सेयर लगानीकर्ता र सरकारबिचको वार्ता विना निष्कर्ष

काठमाडौं फागुन १३
एक सातादेखि आन्दोलनरत सेयर लगानीकर्ता र सरकारबिच वुधवार भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । २२ सूत्रीय माग राख्दै आन्दोलनरत साधारण लगानीकर्ता संघ नेपाल इन्भेष्टस्र फोरम र धितोपत्र लगानीकर्ता संघका पदाधिकारीसँग अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले उनीहरुसँग वार्ता गरेका हुन् ।

तत्कालै कुनै पनि मागका बारेमा टुङ्गोमा पुग्न नसकिने भन्दै खनालले सोमवार सेयर बजारको नियमन निकाय धितोपत्र वोर्ड र नेपाल स्टक एक्सचेन्ज तथा राष्ट्र बैंकसँग छलफल गरी शंवोधन गरिने आस्वासन दिएको इन्भेष्टर फोरमका सदस्य राजकुमार तिम_िल्सनाले बताए । उनले माग पुरा नभइन्जेलसम्म आन्दोलन जारी राख्ने जानकारी दिए ।

सोमवारदेखि अनिष्चितकालका लागि कारोवार बन्द गराउने कार्यक्रम सार्वजनिक गरेका उनीहरुको आन्दोलनलाई ुरेस्पोन्सु गर्दै केही दिनअघि राष्ट्र बैंकले सेयर धितो कर्जा नवीकरणलाई केही खुकुलो पारेको थियो । तर आन्दोलन जारी राखेपछि सरकारले विहीवार उनीहरुसँग छलफल गरेको हो । ुसोमवार विहान सबै नियमन निकायसँग छलफल गरी त्यहाँबाट आएको निष्कर्षका आधारमा हाम्रो माग शंशोधन गरिने अर्थसचिवले भन्नु भएको छु उनले भने ुहाम्रो सम्पूर्ण माग जायज भएको निष्कर्ष निष्किएकाले सवै माग पुरा हुनेमा आशावादी छौं ।ु

लगानीकर्ताले सेयर धितो कर्जा शत प्रतिशत नवीकरण हुनु पर्ने साधारण सेयर निष्कासनमा रोक लागाउनु पर्ने पुँजीगत लाभरकलाई लगानी अवधिका आधारमा वर्गीकरण गरी यसको दर कायम गरिनु पर्ने १९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन स्थगित गर्नु पर्नेलगायतका माग राखेका छन् ।




लाभांस चाहनेलाई प्राइमको सेयर


नागरिक संवाददाता
काठमाडौं फागुन १३
ुनगद लाभांस चाहनेका लागि हाम्रो सेयर उपयुक्त हुनेछु आगामी २५ गतेबाट सेयर निष्कासन गर्ने तयारी गरिरहेको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रेष्ठा झाले भने ुपुँजी वढाउने वाध्यता नभएकाले वोनस सेयर हाम्रो प्राथमिकता होइन ।ु
कम्पनीले १० लाख ८० हजार किक्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । चुक्ता पुँजी २५ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको सेयर निष्कासनपछि पुँजी ३६ करोड रुपैयाँ पुग्ने छ ।
साधारण सेयरमा लगानी गरेपछि आम लगानीकर्ताको आसा कम्पनीले दिने वोनस सेयर तथा नगद लाभांसमा हुन्छ । कम्पनीले आगमी वर्ष नै नाफबाट नगद लाभांस दिने जनाएको छ । लाभांसमा चिक्त वुझाउन सक्ने लगानीकर्ताका लागि प्राइम लाइफको सेयर राम्रो लगानी हुनसक्छ ।
गत वर्ष खुद नाफा ५ करोड ५९ लाख रुपैयाँ गरेको कम्पनीको जगेडा कोषमा ५ करोड ६७ लाख रुपैयाँ छ । कुल नेटवर्थ ३० करोड ६७ लाख रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ एक सय रुपैयाँभन्दा वढी छ । यो नेटवर्थबाट औषत प्रतिफल शुन्य दशमलव ३३ प्रतिशत प्राप्त हुने छ । कम्पनीको समग्र वित्तीय अवस्था मूल्यांकन गर्दा सन्तोषजनक देखिन्छ ।
यद्यपी दोस्रो बजारमा पनि उच्च मूल्यमा कारोवार भएको हेर्न चाहने लगानीकर्ताका लागि नेपाल स्टक एक्सचेन्ज नेप्से मा सुचिकृत १७ बिमा कम्पनीको एक महिनामा हुने औषत कारोवारले भने निरास पार्ने छ । महिनामा ६ दिन मात्र बिमा कम्पनीका सेयर कारोवार हुने गरेको छ । जति थोरै कारोवार भयो त्यसको मूल्य वढ्ने संभावना पनि कम रहन्छ । साथै कम कारोवार हुँदा आफूले चाहेको वेला बेच्न वा किन्न कठिन हुन्छ । उच्च प्रतिफलका लागि लगानी गर्नेलाई कुनै पनि बिमा कम्पनीको सेयरले निरास बनाउने सन्दर्भमा प्राइमको सेयर दोस्रो बजार वुझेकाका लागि आकर्षक नहुनसक्छ ।
प्राइम लाइफले पुँजी वृद्धिका लागि वोनस सेयर जारी गर्दैन । ुहामी वोनस सेयरमा केन्द्रित छैनौंु झाले भने । सित्तैमा पाइने वोनस सेयरमूखि लगानीकर्ताका लागि पनि प्राइमको सेयर आकर्षक नहुन सक्छ । तर घट्दो सेयर मूल्य घरजग्गा तथा सुनमा कडाइ र विग्रदो लगानीको क्षेत्रका कारण एउटा भरपर्दो लगानी भने प्राइमको सेयर हो ।
बजार सँधै घट्दो अवस्थामा नवस्ने विश्वव्यापी मान्यताका कारण नेपालको सेयर बजार पनि केही समयपछि उकालो लाग्ने निष्चित छ । अहिले एक सय रुपैयाँमा सेयर खरिद गरेर बजार वढेपछि वेच्दा त्यसबाट फाइदा उठाउन सकिन्छ । न्युनतम १० किक्ता सेयरका लागि पनि आवेदन दिन सकिने हुँदा कम्पनीको सेयर धेरैभन्दा धेरैले पाउने सम्भावना वढी रहन्छ । यसले सेयर पर्ने सम्भावनालाई पनि वलियो बनाएको छ ।
कम्पनीको अध्यक्ष उद्योगपति राजेन्द्रकुमार खेतान छन् । कम्पनीको चालक मानिने प्रमुख कार्यकारी अधिकृतको पदमा झा छन् । उनी राम्रो बैंकिङ अनुभव भएका व्यक्ति हुन् । प्राइम लाइफअघि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा वित्तीय बजार प्रमुख थिए । तर बिमा बैंकिङभन्दा फरक व्यवसाय भएकाले उनको बैंकिङ अनुभव यसमा पर्याप्त नहुनसक्छ । यसकारण पनि प्राइमसँगै आएका अन्य तीन बिमा कम्पनीको श्रेणीमा उनी अझै पनि पहिलो नंम्वरमा छैनन् । ुहामीभन्दा अगाडि एसियन लाइफ इन्स्योरेन्स छु झाले भने ।



सूर्या लाइफको सेयर


काठमाडौं फागुन ११
सूर्या लाईफ इन्स्योरेन्सले आगामी साता १० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनपछि पुँजी ३६ करोड रुपैयाँ पुग्ने छ । अहिले पुँजी २५ करोड २० लाख रुपैयाँ छ ।
दोस्रो बजारमा सेयर मूल्य निरन्तर ओरालो लागिरहेको बैंकले घरजग्गा कर्जामा कडाइ गरेको सुन आयात बन्द तथा मूल्य ओरालो लागेको अवस्थामा सूर्या लाइफले सेयर निष्कासन गरेको छ । लगानीका क्षेत्र सागुँरिदै गएका वेला एक सय रुपैयाँमै सेयर खरिद गर्न सकिने अवसर हुनसक्छ सूर्या लाइफ ।
कम्पनीले साचालनमा आएदेखि नै नाफा आर्जन गर्दै आएको छ । गत वर्ष १८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १ सय २ रुपैयाँ तथा जगेडा कोषमा ४५ लाख र जीवन बिमा कोषमा २ करोड ३ लाख रुपैयाँ छ । समग्रमा कम्पनीको वित्तीय अवस्था राम्रो छ ।
साधारण सेयरमा लगानी गरेपछि आम लगानीकर्ताको आसा कम्पनीले दिने वोनस सेयर तथा नगद लाभांसमा हुन्छ । साथै दोस्रो बजारमा पनि उच्च मूल्यमा कारोवार भएको लगानीकर्ता हेर्न चाहन्छन् । तर नेपाल स्टक एक्सचेन्ज नेप्स मा सुचिकृत १७ बिमा कम्पनीको महिनामा औषत ६ कारोवार मात्र हुने गरेको छ । थोरै समय कारोवार हुँदा मूल्य उकालो लाग्ने सम्भावना कम रहन्छ । उच्च प्रतिफलका लागि लगानी गर्नेलाई कुनै पनि बिमा कम्पनीको सेयरले निरास बनाउने छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेसनल लाइफ इन्स्योरेन्स वाहेक नेप्सेमा सुचिकृत बाँकी कम्पनीको सेयर मूल्य उत्साहप्रद छैन । लगानी नाफाका लागि गरिने हँुदा धेरै कम कारोवार हुने बिमा समूहको सेयर घट्दो बजार मूल्यबाट निरास भएका लगानीकर्ताका लागि उपयुक्त हुँदैन ।
अन्य कम्पनीको तुलनामा धेरै कम कारोवार हुने बिमा कम्पनीलाई कानुनी रुपमा नै चुक्ता पुँजी २५ करोड रुपैयाँभन्दा वढी नचाहिने भएकाले त्यसले पुँजी वृद्धि गर्नका लागि वोनस सेयर दिने सम्भावन न्युन छ । साधारण सेयर जारी नगर्दै २५ करोडभन्दा वढी पुँजी भएको कम्पनीको केही साताभित्रै ३६ करोड रुपैयाँ पुँजी पुग्दै छ । यसपछि तत्काल थप पुँजी आवस्यक नपर्ने भएकाले वोनस सेयर दिने सम्भावना कम भएको हो ।
बिमा कम्पनीहरुको अहिलेसम्मको अभ्यासमा नगद लाभांस २÷३ वर्षमा वितरण गर्ने गरिएको छ । एक सय रुपैयाँ नै सेयर मूल्य भएका बैंक तथा वित्तीय कम्पनीले नाफा भएमा बर्षेनी वोनस वा लाभांस अथावा दुवै दिने गरेका छन् । बैंक तथा वित्तीय कम्पनीमा लगानी गरेका लगानीकर्ताका लागि सूर्या लाइफको सेयरले नतान्न सक्छ ।
एक सय रुपैयाँ दरका सूर्या लाइफको सेयर न्युनतम ५० किक्ताका लागि आवेदन दिन सकिने छ । वढीमा ३६ हजार किक्तासम्म आवेदन दिनसकिने कम्पनीले जनाएको छ । कम्पनीको अध्यक्षमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर रामवावु पन्त छन् ।

एक महिनामा कारोवार भएको दिन
बिमा कम्पनी - कारोवार दिन - अन्तिम मूल्य
नेपाल इन्स्योरेन्स कम्पनी - २ - ३७०
नेसनल लाइफ इन्स्योरेन्स - २ - ५२९
हिमालयन जनरल - ५ - २३०
युनाइटेड - ४ - २११
एभरेष्ट - ३ - २८५
पि्रमियर - ६ - १७६
नेको - कारोवार भएन - १२५
एलायन्स - २ - १९२
सगरमाथा - २१ - ३३०
एनबी इन्स्योरेन्स - कारोवार भएन - २३१
नेपाल लाइफ - ८ - १०००
लाइफ इन्स्योरेन्स - ९- ६८१
प्रुडे_िन्सयल - कारोवार भएन - १९६
लुम्बिनी - १५ - १९०
शिखर - ६ - ३३७
सिद्धार्थ - १३ - १७०

