बैंक तथा वित्तीय क्षेत्र जोखिममा छैन : गभर्नर

काठमाडौं वैशाख ४
गभर्नर युवराज खतिवडाले वित्तीय परिसूचकका आधारमा बैकिङ क्षेत्रको अवस्था सकारात्मक रहेको बताएका छन् । बैंकिङ क्षेत्रका महत्वपूर्ण परिसुचक सबै सकारात्मक भएकोले वित्तीय प्रणाली जोखिममा रहेको मान्न नमिल्ने खतिवडाले बताए ।
'राष्ट्र बैंकको स्वीकृतिमा २ सय भन्दा बढि संस्था मध्ये कुनैमा केही समस्या देिखंदैमा समग्र क्षेत्रमा जोखिम छ भन्न मिल्दैन,' उनले भने । बैंक तथा वित्तीय संस्थाले जोखिम हुने गरि कुनै एक क्षेत्रमा लगानी नगरेकोले वचतकर्तालाई त्रसित नहुन खतिवडाले आग्रह गरे ।
केही बैंक तथा वित्तीय संस्थामा समस्या देखिएपछि समग्र क्षेत्रप्रति सर्वसाधारणको विश्वास गुम्न नदिन खतिवडाले बुधबार पत्रकार सम्मेलन गर्दै भने-'पुँजी पर्याप्तता तरलता निक्षेप र कर्जा निक्षेपमा बैंक तथा वित्तीय संस्थाको अवस्था बलियो देखिएको छ ।'
वाणिज्य बैंकहरुको पुँजी पर्याप्तता १३ प्रतिशत छ । बैंकहरुको पुँजी पर्याप्तता १० दशमलव ५ देखि ४० प्रतिशत सम्म छ । राष्ट्र बैंकले पुँजीको पर्याप्तता १० प्रतिशत तोकेको छ ।
विकास बैंक र वित्त कम्पनीको पुँजी पर्याप्तता पनि राष्ट्र बैंकले तोकेकै मापदण्ड भन्दा माथी छ । विकास बैंक र वित्त कम्पनीको पनि १३/१४ प्रतिशत रहेको खतिवडाले बताए ।
वाणिज्य बैंक विकास बैंक र वित्त कम्पनीहरुको तरलता २६ प्रतिशत छ । राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थालाई २० प्रतिशत तरलता राख्नुपर्ने सिमा तोकेको छ । यो सिमाको आधारमा बैंकिङ क्षेत्रको अवस्था सकारात्मक छ ।
वाणिज्य बैंकको खराव कर्जा २ प्रतिशत छ । विकास बैंक र वित्त कम्पनीको खराव कर्जा २ देखि ३ प्रतिशत छ । 'अन्तराष्ट्रिय मापदण्डका आधारमा ५ प्रतिशत भन्दा तल नै खराव कर्जा देखिनु अर्को सकारात्मक पक्ष हो,' खतिवडाले भने ।
वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ८७ प्रतिशत छ । यस्तो अनुपात विकास बैंक र वित्त कम्पनीको ९५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धि गतवर्ष जति बढ्न नसकेपनि स्थिति सन्तोषजनक नै रहेको खतिवडाले बताए । 'घरजग्गा कर्जामो कडाई सेयरमा सिमा निक्षेप एकबाट अर्कोमा राख्दा व्याज नपाउने व्यवस्थाले निक्षेप गतवर्षको जसरी बढन नसके पनि अवस्था ठिकै छ,' उनले भने । ३१ वाणिज्य बैंकसँगको निक्षेप ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । कर्जा ५ खर्ब १५ अर्ब ५७ करोड छ । गतवर्षको असार सम्म तुलना गर्दा वैशाखको अन्त्यमा निक्षेपको वृद्धि साँढे २ प्रतिशत छ । कर्जाको वृद्धिदर साँढे ११ प्रतिशत देखिएको छ । प्रतिबद्धता गरिएका र नवीकरण भएका कर्जा प्रवाह गरिएकोले निक्षेप भन्दा कर्जा बढि प्रवाह भएको हो । 'समग्रमा निक्षेप र कर्जाको वृद्धिलाई सामान्य नै मान्नुपर्छ,' खतिवडाले भने ।
