन भएको हुनु पर्नेछ । विकास बैंकले वाणिज्य बैंक हुनका लगि २ अर्ब र फाइनान्स कम्पनीले विकास बैंक हुन ६४ करोड रुपैयाँ चुक्ता पुँजी पुर् याउनु पर्छ । उनीहरुको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा कम र पुँजी पर्याप्तता अनुपात १० प्रतिशतभन्दा माथि हुनु पर्ने हुन्छ ।
आवेदन दिएका कम्पनीमध्ये स्टेन्डर्ड फाइनान्स क्यापिटल मर्चेन्ट आइएलएफसी नेपाल सेयर मार्केट र सानिमाको १ अर्ब चुक्ता पुँजी पुगिसकेको छ । सानिमालगायत सबै फाइनान्स कम्पनीले एकैचोटी वाणिज्य बैंक हुनका लगि चुक्ता पुँजी एक अर्ब पुर् याएका हुन् । उनीहरुले प्रति एक बराबर एक हकप्रद सेयर निस्कासन गरेर चुक्ता पँुजी २ अर्ब पुर् याउने लक्ष्य लिएका थिए । निर्देशनका कारण फाइनान्स कम्पनी वाणिज्य बैंक हुन पाउँदैनन् ।
फाइनान्स कम्पनी स्तरोन्नति भएर विकास बैंकमा पुगेमा उसले त्यसको पाँच वर्षपछि मात्र वाणिज्य बैंकमा स्तरोन्नति हुनका लागि आवेदन दिन पाउने छ । स्तरोन्नति हुन चाहने संस्थाले लगातार पाँच वर्ष नाफा कमाइ सिाचति नोक्सानी नभएको हुनु पर्ने हुन्छ ।
गएको दुई वर्षदेखि विकास बैंक र वित्तीय संस्था स्तरोन्नतिको व्यवस्था स्थगित भएको थियो । स्थगित हुनुअघि किस्ट र एनएमबी फाइनान्सबाट वाणिज्य बैंकमा डिसिबिएल विकास बैंकबाट वाणिज्य र एस फाइनान्सबाट विकास बैंकमा स्तरोन्नति भएका थिए ।




No comments:

Post a Comment

thanks for comment