सेयर धितो कर्जा केही खुकुलो


काठमाडौं फागुन १०
सेयर धितोमा कर्जा लिएका लगानीकर्तालाई अब केही राहत पुग्ने भएको छ । धितो राखिएको सेयर मूल्य १० प्रतिशतसम्म घटेमा लगानीकर्तालाई बैंक तथा वित्तीय कम्पनीहरुले मार्जिन कल नगर्ने भएकाले राहत पुगेको हो । सेयर वजार निरन्तर घट्दै गएकाले २२ सुत्रीय माग राख्दै लगानीकर्ताले आन्दोलन थालेपछि राष्ट्र बैंकले सेयरधितो कर्जालाई केही खुकुलो पारेको हो ।
१० प्रतिशतभन्दा वढीले बजार मूल्य घटेमा ऋणदाता कम्पनीले २१ दिन भित्रमा घटेको मूल्य वरावर मार्जिन कल गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । मार्जिन कल भएको सात दिनपछि कर्जा असुल गरिसक्नु पर्ने निर्देशिकामा उल्लेख छ । यसअघि सात दिनभित्र मार्जिन कल गर्नु पर्ने व्यवस्था थियो । त्यसपछि पनि कर्जा असुल नभए त्यो रकम वरावरको बैंक अफैले कर्जा नोक्सानी व्यवस्था गराउने पर्ने छ ।
केन्द्रिय बैंकले सोमवार नयाँ निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको ७५ प्रतिशत रकमसम्म नवीकरण गर्न पाउने व्यवस्था गरेको छ । नवीकरण गर्नका लागि भने लगानीकर्ताले यो कर्जाको २५ प्रतिशत रकम बैंक तथा वित्तीय कम्पनीलाई भुक्तानी गर्नु पर्ने हुन्छ । साथै वाँकी ७५ प्रतिशत कर्जाको व्याज भुक्तानी गर्नु पर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशिकामा उल्लेख छ ।
सोमवार पनि सेयर कारोवार नगरेका लगानीकर्ताले राष्ट्र बैंकले केही खुकुलो नीति लिएपनि आन्दोलनलाई जारी राख्ने बताएका छन् । उनीहरुले राष्ट्र बैंकको नीति आन्दोलन तुहाउने षड्यन्त्र भएको भन्दै यसलाई सम्पुर्ण माग पुरा नभइन्जेल जारी राख्ने बताएका हुन् । ुराष्ट्र बैंकको नीति लाखौं लगानीकर्तालाई छक्याउने ललीपप होु नेपाल इन्भेष्टर फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिम_िल्सनाले भने ।
साधारण लगानीकर्ता संघका अध्यक्ष दीपक कार्कीले सेयर धितो कर्जा शत प्रतिशत नवीकरण हुनु पर्ने बताए । उनले बैंक तथा वित्तीय कम्पनीले सेयर धितो कर्जा नवीकरणका लागि सम्वद्ध पक्षसँग छलफल गर्नु पर्ने बताए । ुसँधै नवीकरण गर्नुस् भनेका होइनौंु उनले भने ुहामीले पाँच वर्षसम्मको अवधि मागेका छौं छलफल भएमा दुई वर्षसम्म पनि झर्न सक्छ ।ु
लगानीकर्ताले सोमवार सेयर खरीद विक्री कारोवार बन्द गर्ने घोषणा गरेकाले नेपाल स्टक एक्सचेन्ज नेप्से मा कुनै पनि कारोवार भएन । आइतवार पनि कारोवार ठप्प थियो । मंगलवार उनीहरुले सेयर व्रोकरमार्फत कारोवार बन्द गराउन लगाउने वुधवार एक घण्टा नेप्सेको कारोवार गर्ने सरभर डाउन गराउने घोषणा गरेका छन् । माग पुरा नभए १७ गतेदेखि अनिष्चितकालका लागि सरभर डाउन गराउने आन्दोलनको कार्यक्रम छ ।
ुपुँजी बजारलाई नीति निर्माता तहबाट हेर्ने नजर समान हुनु पर्छु संघका उपाध्यक्ष सुनिल न्यौपानेले नागरिकसँग भने ुबजारका बारेमा दीर्घकालिन योजना नबनेसम्म आन्दोलन जारी रहन्छ ।ु उनले सेयर धितोमा कर्जा लिने खराव ऋणी नभएको बताउँदै लगानीकर्तालाई कर्जा तथा व्याज तिर्न सहुलियत दिनु पर्ने जानकारी दिए ।
ुहामीले बजार वढाइ देउ भनेका होइनौंु कार्कीले भने ुनयाँ सेयर आपुर्ति रोकेर घटेको बजारलाई सहज बनाउन आग्रह गरेका हौं ।ु सेयर बजार अवास्तविक रुपमा घटेमा साधारण सेयर नआउने अन्तर्राष्ट्रि अभ्यास छ ।





लगानीकर्ताको आन्दोलन सुरु


नागरिक संवाददाता
काठमाडौं फागुन ६
सेयर लगानीकर्ताले सरकारसँग २० सुत्रीय माग राख्दै विहीवारबाट आन्दोलन सुरु गरेका छन् । साधारण लगानीकर्ता संघ नेपाल इन्भेष्टस्र फोरम र धितोपत्र लगानीकर्ता संघले संयुक्त रुपमा आन्दोलन थालेका हुन् । ुबजार घटेर लगानीकर्ता सडकमा पुग्ने अवस्था आइसकेकाले यसलाई सम्वोधन गर्न सरकारलाई दवाव दिन आन्दोलन थालिएको होु लगानीकर्ता निर्मल प्रधानले भने ।
आफ्नो मागका बारेमा जानकारी गराउन उनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्से को हाताभित्र पत्रकार सम्मेलन गर्दै आम्दोलन सुरु भएको घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उनीहरुले सेयर कारोवार स्थगित गर्नेदेखि नेपाल स्टक एक्सचेन्जको सरभर डाउन गराउनेसम्मको कार्यक्रम घोषण गरेका छन् ।
आगामी आइतवार र सोमवार सेयर खरीद विक्री कारोवार बहिस्कार गर्ने मंगलवार सेयर व्रोकरमार्फत कारोवार बन्द गराउन लगाउने वुधवार एक घण्टा नेप्सेको कारोवार गर्ने सरभर डाउन गराउने उनीहको आन्दोलनको कार्यक्रम छ । विहीवर दुई घण्टा र १७ गतेदेखि अनिष्चितकालका लागि सरभर डाउन गराउने कार्यक्रम रहेको साधारण लगानीकर्ता संघका अध्यक्ष दिपक कार्कीले बताए ।
५० लाखभन्दा माथि सेयर कारोवार गर्नेलाई मात्र स्थायी लेखा नंम्वर प्रमाणपत्रमा दर्ता हुनु पर्ने व्यवस्था गर्न पनि उनीहरुले माग गरेकाम छन् । उनीहरुले नेपाल बैंकको सेयर तत्काल कारोवार हुनु पर्ने तथा नेपाल विकास बैंकले जारीको गरी वाँडफाँड नगरको हकप्रद सेयरको वाँकी रकम तत्काल फिर्ता गर्नु पर्ने माग गरेका छन् ।
लगानीकर्ताले सेयर धितोमा कर्जा बजार मूल्यको ७० प्रतिशतसम्म पाउन पर्ने माग राखेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाले १ सय ८० दिने कारोवारको औषत मूल्यको ५० प्रतिशतसम्म मात्र यस्तो कर्जा उपलब्ध गराउँदै आएका छन् ।
सेयर कर्जामा सरलीकरण व्याजदरमा विशेष प्राथमिकताका साथै कर्जामा लिइदै आएको सेवा शुल्क हटाउने पर्ने माग उनीहरुको छ । लगानीकर्ताले पुँजीगत लाभरकलाई लगानी अवधिका आधारमा वर्गीकरण गरी यसको दर कायम गरिनु पर्ने तथा यो करलाई अन्तिम करको रुपमा मान्यता दिनु पर्ने माग गरेका छन् । यसका लागि एक बर्षको १० प्रतिशत दुई वर्षसम्मको ५ प्रतिशत र दुई वर्षभन्दा माथिको अवधिमा यस्तो कर नलाग्ने व्यवस्था गरिनु पर्ने उनीहरुले बताएका छन् ।
१९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन स्थगित गर्नु पर्ने साधारणसभाबाट पािरत भएको हकप्रद सेयर त्यसको ४ महिनाभित्र निष्कासन गरिसक्नु पर्ने तथा साधारण सेयर वाँडफाँड भएको एक महिनाभित्र नेप्सेमा सुचिकृत हुने पर्ने कम्पनी दर्ता हुँदा सुरुमै ४९ प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने तथा हकप्रद र वोनस सेयरको प्रमाणपत्र वितरण भएको मितिदेखि नै सुचिकृत हुनु पर्ने लगानीकर्ताको माग छ ।
उनीहरुले संयुक्त लगानी कोष सम्वन्धि नीति तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने सेयर दलाल थप्नु पर्ने केन्द्रिय निक्षेप प्रणाली तत्काल सुरु गरिनुजस्ता माग पनि उनीहरुले प्रमुखताका साथ उठाएका छन् ।


बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति अभाव


काठमाडौं फागुन २
बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्यासँगै त्यस क्षेत्रमा दक्ष कर्मचारीको अभाव हुन थालेको छ । कम्पनीमा उच्च व्यवस्थापकीय र मध्यमस्तरको पदमा कर्मचारी अभाव हुन थालेको हो । ुवढ्दो संख्याले दक्ष कर्मचारी अभाव हुन थालेको छु एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नागरिकसँग भने ।
माथिल्लो स्तरको पदमा अनुभवी र व्यवस्थापकीय दक्षता भएको कर्मचारी आवश्यक पर्छ । बैंक तथा वित्तीय कम्पनी खुल्ने क्रम वढेकाले भएका कम्पनीबाट कर्मचारी खोसाखोस हुने तर जनशक्ति उत्पादन गर्ने तालिम केन्द्र नभएकाले अभाव भएको बैंकस्रले बताए ।
अहिले २६ वाणिज्य बैंक ६७ विकास बैंक र ७८ फाइनान्स कम्पनी साचालनमा छन् । ६ वाणिज्य बैंक कारोवारको पर्खाइमा छन् भने एक दर्जनभन्दा वढी विकास बैंक र फाइनान्स कम्पनी पनि कारोवार अनुमतिको स्वीकृत पर्खिरहेका छन् । यी कम्पनी साचालनमा आएपछि थप कर्मचारी अभाव हुने छ ।
ुशाख प्रमुख नपाएर मूख्य कार्यालयबाट कर्मचारी पठाएर काम गरिरहनु परेको छु पौडेलले भने ुअहिले बैंकिङ क्षेत्रको प्रमुख चुनौती जनशक्ति अभाव पनि हो ।ु बैंक तथा वित्तीय कम्पनीको संख्या त वढेको छ नै शाखा विस्तार गर्ने होडले अहिले कर्मचारी अभाव खड्किएको उनले बताए । वाणिज्य बैंकको मात्र देशभर ८ सय शाखा पुगिसकेको छ । विकास बैंक र फाइनान्स कम्पनीको पनि जोड्ने हो भने यो संख्या १५ सय वढी पुग्छ ।
सरकारीभन्दा निजी क्षेत्रमा कर्मचारी अभाव वढी भएको सरकारी स्वामित्वको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए । उनले कम्पनी र शाखाको संख्या विस्तारसँगै कर्मचारी अभाव भएको जानकारी दिए । ुहाम्रोबाट पनि अहिले कर्मचारी अन्य बैंकमा जान थालेका छन्ु उनले भने ुकर्मचारी अभाव हुन थालेपछि नयाँलाई ल्याउन भर्खरै ६४ जना लिखित परीक्षबाट छानेका छौं ।ु
सानो पदका लागि बैंकहरुले बिबिए तथा एमबिए उत्तिर्ण गरेका विद्यार्थीलाई लिने गरेका छन् । ुउनीहरुलाई केही महिना तालिम दिएपछि काममा खटाइन्छु डिसिबिएल बैंकका प्रमुख कार्यकारी सुधिर खत्रीले भने । तर माथिल्लो पदका लागि भने अनुभवी नै चाहिने भएकाले कर्मचारी अभाव हुने गरेको बैंकस्रको भनाइ छ ।
बैंकहरुले क्रेडिट उपभोक्ता कर्जा प्रतितपत्र टे्रजरीजस्ता महत्वपूर्ण विभागका लागि कर्मचारी अभाव भएको बताए । ुयस्तो विभागमा काम गर्नका लागि अनुभव चाहिने भएकाले यो क्षेत्रमा कर्मचारी अभाव धेरै हुने गरेको छु आत्रेयले भने । दक्ष जनशक्तिको अभावले गर्दा अहिले एउटाबाट अकोर्ं कम्पनीमा कर्मचारी जाने क्रम वढेको उनले बताए । ुधेरै पैसा पाएपछि अनुभवी कर्मचमारी एउटाबाट अर्कोमा जानु स्वभाविक होु उनले भने ुनेपाल बैंकबाट मात्रै १०÷१२ जना अन्य बैंकमा गइसकेका छन् ।ु
एनएमबीका पौडेलले दक्ष कर्मचारी एउटाबाट अर्कोमा तान्ने होडले बैंकिङ क्षेत्रलाई साँच्चै अप्ठ्यारो परेको जानकरी दिए । ुआफ्नोमा धेरै समय लगाएर सिकाएको कर्मचारी अर्को बैंकले थुतिदिन्छु उनले भने ुयसले अप्ठ्यारोमा पारॆको छ ।ु