२ वर्षको अवधिमा निक्षेप र कर्जाको व्याजदर माथी गएको जनाउँदै उनले भने-'मूल्यवृद्धि दोहोरो अंकमा रहेपछि व्याज त्यसभन्दा तल हुने कल्पना गर्न सिकंदैन।' आर्थिक कि्रयाकलाप बढेपछि बैंकमा निक्षेप वृद्धिसँगै व्याजदर घटने उनले बताए ।
साना निक्षेपकर्ताको रकम डुब्न नदिन राष्ट्र बैंकले वाणिज्य बैंकमा पनि विमा योजना कार्यान्वयनमा ल्याउने भएको छ । केही समयअघि राष्ट्र बैंकले वाणिज्य बैंक बाहेकका वित्तीय संस्थामा २ लाख रुपैयाँ सम्मको निक्षेप विमा गराउन निर्देशन दिईसकेको छ । यो निर्देशनपछि ४८ अर्ब रुपैयाँको निक्षेप विमा भैसकेको जानकारी िदंदै खतिवडाले भने-'विमा रकमको आकार पनि बढाउँदै लग्नेछौं ।'
बैंक तथा वित्तीय संस्था ऐन वमोजिम पदबाट राजिनामा दिएकालाई राष्ट्र बैंकले कारवाही गर्न पाउने व्यवस्था छैन । राष्ट्र बैंकले कारवाही गर्ने जानकारी पाएपछि कार्यकारी प्रमुखले राजिनामा दिने गरेका छन् । यस्तो अवस्थामा सुधार गर्न संस्थाका पूर्व कार्यकारी प्रमुखलाई समेत कारवाही गर्न कानुनी व्यवस्था गर्ने योजना खतिवडाले सुनाए ।
चालु आर्थिक वर्षमा मुलुकको शोधनान्तर घाटालाई वचतमा परिणत गर्न कठिन पर्ने जानकारी उनले दिए । ९९ अर्ब रुपैयाँ वैदेशीक सहायता खर्च गर्ने लक्ष्य बजेटमा राखिएपनि अहिले सम्म २० अर्ब रुपैयाँ मात्रै खर्च भएको अनुमान छ । सरकारी ढुकुटिमा १६ अर्ब रुपैयाँ जम्मा भएर बसेको छ । चालु वर्षमा भारतबाट एटिएम प्रयोग गरि ७ महिनाको अवधिमा १९ अर्ब निकालिनु नै शोधनान्तर घाटा रहिरहनुको अर्को कारण भएको खतिवडाले बताए ।

दुई खर्ब गुमाएको सेयर बजार उकास्ने कोशिस

गभर्नर खतिवडाले दुई वर्षको अवधिमा २ खर्ब रुपैयाँ पुँजी गुमाएको सेयर बजार सुधार्ने कोशिस भैरहेको बताएका छन् । विगतमा बजार धेरै माथी गएको जनाउँदै उनले भने-'अहिले बजार यति तल आउन हुने थिएन ।' विगतमा बजारमा सेयरको मूल्य उच्च दरले बढ्नु पनि बेठिक भएको उनले बताए । बजार पुँजीकरण अहिले ३ खर्ब १२ अर्बमा झरेको छ ।
राजनीतिक अवस्था लगानीको वातावरणको अभावमा लगानीकर्तामा विश्वास आउन नसकेको खतिवडाले बताए । घरजग्गामा कमाई हुन नसकेपछि सेयरमा लगानी आउन नसेकेको विश्लेषण खतिवडाले गरे । प्राथमिक सेयर किन्नेलाई घाटा नभएपनि दोस्रो बजारबाट सेयर किन्नेलाई नाक्सानी परेको उनले बताए ।

No comments:

Post a Comment

thanks for comment