बैंकको घरजग्गा लगानी

सुदर्शन सापकोटा
काठमाडौं फागुन २
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रियलस्टेट तथा हाउजिङमा ९६ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

असोज मसान्तसम्म यो कर्जा ८ अर्व ९३ करोड रुपैयाँ थियो । २५ वाणिज्य बैंकको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो कुल कर्जाको २२ दशमलव ३४ प्रतिशत हो । हिमालयन बैंकको वित्तीय विवरण उपलब्ध नभएकाले यसमा समावेश गरिएको छैन ।
राष्ट्र बैंकले रियलस्टेट तथा हाउजिङको कर्जामा कडाइ गर्न बैंकहरुलाई निर्देशन दिएपछि प्रकाशित वित्तीय विवरणमा अधिकांस बैंकले रियलस्टेट तथा हाउजिङमा जाने कार्ज घटाएका छन् । तीन महिनाको अवधिमा ४८ प्रतिशत कर्जा रियलस्टेट तथा हाउजिङमा प्रवाह गरेको किष्ट बैंकले पुस मसान्तसम्म यसलाई झारेर ४४ दशमलव १९ प्रतिशतमा पुर् याएको छ ।
डिसिबिएलले ४६ बाट ४२ प्रतिशतमा यस्तो कर्जा घटाएको छ । सनराइजले ३७ बाट ३५ मा र प्राइमले ३७ बाट ३४ मा रियलस्टेट तथा हाउजिङ कर्जा घटाएको छ । तैपनि यी बैंक पुस मसान्तसम्ममा रियलस्टेट तथा हाउजिङमा वढी कर्जा प्रवाह गर्नेमा परेका छन् । ुराष्ट्र बैंकको निर्देशनपछि रियलस्टेट तथा हाउजिङ कर्जा घटाएका छौंु डिसिबिएल बैंकका प्रमुख कर्यकारी अधिकृत सुधिर खत्रीले सोमवार नागरिकसँग भने ुअसार मसान्तभित्र वढीमा २५ प्रतिशतसम्म झारिसक्छौं ।ु उनले रियलस्टेट तथा हाउजिङमा जाने कर्जा घटाएर अन्य क्षेत्रमा वढाएको जानकारी दिए ।
प्रतिशतका हिसावले सबैभन्दा कम कृषि विकास लुम्बिनी नेपाल बंगलादेश नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह गरेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । रियलस्टेट तथा हाउजिङ अनुत्पादन क्षेत्र भएको र यो वढी जोखिमपूर्ण भएको भन्दै राष्ट्र बैंकले यी क्षेत्रमा भएको कर्जा लगानी घटाउन बैंकहरुलाई डेढ महिनाअघि निर्देशन दिएको थियो ।
माछापुच्छे्र बैंकका वित्तीय विभाग प्रमुख गोविन्द शर्माले रियलस्टेट तथा हाउजिङ क्षेत्रमा हुने कर्जा प्रवाह रोकेको जानकारी दिए । उनले अन्य क्षेत्रको कर्जा पनि बैंकले रोकेको बताए । ुतरलता समस्या समाधान नभइन्जेल कर्जा रोकेका हौंु उनले भने ु रियलस्टेट तथा हाउजिङमा गएको कर्जा असुलीले गर्दा घटेको छ ।ु माछापुच्छे्र बैंकले असोज देखि पुस मसान्तसम्म रियलस्टेट कर्जा ६ करोड रुपैयाँ असुली गरिसकेको छ ।
रकमका हिसावले सबैभन्दा वढी नेपाल इन्भेष्टमेन्ट नबिल किष्ट कुमारी र एभरेष्ट बैंकले रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह गरेका छन् । सबैभन्दा कम लुम्बिनी नेपाल बंगलादेश कृषि विकास नेपाल क्रेडिट एण्ड कमस्र र एनएमबी बैंकले कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले दिएको २५ प्रतिशतको सीमाभित्र ११ बैंकले रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह गरेका छन् । यी बैंकले कुल कर्जा प्रवाहको २५ प्रतिशतभन्दा कम यस क्षेत्रमा प्रवाह गरेको वित्तीय विवरणमा देखिएको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले रियलस्टेट तथा हाउजिङमा भएको कर्जा प्रवाह जोखिमपूर्ण नभएको बताए । उनको बैंकले पुस मसान्तसम्म यो क्षेत्रमा साढे १२ प्रतिशत कर्जा प्रवाह गरेको छ । ुअबका दिनमा हामी रियलस्टेट तथा हाउजिङमा कर्जा बढाउँदैनौंु उनले भने ।


बैंक - रियलस्टेट तथा घरजग्गा - कुल लगानीमा प्रतिशत
किष्ट - ५ अर्ब २३ करोड - ४४।१९
डिसिबिएल - ३ अर्ब ४ करोड - ४२।२२
सनराइज - ४ अर्ब ३० करोड - ३५
प्राइम - ४ अर्व ८६ करोड - ३४।१५
कुमारी - ५ अर्ब ६ करोड - ३२।४३
सिटिजन्स - ३ अर्ब ४६ करोड - ३२
बैंक अफ एसिया - ३ अर्ब ३१ करोड - ३१।८२
एनएमबी - २ अर्ब १७ करोड - ३१।५६
लक्ष्मी - ४ अर्ब ६२ करोड - ३०।५६
माछापुच्छे्र - ४ अर्ब २१ करोड - २७।३७
ग्लोवल - ३ अर्ब २० करोड - २६।९१
स्ट्यान्डर्ड चार्टर्ड - ४ अर्ब १० करोड - २६।४४
इन्भेष्टमेन्ट - ११ अर्ब ६ करोड - २६।४२
सिद्धार्थ - ४ अर्ब २७ करोड - २६
एनसिसी - १ अर्ब ८९ करोड - २१।९२
नबिल - ६ अर्ब ९४ करोड - २०।४९
एनआइसी - २ अर्ब ८५ करोड - १९।६८
एसबिआइ - ३ अर्ब ५५ करोड - १९।२७
बिओके - ३ अर्ब २७ करोड - १८।७३
एभरेष्ट - ४ अर्ब ९८ करोड - १७।३७
राष्ट्रिय वाणिज्य ४ अर्ब ४८ करोड १३।३९
नेपाल बैंक - पाइएन - १२।५
नेपाल बंगलादेश - ९२ करोड - ९।१५
लुम्बिनी - ४४ करोड ६८ लाख - ७।४४
कृषि विकास - १ अर्ब ७३ करोड - ५



तरलता अभाव बैंकको चुनौती


काठमाडौं फागुन १

- तरलता अभावका कारण व्याजदरमा भएको प्रतिस्पर्धाले समग्र बैंकिङ व्यवसायमा थप चुनौती थपिएको छ ।
- देशमा व्याप्त शान्ति सुरक्षाको कमजोर स्थिति बन्द हड्तालले देशको समग्र अर्थतन्त्रमा असर पर्ने हुँदा बैंकिङ क्षेत्रमा समेत यसको असर पर्ने
- वढ्दो दक्ष जनशक्ति अभाव
- निक्षेप र कर्जाको वढ्दो व्याजदर
- मूल्यवृद्धिले वढ्दो साचालन खर्च
- लोडसेडिङले वढायो खर्च

बैंकहरुले भोगेको वर्तमान चुनौती हो यो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको विश्लेषण गर्दै बैंकहरुले प्रकाशित गरेको विवरणमा सवैभन्दा ठूलो चुनौतीका रुपमा तरलता समस्यालाई लिइएको छ । ुतरलता अभावले व्याजदर महंगिएर निक्षेपको व्याजदर अस्वभाविक वढेको छु एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने ुयसले बैंकहरुले प्रदान गर्ने सेवाको मूल्य वढाएको छ ।ु उनले व्याजदर बढ्दा नयाँ व्यवसायका लागि कर्जा लिने घटेको जानकारी दिए ।
ुतरलता अभावका कारण महंगोमा निक्षेप लिएर महंगोमा नै कर्जा प्रवाह गर्नु पर्ने वाध्यता छु बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले शनिवार नागरिकसँग भने ुयसले गर्दा कर्जा लिएकालाई त्यो तिर्न कठिन हुन्छ र उत्प्ादनको लागत पनि वढ्छ ।ु तरलता अभावले बैंकलाई मात्र नभएर बैंकसँग जोडिएका सबै पक्षलाई चुनौती थपिएको उनले जानकरी दिए । ुकर्जा महंगिएपछि त्यो नउठ्ने डर बैंकहरुलाई छु उनले भने ुकर्जा नउठे समग्र अर्थतन्त्रलाई नै ठूलो चुनौती थपिने छ ।ु
माओवादी मुलधारमा आइसक्दा पनि शान्ति सुरक्षाको अवस्था कमजोर छ । यस्तो अवस्थामा नयाँ लगानीको बाटो बन्द हुने र पुरानो लगानी पनि संकटमा पर्ने बैंकसर्ंको भनाइ छ । ुकानुन व्यवस्था एकदमै कमजोर छ उजुरी गर् यो भने पनि त्यसको छानविन हुँदैनु क्षेत्रीले भने । उनले यस्तो अवस्थामा बैंकलाई भन्दा बैंकसँग ऋण लिएका व्यवसायीलाई अप्ठ्यारो परेको बताए । ुऋण लिएकालाई असर परेपछि त्यसको असर बैंकलाई पनि पर्ने नै हुन्छु उनले भने ।
अकोर्ं चुनौती वढ्दो लोडसेडिङ भएको बैंकरको भनाइ छ । उनीहरुका अनुसार लोडसेडिङले बैंकको साचालन खर्चका साथै ऋण लिएका व्यवसायीको उत्पादन खर्च पनि वढ्छ । डिजेलबाट उत्पाति विजुलीबाट उद्योग साचालन गर्दा उत्पादन त बढ्छ नै लोडसेडिङमा उत्पादन बन्द गर्दा माग अनुसारको आपुर्ति नहुँदा उद्योगले गर्ने आम्दानी धेरै नै घट्छ । ुलोडसेडिङले गर्दा व्यवसायीले ऋण तिर्छन÷तिर्दैनन् भनेर सोच्नु पर्ने भएको छु क्षेत्रीले भने ।
बैंकिङ उद्योग वढेपनि त्यो अनुसार दक्ष जनशक्तिको उत्पादन नहुँदा बैंकहरुलाई चुनौति थपिएको एनएमबीका पौडेलले बताए । उनले अहिले सवै बैंक तथा वित्तीय कम्पनी शाखा विस्तारको रणनीति लिएर अगाडि वढिरहेको बताउँदै माग अनुसार जनशक्ति उत्पादन हुन नसकेको जानकरी दिए । ुशाखा प्रमुख नपाएर मूख्य कार्यालयबाट कर्मचारी पठाएर शाखा साचालनु गरिरहनु परेको छु पौडेलले भने । उनले दक्ष कर्मचारी अरुकोबाट आफ्नामा तान्ने होडले बैंकहरु साच्चै चुनौतीपूर्ण अवस्थामा रहेको बताए । ुआफ्नोमा धेरै समय लगाएर सिकाएको कर्मचारी अर्को बैंकले थुतिदिन्छु उनले भने ुयसले अप्ठ्यारामा पारेको छ ।ु
बैंकस्रका अनुसार निर्यातको तुलनामा आयात वृद्धिले व्यापार घाटा वढ्दा वैदेशिक मुद्रा सिाचति घटिरहेको छ । यसले बैंकको अन्तर्राष्ट्रिय व्यापारमा चुनौती थपिएको छ । ुअहिले कतिपय बस्तुको प्रतितपत्र खोल्न बन्द गर्नु परेको छु पौडेलले भने ुयसले बैंकिङ व्यवसाय खुम्चिएर नाफामा असर पर्ने निष्चित छ ।ु केन्द्रिय बैंकले हालै सुन आयात गर्न प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । अरु बेला बार्षिक ८ अर्वको सुन आयात हुने गरेकोमा चालु बर्षको छ महिनामा ३३ अर्व ६० करोड रुपैयाँभन्दा वढीको सुन आयात भएपछि यस्तो निर्देशन दिइएको हो । ऊन आयातमा पनि अहिले कडाइ गरिएको छ । ुसमग्र अर्थतन्त्र नराम्रो हुँदा बैंक मात्र राम्रो हुने भन्ने हुँदैनु क्षेत्रीले भने ुयसको असर बैंकलाई पनि परिरहेको छ ।ु




सुनको मूल्य घटेपछि कमोडिटि बजारका लगानीकर्ता छरिए



नागरिक संवाददाता
काठमाडौं माघ २८
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि यसमा लगानी गर्ने स्थानीय लगानीकर्ता कमोडिटी बजारमा कारोवार हुने अन्य वस्तुको खरीद-विक्रीतर्फ आकर्षित भएका छन् । सुनको मूल्य घट्दा घाटा हुने भएकाले घाटा कम गर्दै नाफा कमाउन अन्य फ्युचर बजार वस्तुको कारोवारमा लगानीकर्ता लागेको सम्वद्ध अधिकारीले बताए ।
ुलगानीकर्ता सुनसँगै कच्चा तेल चाँदी तामालगायत अन्य बस्तुको कारोवारतर्फ लागेका छन्ु कमोडिटिज फ्युचर बजारको दलाल कम्पनी मर्निङस्टारका जोसेफ अधिकारीले नागरिकसँग भने । उनले एउटा वस्तुबाट घाटा भए अर्कोबाट घाटा कम गर्नका लागि लगानीकर्ता छरिएको जानकारी दिए । सुनपछि कच्चा तेल चाँदी र तामाको वढी कारोवार हुने गरेको अधिकारीले जानकरी दिए ।
सुनको मुल्य प्रति औंस १२ सय ५० अमेरिकी डलर पुग्ने अनुमानमा यसमा लगानी गरेका सर्वसाधारणले सुन १२ सय २६ बाट घट्न थालेकाले जोखिम व्यवस्थापनका लागि अन्य वस्तुमा पनि कारोवार सुरु गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा विहीवार सुनको मूल्य एक हजार ८० अमेरिकी डलर छ ।
तीन बर्षदेखि सुरु भएको कमोडिटिज फ्युचर बजारमा सबैभन्दा वढी सुनको कारोवार हुँदै आएको छ । लगानीका लागि सुन विश्वाशिलो क्षेत्र भएकाले यसको लगानीकर्ता अन्यको भन्दा वढी रहेको कमोडिटिज कारोवार गर्ने कमोडिटिज एण्ड मेटल एक्सचेन्ज कोमेन ले जनाएको छ । अहिले साचालनमा रहेका तीन कम्पनीमा दैनिक २ हजार किलोग्राम सुनको खरिद विक्री हुने गरेको छ । कोमेनमा ३ सय किलोग्राम मेक्समा १५ सय किलो ग्राम सुनको दैनिक खरिद विक्री हुने गरेको छ ।
सेयरजस्तै सुन चाँदीलगायतका वस्तुको खरिद विक्री हुने कमोडिटिज बजारमा कोमेन मर्कन्टाइल एक्सचेन्ज मेक्स र नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले लगानीकर्तालाई कारोवारका लागि ुप्लेटफर्मु उपलब्ध गराइरहेका छन् ।
ुजोखिम व्यवस्थापनका लागि पनि लगानीकर्ता एउटै वस्तुमा केन्द्रीत नभइ विभिन्न वस्तुम लगानी गर्न थालेका छन्ु कमोडिटिज फ्युचर बजारकी दलाल सृजना तिवारीले भनिन् । उनले एउटै वस्तुमा वढी लगानी गर्दा घाटा हुने सम्भावना वढी हुने भएकाले लगानीकर्ता त्यसलाई कम गर्न अन्य वस्तुको कारोवार तर्फ मोडिएको बताइन् । जोखिम व्यवस्थापनका लागि दलाल आफैले पनि लगानीकर्तालाई संभावना भएका विभिन्न वस्तुमा कारोवार गर्न सल्लाह दिन्छन् ।
सेयर बजार घटेपछि कमोडिटिज बजारमा सर्वसाधारणको आकर्षण वढिरहेका बेला नवुझी यो क्षेत्रमा लगानी गर्दा फाइदाभन्दा वढी घाटा हुने भएकाले लगानीकर्ता सुनपछि अन्य कमोडिटिज बस्तुको कारोवार गर्न थालेको मेक्सकी ग्राहक सेवा विभाव प्रमुख तेजश्वी शर्माले बताइन् । उनले केही समयदेखि लगानीकर्ता एकै वस्तुमा नभइ विभिन्न वस्तुमा छरिएर कारोवार गर्न थालेको जानकारी दिइन् ।
कमोडिटिज बजारमा लगानीकर्ताको संख्या पनि वढिरहेको एक्सचेन्ज कम्पनीहरुले जनाएका छन् । उनीहरुका अनुसार मासिक १० प्रतिशतका दरले नयाँ लगानीकर्ता यो क्षेत्रमा प्रवेश गरिरहेका छन् । अहिले कोमेनमा २ हजार लगानीकर्ता छन् भने मेक्समा १३ सय लगानीकर्ताले फ्युचर मार्केटमा कारोवार गरिरहेका छन् । ुफ्युचर बजार नयाँ क्षेत्र भएकाले यसमा लगानीकर्ता दैनिक रुपमा नै वढिरहेका छन्ु कोमेनका प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले भने । उनले अहिलेको वृद्धिदर हेर्दा केही समयपछि सेयर लगानीकर्ताको हाराहारीमा नै कमोडिटिज लगानीकर्ताको संख्या पुग्ने बताए ।





दोस्रो बजार आकर्षक
काठमाडौं माघ २६
लगातार घटिरहेको बजारले सेयर लगानीकर्तालाई खरिदको अवसर दिएको संकेत देखा परेको छ । केही कम्पनीको सेयर मूल्य किन्न सकिने स्तरमा ओर्लिएका छन् ।
तरलता अभाव मागभन्दा आपुर्ति बढीजस्ता कारणले दोस्रो बजारमा सेयरको मूल्य घटिरहेको बेला धेरै कम्पनीका सेयर सस्तोमा पाइन थालेका छन् । २०५७ मा बजार ुक्रयासु हुँदा सेयर खरिद गरेका लगानीकर्ताले २०६३ मा बजार बढ्दा चार गुणाभन्दा बढी फाइदा गरेको सरोकारवाला बताउँछन ।
ु अहिले उचित मूल्यांकन भएका सेयर किनेर एक वर्षसम्म राख्न सक्यो भने फाइदा हुनसक्छु सेयर दलाल कम्पनी श्वेता सेक्युरिटिजकी साचालक सुचेता खनालले भनिन् ।
अहिले ६ कम्पनीको सेयर दुई सय रुपैयाँभन्दा कम मूल्य तिरेर किन्न सकिन्छ । १९ कम्पनीको सेयर तीन सयभन्दा कममै पाइन्छ । आर्थिक स्थिति राम्रो भएका र नाफा गर्नसक्ने सम्भावना भएका कम्पनीको सेयर मूल्य घटिरहेकाले यस्ता सेयर लगानीकर्ताका लागि आकर्षक हुनसक्छन् । किनभने भविष्यमा यिनीहरुले बोनस सेयर तथा नगद लाभांश दिने सम्भावना बढी छ । ुधेरै लागत व्यहोर्न नचाहने लगानीकर्ताका लागि अहिलेको दोस्रो बजार उपयुक्त छु सेयर विश्लेषक रविन्द्र भट्टराईले भने । ७ वाणिज्य बैंकको सेयर मूल्य तीन सयभन्दा कम छ ।
दोस्रो बजारमा सेयर किन्दा मूल्यलाई मात्र आधार बनाउनु हुदैन । कम्पनीको वित्तीय अवस्था र व्यवस्थापनलाई पनि हेर्नुपर्छ । कम्पनीको नाफा प्रतिसेयर आम्दानी मूल्य आम्दानी अनुपात लगायतका सूचकलाई पनि ध्यान दिनुपर्छ ।
नागरिकले संकलन गरेको तीन सय रुपैयाँभन्दा तल झरेका २० कम्पनीको मूल्य आम्दानी अनुपात पिइ रेसियोले भने १० कम्पनीको सेयर किन्नका लागि अझै अनुपयुक्त देखाएको छ । पीइ रेसियोले २० मध्ये १० कम्पनीको सेयर किन्नका लागि सुरक्षित रहेको २ जोखिमयुक्त रहेको र ८ कम्पनीको सेयर किन्नै नहुने देखाएको छ । प्रतिसेयर आम्दानीले भने ४ कम्पनीको सेयरमात्रै खरिदयोग्य भएको देखाउँछ ।
सेयर मुल्य अझै तल झर्छ र किनौंला भनेर पर्खनेले अवसर गुमाउने धारणा पनि पाइन्छ । ुसस्तोमा विभिन्न कम्पनीका सेयर छानीछानी पाइन थालेको छुसेयर दलाल कम्पनी ओपेल सेक्युरिटिजका नवराज पोखरेलले भने ।
घटिरहेको बजारले सेयर भएकाहरुलाई नोक्सान भएपनि किन्न चाहनेका लागि अहिले राम्रो मौका भएको धितोपत्र बोर्डका अध्यक्ष शूरवीर पौडेलको धारणा छ । ुअहिले सेयर किन्ने बेला होु उनले भने ुबजार केही समयपछि बढ्ने भएकाले धेरै फाइदा हुनसक्छ ।ु
तरलता अभाव शोधनान्तर स्थिति ऋणात्मक तथा सेयरको मागभन्दा आपूर्ति बढी भएकाले अझै केही समय सेयर बजार उकालो नलाग्ने सेयर विश्लेषक कम्पनी ज्याम टेक्नोलोजिज्का विकास चौधरीले दाबी गरे ।
बजारलाई माथि उकास्न तत्काल जनचेतनात्मक कार्यक्रमको आयोजनाका साथै सेयर धितोमा कर्जालाई खुकुलो बनाउनु पर्ने विश्लेषक बताउँछन् । नागरिक लगानी कोष कर्मचारी साचय कोष बैंक तथा वित्तीय कम्पनीलाई पनि सेयरमा लगानी गर्न दिनुपर्ने बताए ।

तीन वर्षपिछ नेप्से पाँच सय तल

सुदर्शन सापकोटा
काठमाडौं माघ २४
सेयर बजारको कारोबार मापन गर्ने परिसूचक नेप्से आइतबार तीन वर्षमै पहिलोचोटि पाँच सय विन्दुभन्दा तल झरेको छ ।

अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहनु र बजारमा नगद अभावसमेत देखिनुले सेयर बजार प्रभावित भएको हो ।

ुसेयर बजार भनेको अर्थतन्त्रको ऐना होु धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले आइतबार नागरिकसँग भने ुअर्थतन्त्रमा देखिएको नकारात्मक स्थितिको प्रभाव नै अहिले सेयर बजारमा देखिएको हो ।ु

आइतबार पाँच सय एक विन्दुबाट सुरु भएको नेप्से तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा ४ सय ९७ दशमलव ३४ विन्दुमा झरेको थियो । यसबीच दिनभर सेयर परिसूचक तल्लो तहमै रह्यो । करिब सवा दुई बजेतिर ४ सय ९२ विन्दुसम्म ओर्लियो ।

यसअघि २०६४ वैशाख २ गते नेप्से परिसूचक चार सय ९७ दशमलव ७३ अंकमा थियो । त्यसपछि सेयर बजार क्रमिक रुपमा उकालो लाग्दै २०६५ भदौ १५ गते एक हजार एक सय ७५ अंंकसम्म पुगेको थियो । त्यसपछि फेरि विस्तारै तल झर्न थाल्यो । गत वर्ष असोजदेखि भने तीव्र गतिले घटिरहेको छ ।

विश्लेषकहरुले बजारको नगद अभाव पुँजी पलायनलगायत कारणले सेयर बजार घटेको निष्कर्ष निकालेका छन् । उनीहरुका अनुसार बजारमा सेयरको मागभन्दा आपूर्ति बढी छ ।

ुबजार घट्नुका दुई कारण छन् - पहिलो सर्वसाधारणसँग पैसा छैन । दोस्रो घट्दो कारोबारका कारण पैसा भएकाहरु पनि लगानी गर्न हिच्किचाइरहेका छन्ु सेयर विश्लेषक कम्पनी ज्याम्ब टेक्नोलोजिजका विकास चौधरीले भने ।

उनका अनुसार पछिल्लो समय विभिन्न कम्पनीबाट साधारण सेयर हकप्रद र बोनस सेयर जारी गर्ने क्रम बढेको छ । यसलाई धान्नसक्ने तरलता बजारमा छैन । ुथोरै पैसाले धेरै सेयर किन्नुपर्ने अवस्था छ । नेप्से लगातार घट्नुको कारण यही हो ।ु

गत वर्षदेखि ठूलो परिमाणमा साधारण सेयर निष्कासन हुनुले पनि लगानीकर्ता दोस्रो बजारभन्दा त्यतातिर आकर्षित भएको उनले बताए । ुप्राथमिक बजारमा सय रुपैयाँमै एक सेयर किन्न पाइने भएपछि साधारण लगानीकर्ताहरु दोस्रो बजारमा बढी मूल्य हालेर सेयर किन्न आउँदैनन्ु उनले भने ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २० अर्ब रुपैयाँ बराबर सेयर निष्कासन भएको थियो । चालू वर्षको पुस मसान्तसम्म ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर बजारमा आइसकेको छ । ६ अर्ब रुपैयाँको सेयर निष्कासनको तयारीमा छ ।

ुलगानी नबढ्ने तर सेयर संख्या मात्र बढ्ने गरेकाले बजार ओरालो लागेको होु चौधरीले भने ।

यसबाहेक सरकारले रियलस्टेट सुनलगायत क्षेत्रमा लगानी कडा गर्ने नीति लिनु पनि बजार घट्नुको कारण भएको विश्लेषकहरु बताउँछन् । रियलस्टेट सुनजस्ता क्षेत्रमा गएको पैसा पछि कुनै न कुनै समय स्वाभाविक रुपमा सेयर कारोबारमा फर्किने आस गरिएको थियो ।

सरकारले त्यस्ता अनुत्पादक क्षेत्रमा बढी पैसा फसेको भन्दै लगानीमा कडा नीति लिएपछि त्यो पैसा सेयर बजारमा फर्किनुको सट्टा सुरक्षित स्थानको खोजीमा विदेशतिर पलायन भएको उनीहरुको विश्लेषण छ ।

ुबजारमा तरलता अभाव भइरहेकाबेला पुँजी पलायन हुनुले सेयर कारोबारमा थप असर पार् योु सेयर विश्लेषक कम्पनी बिड इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सुमन रायमाझीले भने ुपहिले दिनको १५ करोड रुपैयाँसम्म कारोबार हुन्थ्यो अहिले तीन करोडभन्दा बढी हुँदैन । यसले पनि बजारमा तरलता नभएको पुष्टि हुन्छ ।ु

ुरियलस्टेटमा कडाइ गरिएपछि त्यहाँका लगानीकर्ता सेयर बजारमा फर्किने आस थियो । सुनमा गरिएको कडाइले पनि सेयर बजार बढ्ने आस बलियो भएको थियो । तर लगानी सुरक्षाको वातावरण नभएकाले लगानीकर्ता सेयरमा नआएर पुँजी पलायन भएको छु उनले भने । सुरक्षाको वातावरण नबनुन्जेल बजार उकालो नलाग्ने उनको दाबी छ ।

लगानीकर्ता राजकुमार तिमल्सेनाले भने व्यापार घाटा बढेको निर्यातको तुलनामा आयात उच्च भई शोधनान्तर स्थिति नकारात्मक भएको र रेमिट्यान्सको वृद्धिदर घटेकाले पनि त्यसको असर बजारमा परेको बताए । ुसमग्र आर्थिक स्थिति सुधार नभएसम्म बजार माथि लाग्ने सम्भावना देखिन्नु उनले भने ।

सेयर विश्लेषक तथा लगानीकर्ता कारोबारमा लगातार आइरहेको गिरावट रोक्न धितोपत्र बोर्डले तत्काल नियमनकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

ुबजार बढ्दा डम्फू पिट्ने बोर्ड घट्दा भने चुप लागेर बसेको छ । नियमन निकायले निर्वाह गर्नुपर्ने जिम्मेवारीपूर्ण भूमिका उसले देखाउन सकेको छैनु तिमल्सेनाले गुनासो गरे ।

बोर्डका अध्यक्ष शुरवीर पौडेल भने यसलाई मान्दैनन् । ुबजार बढाउन बोर्डले तत्काल केही गर्नसक्ने अवस्था छैनु उनले भने ुअर्थतन्त्रका सबै परिसूचक नकारात्मक भएका बेला सेयर बजार मात्र बढ्दैन ।ु

अब के हुन्छ
विश्लेषकहरुको भनाइ मान्ने हो भने अझै केही महिना सेयर कारोबार तल झर्छ । तरलताको समस्या पूर्ण समाधान भइनसकेको र शोधनान्तर स्थिति घाटामै रहेकाले सेयर बजारमा तत्काल सुधार आउने अवस्था नभएको विश्लेषकहरु बताउँछन् ।

चालू वर्षको चैत मसान्तपछि कम्पनीहरुको वास्तविक आर्थिक अवस्था थाहा हुने भएकाले त्यसले दिने प्रतिफल यकिन हुन्छ । त्यतिखेर बढी नाफा देखेर बढी लगानीकर्ता सेयर बजारमा आउनसक्ने अनुमान पनि गरिएको छ । अहिले दोस्रो त्रैमासिक पूरा भएको छ । ६ महिनाकै तथ्यांकका आधारमा आर्थिक वर्ष सकिएपछि कम्पनीले कस्तो प्रतिफल दिन्छ भनी अनुमान गर्न सकिँदैन । ुधेरै लगानीकर्ता त्यही समयको पर्खाइमा छन्ु सेयर विश्लेषक चौधरीले भने ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा मार्जिन लेन्डिङ को व्याज दर बढी भएकाले पनि लगानीकर्ता सेयर कारोबारतर्फ आकर्षित हुन सकेका छैनन् । यस्तो कर्जाको व्याज दर घटाउनुपर्छ भन्ने लगानीकर्ताको माग छ ।

यसबीच धितोपत्र बोर्डले बजार बढाउन सेयर दलाललाई उपत्यकाबाहिर पठाउने तयारी भइरहेको जनाएको छ । केन्द्रीय निक्षेप प्रणाली सिडिएस स्थापनाको कार्य पनि सुरु भइसकेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

ुबजार बढाउन लगानीकर्ताको संख्या बढ्नुपर्छु उनले भने ुसिडिएस स्थापनापछि एकैदिनमा धेरै कारोबार गर्न सकिन्छ उपत्यकाबाहिरबाट पनि कारोबार गर्न सकिन्छ । यसले स्वाभाविक रुपमा धेरै लगानीकर्ता आउनेछन् ।ु

पौडेलले पुँजी बजारबाट दीर्घकालमा कसैलाई नोक्सान नहुने विश्वास दिलाउँदै तत्काल सेयर बिक्री नगर्न लगानीकर्तासँग आग्रह पनि गरेका छन् । ुअहिले सेयर किन्ने बेला होु उनले भने ुबिक्री गर्ने होइन ।ु

तोकिएभन्दा वढी व्याजमा ठूला लगानीकर्ता तान्दै बैंक


- तोकिएभन्दा चार प्रतिशत वढी व्याज
- वढी व्याज दिने पुराना बैंक

सुदर्शन सापकोटा
काठमाडौं माघ २५
तरलता अभावका कारण वाणिज्य बैंकहरुले तोकिएभन्दा वढी व्याज तिरेर संस्थागत ठूला बचतकर्ता तान्न थालेका छन् । बैंकहरुले अहिले वढीमा ११ प्रतिशतसम्म वार्षिक मुद्दति निक्षेपमा व्याज उपलब्ध गराउने सुचना प्रकाशित गरेका छन् । तर संस्थागत निक्षेपकर्तालाई त्योभन्दा वढी व्याज तिरेर बैंकहरुले बचत संकलन गरिरहेका छन् ।

बैंकहरुले तोकेभन्दा चार प्रतिशत विन्दुसम्म वढी व्याज उपलब्ध गराइरहेका छन् । ुतोकिएभन्दा वढी व्याज तिरेर संस्थागत बचतकर्ता तानिरहेको अवस्था छु नेपाल बैंकस्र एशोसिएसनका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले भने ुसाढे १३ प्रतिशतभन्दा कममा कसैले पनि निक्षेप लिएका छैनन् ।ु

सर्वसाधारणले एक बर्षे मुद्दतिमा सबैभन्दा वढी व्याज सिटिजन्स बैंक इन्टरनेसनलबाट पाउँछन् । बैंकले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार ११ प्रतिशत व्याज उपलब्ध गराउने जनाएको छ । यस्तै सिद्धार्थले साढे १० बैंक अफ एसिया नेपालले १० दशमलव २५ र डिसिबिएल बैंकले १० प्रतिशतसम्म मुद्दति निक्षेपमा व्याज उपलब्ध गराउने सुचना प्रकाशित गरेका छन् । बैंकहरुसँग नगद अभाव भएकाले संस्थागत निक्षेपकर्ताले योभन्दा वढी नै व्याज पाइरहेको अवस्था छ ।

संस्थागत निक्षेपकर्ताबाट बचत संकलन गर्नका लागि बैंकहरुले प्रकाशित गर्ने व्याजदरको सुचनामा चलाखीपूर्ण रुपमा ुआपसी सम्झौताु भन्ने शव्द पनि थप गरिएको हुन्छ । ुआपसी सम्झौताु भन्ने शव्द राख्दा बैंकहरुले तोकेभन्दा वढी व्याज ठूला निक्षेपकर्तालाई उपलब्ध गराउन सक्छन् । ठूला बचतकर्ता पनि अहिले वढी व्याजका लागि बैंकहरुसँग मोलतोल गर्न थालेको एक बैंकका प्रमुख कार्यकारीले बताए ।

बैंकहरुका अनुसार ठूला बचतकर्ताबाट एक पटक कम्तिमा पाँच करोड रुपैयाँ निक्षेप आउने भएकाले पनि उनीहरुलाई वढी व्याज दिनु परेको हो । साना निक्षेपकर्ताबाट अहिलेको नगद अभाव कम हुने गरी बचत नआउने भएकाले ठूलालाई वढी व्याज तिरेर भएपनि निक्षेप खाता खोल्नु पर्ने वाध्यता भएको उनीहरुले जनाएका छन् ।

बजारमा तरलता अभाव हुँदा निक्षेप आकर्षित गर्न बैंकहरुबिच व्याजदरमा प्रतिस्पर्धाको होड चलेको छ । साना बचतकर्ताबाट अहिलेको नगद अभाव कम नहुने भएकाले बैंकहरुले ठूला बचतकर्तालाई लक्षित गर्दै व्याजमा वडावड गरेका हुन् । ुप्रतिस्पर्धाले व्याजदरमा वडावड भइरहेको छु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने ुतोकिएभन्दा वढी व्याज अफर गर्ने पुराना बैंक धेरै छन् ।ु

उनका अनुसार ठूला बैंकको निक्षेपमा व्याज खर्च धेरै छैन । यसले गर्दा उनीहरुले एक÷दुई अर्व महंगो व्याज तिरेर बचत संकलन गर्दा पनि खासै फरक पर्दैन । ुबैंकहरुबीच व्याजदरमा वडावड हुँदा ठूला बचतकर्तालाई फाइदा पुगेको छु खत्रीले भने ुयसले नयाँ बैंकलाई अप्ठ्यारोमा पारेको छ ।ु अहिले तोकेभन्दा वढी व्याज पाउने निक्षेप नविकरण गर्ने बचतकर्ता भएको उनले बताए । निक्षेप नविकरण गर्ने समयमा व्याजदरमा बैंकबिच प्रतिस्पर्धा भएकाले तीनै बचतकर्ता अहिले तोकेभन्दा वढी व्याज दिने बैंकमा जानथालेको खत्रीले जानकारी दिए ।

बैंकरका अनुसार तरलता समस्या नभएको बेलामा पनि ठूला बचतकर्ताले तोकिएभन्दा वढी व्याज पाउँदै आएका थिए । अहिले अभावले गर्दा बचतकर्ताले बैंकसँग ुवार्गेनिङु गर्न पाएका छन् । उनीहरुले ठूलो रकम जम्मा गर्ने भएकाले वढी व्याज पाउँदै आएका हुन् ।

बजारमा तरलता अभाव भएपछि गत सातासम्म केन्द्रिय बैंकले सरकारी ऋणपत्रको धितो रिपो मा साढे २३ अर्ब रुपैयाँ बैंकहरुलाई कर्जा उपलब्ध गराइसकेको छ । तर यसले पनि नगद अभाव कम नभएपछि यसको व्यवस्थापन गर्न बैंकहरुले निक्षेपको व्याजदर वढाएका हुन् । तरलता अभाव गत असोजदेखि बैंकहरुले झेल्दै आएका छन् ।

अन्तरबैंक व्याजदर घटेन


काठमाडौं माघ २०
केन्द्रिय बैंकले सरकारी ऋणपत्रको धितो रिपो मा साढे २३ अर्ब रुपैयाँ बैंकहरुलाई कर्जा उपलब्ध गराइसकेपनि बैंकहरुले आपसमा लिने सापटी अन्तरबैंक को व्याजदर घट्न सकेको छैन । वुधवार सापटीको व्याजदर साढे ११ प्रतिशत छ ।
पुस अन्तिम साता पाँच अर्व रुपैयाँ कर्जा उपलब्ध गराएपछि १५ प्रतिशतमा रहेको सापटीको व्याजदर ११ प्रतिशतमा झरेको थियो । त्यसयता पनि पटक-पटक रिपोमार्फत बैंकहरुले पैसा पाएका छन् । वुधवार मात्रै केन्द्रिय बैंकले ६ अर्ब रुपैयाँ रिपोमार्फत नगद उपलब्ध गराएको छ । यसको प्रभाव भने विहीवारबाट देखिन थाल्नेछ ।
वुधवार कृषि विकास डिसिबिएल एभरेष्टलगायतका बैंकले अन्य बैंकलाई सापटी उपलब्ध गराएका छन् । माछापुच्छे्र सिद्धार्थ कुमारीलगायतका बैंकले सापटी लिएका छन् । ुअहिले बैंकले माग्ने सापटी रकमभन्दा वढी नै पैसा बजारमा छु एक बैंकका टे्रजरी विभाग प्रमुखले भने ुतर पनि सापटीको व्याजदर घट्न सकेको छैन ।ु प्रतिवद्धता जनाइसकेको कर्जामा रकम प्रवाह गर्नु परेकाले सापटीको सापटीको व्याजदर घट्न नसकेको उनले दावी गरे ।
केन्द्रिय बैंकले वुधवार औषत ९ दशमलव ४२ प्रतिशतको व्याजदरमा रिपोमार्फत पैसा उपलब्ध गराएको छ । यसका लागि २० बैंक तथा वित्त कम्पनीले पैसा माग गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

दश वित्तीय कम्पनीसँग स्पष्टीकरण माग


सुदर्शन सापकोटा
काठमाडौं माघ २०
राष्ट्र बैंकले समानुपातिक रुपमा चुक्ता पुँजी वृद्धि नगर्ने १० कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणको चिक्तवुझ्दो उत्तर नआएमा केन्द्रीय बैंकले ती कम्पनीको नगद लाभांस वितरण तथा निक्षेप संकलनमा प्रतिवन्ध लगाउने छ ।
यसै साता सोधिएको स्पष्टीकरणमा १५ दिने म्याद दिएर ती कम्पनीलाई ुलाभांस र निक्षेप संकलनमा प्रतिवन्ध लगाउन नपर्ने कारण भए स्पष्टीकरण पठाउनु भनिएको छ । राष्ट्र बैंकले २०७० सम्मको समय सीमा दिएर वर्षेनी समानुपातिक रुपमा पुँजी वृद्धि गर्नु पर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार पुँजी वृद्धि नगरेका कम्पनीलाई स्पष्टीकरण माग गरिएको हो । ु१५ दिनभित्र स्पष्टीकरण नआए कानुनी प्रकृया अनुसार कार्वाही हुन्छु वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लोकवहादुर खड्काले वुधवार नागरिकसँग भने । वाणिज्य बैंकहरुले भने वर्षेनी समानुपातिक रुपमा पुँजी वृद्धि गर्दै लगेका छन् ।
केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्था ऐनको वित्तीय करोवार गर्ने इजाजतपत्र सम्वन्धि नीतिगत एवं प्रकृयागत व्यवस्था अनुसार वाणिज्य बैंकलाई २०७० सम्म दुई अर्ब चुक्ता पुँजी पुँर् याउन अनिवार्य गरेको छ । यस्तै राष्ट्रियस्तरको विकास बैंकलाई ६४ करोड चारदेखि १० जिल्लामा कारोवार गर्ने विकास बैंकलाई २० करोड र एकदेखि तीन जिल्लामा कारोवार गर्ने विकास बैंकलाई १० करोड रुपैयाँ चुक्ता पुँजी पुर् याउनु पर्ने हुन्छ । फाइनान्स कम्पनीले पनि कारोवार क्षेत्रअनुसार १० देखि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर् याउनु पर्छ ।
कम्पनीहरुले २०६४ असार मसान्तलाई आधार वर्षको रुपमा लिएर आर्थिक बर्ष २०६४÷६५ देखि हरेक बर्ष नपुग रकमको समानुपातिक दरले पुँजी वृद्धि गर्दै लैजानु पर्ने हुन्छ । यसरी पुँजी वृद्धि नगरेका पाँच विकास बैंक र पाँच फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले स्पष्टीकरण माग गरेको हो ।
राष्ट्र बैंकले २०७० सम्मको अवधिभित्र तोकिएको चुक्ता पुँजी पुर् याउनका लागि आफूले नियमन गर्ने कम्पनीलाई कार्वाहीमा कडाइ गर्दै उद्देश्य पुरा गरिने उनले जानकारी दिए । गत बर्ष पुँजी वृद्धि नगरेका कम्पनीको नगद लाभांस वितरणमा रोक लगाइएको थियो ।
आगामी वर्ष पनि समानुपातिक रुपमा पुँजी वृद्धि नगरे राष्ट्र बैंकले कर्जा लगानीमा समेत प्रतिवन्ध लगाउनसक्छ । साथै आर्थिक बर्ष २०६७÷६८ मा पुँजी वृद्धि नगर्नेलाई कर्जा असुली र निक्षेप भुक्तानी वाहेकका सम्पुर्ण कारोवारमा प्रतिवन्ध लगाउँदै इजाजतपत्र रद्ध गर्नेतर्फ समेत कार्वाही अगाडि बढाउन सक्ने खड्काले बताए ।
लेखा परिक्षण नगर्ने कम्पनीलाई चेतावनी
राष्ट्र बैंकले तोकिएको समयमा लेखा परीक्षण नगर्ने १५ कम्पनीलाई चेतावनी दिएको छ । केन्द्रिय बैंकले नियमन गर्ने कम्पनीले आर्थिक बर्ष सकिएको पाँच महिनाभित्र लेखापरिक्षण गराइ सक्नु पर्छ । यो अवधिमा लेखापरिक्षण नभए तीन महिना त्यसका लागि माग गर्न पाउँछन् । तर अवधि सकिए पनि लेखापरीक्षणका लागि थप समय नमागेका १५ कम्पनीलाई राष्ट्र बैंकले चेतावनी दिएको हो ।
पाँच विकास बैंक सात फाइनान्स कम्पनी र तीन लघु वित्त करोवार गर्ने वित्तीय संस्थालाई चेतावनी दिइएको खड्काले जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन अनुसार कम्पनीहरुले लेखापरिक्षण नगराएमा राष्ट्र बैंक आफैले त्यसका लागि लेखा परीक्षक खटाउन सकिने जानकारी दिए ।
आर्थिक बर्ष सकिएको पाँच महिनासम्म ४५ कम्पनीले लेखा परीक्षण गराएका थिएनन् । राष्ट्र बैंकले यी कम्पनीलाई सचेत गराएपछि १५ ले लेखापरीक्षण गराइसकेका छन् भने बाँकी १५ ले परीक्षणका लागि तीन महिना समय माग गरेका छन् । समय माग नगरेका अरु १५ कम्पनीलाई राष्ट्र बैंकले चेतावनी दिएको हो ।


सिटीको डेभलपमेन्ट बैंकको सेयर

काठमाडौं माघ १०
सिटी डेभलपमेन्ट बैंकले माघ १९ गतेदेखि ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । तीन बर्षदेखि साचालनमा आएको बैंकको साधारण सेयर निष्कासनपछि चुक्ता पुँजी २० करोड रुपैयाँ पुग्ने छ । अहिले बैंकको पुँजी १४ करोड रुपैयाँ छ ।
जगेडा कोषमा १२ करोड १४ लाख रुपैयाँ रहेको बैंकले एक सय रुपैयाँ अंकित दरका सेयर निष्कासन गर्न लागेको हो । एउटा जिल्लामा मात्र सिमित रहेका कम्पनीहरुको सेयर निष्कास हुँदा कयौं गुणा वढी आवेदन परिरहेको परिप्रेक्ष्यमा साचालनमा आएदेखि नै नाफा कमाउन सफल यो बैंकको सेयर पनि आकर्षक मानिन्छ ।
न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको सेयर अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिन्छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रवन्धक एस डेभलपमेन्ट बैंक हो ।
क्षेत्रियस्तरको सिटी डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनपछि तीन बर्षसम्म पुँजी नवढाउने नीति लिएको हुँदा वोनस सेयरको आसा गर्ने लगानीकर्तालाई यसको सेयर त्यति आकर्षणयुक्त नहुनसक्छ । तर नाफा कमाउँदै आएको र भविस्यमा पनि नाफा कमाउने सम्भावना भएकाले बैंकले नगद लाभांस भने उपलब्ध गराउन सक्छ । नेपाली लगानीकर्ता लाभांसमुखी नभएकाले यस्ता खालका लगानीकर्तालाई कम्पनीको साधारण सेयरले नतान्न सक्छ ।
साचालनमा आएको बर्ष ३९ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल बैंकले गत आर्थिक बर्षमा एक अर्ब २ करोड रुपैयाँभन्दा वढी निक्षेप संकलन गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बर्षको अन्त्यसम्ममा निक्षेप अझ वढ्ने छ । निक्षेप संकलनको वृद्धिदर हेर्दा बैंकले छोटो समयमा नै सर्वसाधारणको मन जितेको पुष्टि हुन्छ ।
बैंकले निक्षेपलाई राम्रैसँग परिचालन गरेको छ भन्ने उसले गरेको खुद व्याज आम्दानीबाट देखिन्छ । बैंकले ६४ लाख खुद व्याज आम्दानीलाई वढाएर गत बर्ष २ करोड ५७ लाख रुपैयाँ पुर् याएको थियो । चालु बर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ९९ लाख रुपैयाँ पुगेको छ । कुल साचालन आम्दानी एक करोड ११ लाखबाट वढेर गत बर्ष ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा साचालन आम्दानी १ करोड ४२ लाख रुपैयाँ भएको बैंकले जनाएको छ ।
लगानी पनि ५० लाखबाट एकैचोटी वढेर ८ करोड हुँदै चालु आर्थिक बर्षको असोज मसान्तसम्म १० करोड रुपैयाँ गरिसकेको छ । बैंकको खुद नाफाको वृद्धिदर पनि राम्रो छ । साचालनमा आएको बर्ष १४ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत बर्ष एक करोड आठ लाख रुपैयाँ नाफ कमाएको थियो । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा ४१ लाख रुपैयाँ गरेको छ । नाफको वृद्धिले सेयर लगानीकर्ताले पाउने प्रतिफल बढ्छ । बैंक यो कुराम सफल छ । बैंकको प्रतिसेयर आम्दानी पहिलो तीन महिनमा २ रुपैयाँ ९७ पैसा छ । यो आम्दानी न्युन देखिए पनि नाफाको वृद्धिदर हेर्दा विस्तारै वढ्ने देखिन्छ । गत बर्ष प्रति सेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा थियो भने अघिल्लो बर्ष दुई रुपैयाँ थियो ।
बैंकको पाँच सदस्यीय साचालक समितिमा एक जना मात्र बैंकिङ ज्ञान भएका छन् । बाँकी सदस्य व्यापार व्यवशाय र शिक्षा क्षेत्रमा कार्यरत छन् । तर प्रमुख कार्यकारी अधिकृत १३ बर्षदेखि वित्तीय क्षेत्रमा कार्यरत छन् । उनले एमबिए उत्तिर्ण गरेका छन् । बैंक सफल हुनमा व्यवस्थापन र साचालक समितिको हात हुने भएकाले अहिलेको संरचनालाई राम्रो मान्न सकिन्छ । साचालक समितका अध्यक्ष राजेन्द्रकुमार वटाजुले वनस्पति शास्त्रमा स्नातककोत्तर गरेका छन् । उनी विभिन्न व्यवसायका साथै पोखराको माउण्ट अन्नपुर्ण कलेजका अध्यक्ष पनि हुन् ।


विश्वमोहन अधिकारी
प्रमुख कार्यकारी अधिकृत सिटी डेभलपमेन्ट बैंक

बैंकको सेयर किन किन्ने ?
मोफसलमा रहेर पनि राम्रो बैंकिङ सेवा दिन सफल छौं । साचालनमा आएदेखि नै नाफाको वृद्धिदर राम्रो छ । चालु बर्षको छ महिनामा एक करोड ३२ लाख रुपैयाँ नाफा गरेका छौं । निरन्तर नाफामा रहेको कम्पनीले सेयरधनीलाई प्रतिफल दिनसक्छ । हामी आगामी बर्ष १० देखि १५ प्रतिशतसम्म वोनस सेयर दिने सोचाइका साथ काम गरिरहेका छौं । बैंकको खराव कर्जा अहिलेसम्म शुन्यमा रहेकाले पनि यसमा जोखिम छैन । यो लगानीकर्तालागि आकर्षक पक्ष हो ।

कुन-कुन क्षेत्रमा बैंकले लगानी गरिरहेको छ ?
हामीले लगानीलाई विविधीकरण गरेका छौं । रियलस्टेट आवसिय हायरपर्चेज कृषि व्यक्तिगत सामाजिकलगायतका क्षेत्रमा कर्जा प्रवाह गरिरहेका छौं । कृषिमा हामीले अन्य कर्जाको तुलनामा एक प्रतिशत कम व्याजदरमा लगानी गरिरहेका छौं । अहिलेसम्म पाँच शाखाबाट हामीले लगानी व्यवस्थापनको कार्य गरिरहेका छौं । यसमध्ये तीन शाखा गाविसमा छन् । कास्कीको हेम्जा तनहुको भिमाद र लमजुङको भोटेओडारमा भएका शाखाले आर्थिक रुपमा पिछडिएको वर्गको जीवनस्तर उकास्ने खालका आर्थिक कार्यक्रमहरु साचालन गरिरहेको छ ।

आर्थिक अवस्था कस्तो छ नि ?
चालु आर्थिक बर्षको पुस मसान्तसम्म एक करोड ३२ लाख खुद नाफा कमाएका छौं । निक्षेप एक अर्ब ३२ करोड रुपैयाँ संकलन गरी एक अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छौं । लगानी पनि १५ करोड रुपैयाँ भएको छ । कर्जा निक्षेपको अनुपात सिडी रेसियो शुन्य दशमलव ८ छ । अहिले जोखिपुर्ण मानिएको रियलस्टेटमा कुल लगानीको ११ दशमलव ४४ प्रतिशत मात्र लगानी गरेका छौं । यो क्षेत्रमा १३ करोड रुपैयाँ लगानी भएको छ । हाउजिङमा पनि २२ प्रतिशत अर्थात २५ करोड १३ लाख रुपैयाँ लगानी भएको छ ।

बैंकको भावी योजना के छ ?
२०७० सम्म राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती गर्ने लक्ष्य रहेको छ । यसका लागि विभिन्न चरणमा पुँजी वृद्धि गर्दै लैजान्छौं । राष्ट्रियस्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ पुँजी आवश्यक भएकाले चार बर्षभित्र हामीले त्यति पुँजी पुर् याइसक्नु पर्ने हुन्छ । बैंकिङ सेवालाई अझ सर्वसुलभ वनाउन आधुनिक बैंकिङ सेवाको सुरुवात गछौं । अहिले पनि हामीले पोखराको तीन स्थानमा एटिएम जडान गरिसकेका छौं । ३६५ दिने बैंकिङका साथै स्थापना भएकै दिनदेखि सन्ध्याकालिन काउन्टर पनि साचालन गरिरहेका छौं । भोलीका दिनमा यसलाई अझ फैलाएर लाने हाम्रो योजना छ । हामीले सुनधितोमा कर्जा पनि सुरु गरेका छौं ।



रावा बैंकलाई तत्काल सहयोग गर्न नसकिने


काठमाडौं माघ १० नागरिक
अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय वाणिज्य बैंकको पुँजी कोषलाई धनात्मक बनाउन सरकारले तत्काल सहयोग गर्न नसक्ने बताएका छन् । उनले एक आर्थिक वर्षभित्र १६ अर्ब रुपैयाँ बैंकलाई मात्र सहयोग गर्दा अन्य क्षेत्र प्रवाभित हुने भएको भन्दै तत्काललाई त्यसो गर्न नसकिने बताएका हुन् ।
ुपहिलो चरणमा नेपाल बैंकलाई सहयोग गर्ने कार्यक्रम छु राष्ट्रिय वाणिज्य बैंकको ४३औं वार्षिकोत्सवमा उनले भने ुत्यसपछि मात्र वाणिज्य बैंकमा सहयोग गर्न सकिन्छ ।ु वाणिज्य बैंकलाई अहिले सहयोग गर्दा शिक्षा शडक स्वास्थ्यजस्ता क्षेत्रको बजेट कटौती गर्नु पर्ने हुँदा तत्काल सरकारले केही गर्न नसक्ने उनले बताए । यसका वावजुत पनि पुँजीकोषलाई धनात्मक बनाउन आफू प्रयत्नशील रहेको उनले जानकारी दिए । ुयसका लागि छलफल भइरहेको छु उनले भने ुअन्य वैकल्पिक उपायका वारेमा पनि खोजिभइरहेको छ ।ु अर्थमन्त्रीले नेपाल बैंकको पुँजीकोष धनात्मक वनाउन केही दिनमा नै ठोस कदम चाल्ने बताए ।
बैंक पहिलेको अवस्थामा फर्कन अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै उनले अहिलेको चुनौति निष्कृय कर्जा घटाउनु रहेको बताए । बैंकले अहिलेसम्म १७ अर्ब ५० करोड रुपैयाँ खराव ऋण असुली गरिसकेको छ । सात बर्षदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधारको प्रकृयामा रहेको बैंकले त्यसयता यति धेरै रकम ऋण असुली गरेको हो । सुधार कार्यक्रम पछिको अवधिमा बैंकले ९ अर्व ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ ।
अर्थमन्त्रीले अझैसम्म पनि बैंकिङ क्षेत्रमा नगद तरलता अभाव हटिनसकेको बताउँदै यसलाई समाधान गर्न प्रयत्नशील रहेको जानकारी दिए । उनले फागुनसम्ममा तरलता अभाव समाधान हुने बताए ।
आयात वढेर व्यापार घाटा अनियन्त्रित भएको भन्दै उनले यसलाई कम गर्न सुनको आयातमा कडाइ गरिएको जानकारी दिए । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म नेपाल भित्रिने पैसाभन्दा वाहिरिने पैसा शोधनान्तर २० अर्ब ४९ करोड रुपैयाँले वढी छ । आयातभन्दा निर्यात व्यापार घाटा ४८ दशमलव ९ प्रतिशतले वढेकाले शोधनान्तरस्थिति नकारात्मक भएको हो ।
अर्थमन्त्रीले विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्ट को वृद्धिदर घटेकाले पनि शोधनान्तर घाटा वढेको जानकारी दिए । उनले रेमिट्यान्सको भरमा मात्र अर्थतन्त्रलाई छाड्न नहुने उल्लेख गर्दैै स्वदेशी उत्पादन बेच्नतर्फ सबैले ध्यान दिनु पर्ने बताए । चालु आर्थिक बर्षको पहिलो चार महिनामा रेमिट्यन्सको वृद्धिदर ६ दशमलव ६ प्रतिशत मात्र छ । अघिल्लो बर्षको यसै अवधिमा वृद्धिदर ६५ दशमलव ९ प्रतिशत थियो ।
अर्थमन्त्री पाण्डेले बैंकको लगानी अनुत्पादक क्षेत्रमा वढि हुन थालेपछि सुन तथा घरजग्गा लगानीमा कडाइ गर्ने नीति लिएको बताए । उनले बचत संकलन तथा ऋण प्रवाह गर्ने सहकारी संस्थाहरुलाई पनि निगरानीमा राख्ने प्रयत्न भइरहेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले आधुनिकीकरण कार्यक्रम अन्तर्गत बैंकका १ सय २० शाखा सुचना-प्रविधिको संजालभित्र आइसकेको बताए । उनले ४६ शाखामा कुनै पनि शाखाबाट पनि कारोवार गर्न सकिने एबिबिएस सेवा सुरु भइसकेको जानकारी दिए । ई-बैंकिङ एटिएम मोवाइल पे रिचार्जलगायतका सेवा पनि साचालन भइरहेको आचार्यले बताए । बैंकले अहिले २४ शाखाबाट सन्ध्याकालिन ६९ शाखाबाट एसएमएस बैंकिङ ८ शाखाबाट ३६५ दिने बैंकिङ सेवा साचालन गरिरहेको छ । बैंकले अहिले २२ स्थानबाट एटिएम सेवा उपलब्ध गराइरहेको छ ।
आचार्यले हेवी इक्विपमेन्ट कर्जा विल्डस्र कर्जालगायत जलविद्युतमा समेत कर्जा प्रवाह गरिरहेको बताए ।


साडे ३३ अर्बको सुन आयात

सुदर्शन सापकोटा
काठमाडौं माघ ६
व्यापार घाटा अनियन्त्रित भएपछि सुन आयातमा कडाइ गरिए पनि यसको आयातमा कमी आएको छैन । चालु आर्थिक बर्षको पुस मसान्तसम्म ३३ अर्ब ६० करोड ९५ लाख रुपैयाँको सुन आयात भएको छ । चाँदीको आयात पनि बढेको छ । ६ महिनाको अवधिमा ७४ करोड ८२ लाख रुपैयाँ वरावरको चाँदी आयात भएको भंसार विभागले जनाएको छ ।
भदौपछि सुन आयातमा केही कमी आएपनि मंसिरबाट आयात बढेको हो । साउनमा १६ सय ८० किलोग्राम सुन नेपाल भित्रिएकोमा पुसमा यो बढेर २८ सय ४५ किलोग्राम पुगेको छ । पुस बर्षकै धेरै सुन आयात भएको महिना हो ।
निर्यातभन्दा आयात वढी भएर व्यापार घाटा वढेपछि सरकारले सुनको आयातमा कडाइ गर्न दुई वटा निर्देशन जारी गरिसकेको छ । तर यसले पनि सुन आयातमा कमी नआएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
निर्यातको तुलनामा आयात धेरै भएर व्यापार घाटा वढेपछि सरकारले वढी आयात भएको बस्तुमध्ये सुन आयातमा कडाइ गरेको हो । सरकारले गत पुस २४ गते बैंक ग्यारेन्टी वा प्रतितपत्रबाट सुन आयात गर्दा ४० प्रतिशतसम्म नगद राख्नु पर्ने व्यवस्था गरेको थियो । यसले पनि सुन आयात घट्न नसकेपछि सोमवार बैंक ग्यारेन्टीबाट मात्रै सुन आयात गर्न नपाउने नयाँ व्यवस्था गरेको हो । अब सुन आयात गर्न पुरै पैसा जम्मा गर्नु पर्ने हुन्छ ।
चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म नेपाल भित्रिने पैसाभन्दा वाहिरिने पैसा शोधनान्तर २० अर्ब ४९ करोड रुपैयाँले वढी छ । आयातभन्दा निर्यात व्यापार घाटा ४८ दशमलव ९ प्रतिशतले वढेकाले शोधनान्तरस्थिति नकारात्मक भएको हो । विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्ट को वृद्धिदर घटेकाले पनि शोधनान्तरस्थिति नकारात्मक भएको हो । पहिलो चार महिनामा रेमिट्यन्सको वृद्धिदर ६ दशमलव ६ प्रतिशत मात्र छ । अघिल्लो बर्षको यसै अवधिमा वृद्धिदर ६५ दशमलव ९ प्रतिशत थियो ।
यो अवधिमा सबैभन्दा वढी सुन स्टान्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंकले आयात गरेका छन् । पछिल्लो तथ्यांक अनुसार स्टान्डर्ड चार्टर्डले ३ सय ७५ किलोग्राम र नविलले २ सय किलोग्राम सुन आयात गरेका छन् । व्यक्तिगत आधारमा सुन आयात गर्ने पनि वढेका छन् ।
सुन आयात वढ्नुमा यसको भन्सार शुल्क भारतभन्दा नेपालमा सस्तो भएर पनि हुनसक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । नेपालमा सुन आयात गर्दा प्रति दशग्राम १ सय ३० रुपैयाँ भन्सार शुल्क लाग्छ भने भारतमा यो शुल्क ४ सय रुपैयाँ छ । नेपालभन्दा भारतमा दशग्राम सुनको भन्सार शुल्क २ सय ७० रुपैयाँ महंगो भएकाले नेपालको माध्यमबाट भारत सुन गएको हुनसक्ने उनले जानकारी दिए । ुआयात वढेको हेर्दा नेपाल भित्रिएको सुन भारत गएको हुनसक्ने आशंका वलियो भएको छु उनले भने ुखुला सिमानाका कारण सुन भारत गएको हुनसक्छ ।ु
नेपालमा दैनिक औषत १२ किलोग्राम सुन गहनाका रुपमा खपत हुने गरेको सुनचाँदी व्यवशायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले विहे तथा चाडवाडमा माग ५० प्रतिशतले वढ्ने गरेको जानकारी दिए । पुस मसन्तसम्म १२ अर्ब रुपैयाँ वरावरको सुन गहनाको रुपमा विक्री भएको उनले बताए ।
केही महिनादेखि लगानीका रुपमा सुनको माग वढ्ने गरेको जानकारी दिँदै शाक्यले ढिक्का सुन राख्नेको संख्या वढेको बताए । ुमुल्य वढेकाले सुनमा लगानी गर्ने वढेका छन्ु उनले भने । माग वढेकाले सुनको आयात गर्ने ८ वाट २४ पुगेको उनले जानकारी दिए । ु४ बैंक र २० व्यक्तिले सुन आयात गरिरहेका छन्ु उनले भने ।
ुउपभोक्ताको माग वढेकाले सुन आयात गरिएको होु स्टान्डर्ड चार्टर्ड बैंकका कर्पोरेट अफेयस्र प्रमुख दिवाकर पौडेलले वुधवार नागरिकसँग भने । उनले सुनचाँदी व्यवशायी संघका सदस्यलाई मात्र सुन बेच्ने गरेको जानकारी दिए । घरजग्गा कर्जामा कडाइ र सेयरको मूल्य घटेकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएर सुनको माग वढेको पौडेलले बताए । ुमागका आधारमा संघका सदस्यलाई मात्र सुन विक्री गछौंु उनले भने ुर सबै कारोवार बैंक खाताको माध्यमबाट हुन्छ ।ु
सुनसँगै चाँदीको आयात पनि वढेको छ । साउनमा १८ सय १५ किलोग्राम सुन आयात भएकोमा पुसमा दोब्वरभन्दा वढी ४३ सय किलोग्राम सुन आयात भएको छ । ुसनसँगै चाँदी पनि लगानीको भरपर्दो क्षेत्र भएकाले यसको माग वढेको छु कमोडिटिज एण्ड मेटल एक्सचेन्ज कोमेन का प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले भने । उनले कोमेनमा सुनपछि चाँदीको कारोवार वढी हुने गरेकेा जानकारी दिए ।

सुनको आयात
किलोग्राम रकम
साउन१६८० ४ अर्ब ८५ करोड ८१ ल्ाख
भदौ२१७८ ५ अर्ब ५ करोड ५ लाख
असोज २०२८ ५ अर्ब १ करोड ४ लाख
कात्तिक १६७५ ४ अर्ब ३४ करोड ८ लाख
मंसिर २२३० ६ अर्ब २९ करोड ९ लाख
पुस २८४५ ८ अर्ब ५ करोड ८५ लाख


चाँदीको आयात
किलोग्राम रकम
साउन १८१५ १३ करोड ४६ लाख
भदौ ३१४६ ११ करोड ६१ ल्ाख
असोज २४६७ ८ करोड ७७ लाख
कात्तिक ३१८९ १४ करोड ३३ लाख
मंसिर १६०० ७ करोड ७० लाख
पुस ४३०० १८ करोड ३१ लाख






सिडिएसका लागि सम्झौता


काठमाडां माघ २ नागरिक
केन्द्रीय निक्षेप प्रणाली सिडिएस स्थापनाका लागि नेपाल स्टक एक्सचेन्ज र सेन्द्रल डिपोजिटरी एण्ड सर्भिसेस इन्डिया बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेप्सेका महाप्रवन्धक शंकरमान िसंह र सिडिएसएलका कार्यकारी निर्देशक पीएस रेड्डीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिडिएसएलले नेपालमा केन्द्रिय निक्षेप सेवा तथा राफसाफ एवं फछ्र्यौट प्रणाली स्थापनाका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । भारतीय कम्पनीले नेपालको प्रचलित कानुनअनुसार सफ्टवेयरको निर्माणका लागि परामर्श आवश्यक ऐन नियम तथा निर्देशिका तर्जुमा सफ्टवेयर निर्माणकर्ता छनौटलगायतका विषयमा सहयोग गर्ने छ । साथै धितोपत्र बोर्ड नेप्सेका कर्मचारीलाई तालिम ग्यारेन्टी कोष तथा राफसाफ कोषको स्थापना इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बरको विकास लगायतका क्षेत्रमा सिडिएसएलले नेप्सेलाई सहयोग गर्ने नेप्सेले जनाएको छ ।
यो प्रणालीमा लगानीकर्ताको सेयरलाई विद्युतीय रुपमा वहि खाताको शैलीमा ुडिम्याटियरिलाइजेसनु भनिने भौतिक प्रमाणपत्रलाई विद्युतीयमा परिणत गरिएको हुन्छ । पूर्णतया कम्प्युटराइज यस प्रणालीबाट नेपालको पुँजी बजारको विद्यमान समस्यालाई सम्बोधन गर्ने अपेक्षा नेप्सेले गरेको छ ।
अन्तराष्ट्रिय रुपमा राफसाफ तथा फछ्र्यौटका लागि सिडिएस प्रयोग गरिदै आएको छ । चालु आर्थिक बर्षको बजेटमा पनि यो प्रणाली स्थापना गरिने उल्लेख छ ।
यो प्रणालीबाट सेयर लगानीकर्तालाई भौतिक प्रमाणपत्रको आवश्यकता पर्दैन । नेप्सेमा सूचीकृत सम्पूर्ण सेयर केन्द्रीकृत रुपमा अभिलेख राखिएको हुँदा प्रत्येक लगानीकर्ताको सिडिएसमा खाता हुन्छ । यसबाट सेयर कारोबार भएपछि बेच्ने लगानीकर्ताको खातामा घटाइन्छ र किन्ने लगानीकर्ताको खातामा जोडिन्छ ।
सिडिएसले लगानीकर्ताको खाता व्यवस्थापन तथा अद्यावधिक प्रमाणपत्रको निक्षेप अन्तरखाता तथा आन्तरिक खाता स्थानान्तरण झिक्ने कारोबार राफसाफ खाता विवरण तथा व्यवस्थापन विवरण र संस्थागत निर्णयको सूचना व्यवस्थापनमा सहयोग गर्छ । दक्षिण एसियामा नेपालमा वाहेक सबै देशमा सिडिएस प्रणाली छ ।



वंगलादेश बैंक नयाँ साचालकलाई जिम्मा


नागरिक संवाददाता
काठमाडौं पुस ३०
राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकको व्यवस्थापन विहीवार साचालक समितिलाई जिम्मा लगाएको छ । केन्द्रिय बैंकले ६३ साल कात्तिक २६ गते एनबी बैंकलाई संकटग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापन आफै सम्हाल्दै आएको थियो ।
वुधवार भएको निर्वाचनले सात सदस्यीय साचालक समिति चयन गरेपछि विहीवार विहान राष्ट्र बैंकले व्यवस्थापन नयाँ समितिलाई जिम्मा दिएको हो । तिर्थमान शाक्य अध्यक्ष रहेको समितिमा एनबी समुका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ पनि साचालकमा निर्वाचित भएका छन् । एनबी समुहले बंगलादेश बैंकबाट लिएको ऋण तिर्न नसक्दा राष्ट्र बैंकले उसलाई संकटग्रस्त घोषणा गरेको थियो ।
बैंक काण्डपछि विवादमा आएका श्रेष्ठले आफूले लिएको कर्जा खराव नभएको बताए ।
कर्जा खराव थिएन- उनले पत्रकार सम्मेलनमा भने -खराव भएको भए चुक्ता नै हुँदैन थियो ।
चुक्ता हुने कर्जा खराव नहुने उनले बताए । निकै हसिलो मुद्रामा प्रस्तुत भएका श्रेष्ठले आफूले कानुनी परिधिभित्र रहेर कर्जा लिएपनि साचार माध्यमले उछालेरु त्यसलाई खराव कर्जा बनाएको बताए ।
कर्जा लिएको पनि सत्य हो-उनले भने -र तिरेको पनि सत्य हो ।
एनबी समुहले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बेचेर ऋण तिरेको थियो । समुहले २ अर्ब ४५ करोड रुपैयाँ ऋण चुक्ता गरेको हो । बैंक संकटग्रस्त घोषण हुनु अघि त्यसमा समुहको ४५ प्रतिशत सेयर थियो । अहिले बैंकमा समुहको १० प्रतिशत मात्र सेयर छ ।
बैंक संकटग्रस्त घोषणा भएपछि बचतकर्ताले एकैचोटी तीन अर्ब रुपैयाँ निक्षेप झिकेका थिए । एकै समयमा यति धेरै निक्षेप बैंकबाट वाहिरिएको बैंकिङ इतिहासमा यो पहिलो घटना थियो ।
ुतीन बर्षअघि एकैचोटी बाहिरिएको निक्षेप रकम अहिले फिर्ता आइसकेको छु बैंकका महाप्रबन्धक गोविन्दबावु तिवारीले भने । उनले बैंक पुरानो अवस्थामा फर्किन धेरै समय नलाग्ने बताउँदै बैंकले सर्वसाधारणको विश्वास आर्जन गरिसकेको दावी गरे ।
गत बर्ष १ अर्ब ११ करोडको हकप्रद सेयर निष्कास गर्दा १ अर्ब ८ करोडको विक्री भएको थियो-उनले भने -यसबाट पनि पुष्टी हुन्छ बैंकले गुमाएको सर्वसाधारणको विश्वास पुनः प्राप्त गरिसकेको छ ।
बैंकको चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपैयाँ छ ।
बैंकले विहीवारसम्म ९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । यो अवधिमा १० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आयकर र कर्मचारी वोनस समायोजन अगाडि बैंकले ७५ करोड रुपैयाँ मुनाफा कमाएको तिवारीले जानकारी दिए ।
अन्य साचालकमा साधारण सेयरधनीका तर्फबाट इन्द्रवहादुर थापा विष्णुराज अधिकारी र अमृतनाथ रेग्मी निर्वाचित भएका छन् । बंगलादेशको आइएफआइसी र बैंक एसियाको तर्फबाट क्रमशः मोहम्मत लुत्फर रहमान र इरफानउद्धिन अहमद पनि साचालकमा छानिएका छन् ।
साचालक समितिले विहीवार नै बैंकका नायव महाप्रबन्धक तिवारीलाई महाप्रबन्धकमा वढुवा गर्दै प्रमुख कार्यकारीको जिम्मा दिएको छ । व्यवस्थापनको जिम्मा लिएपछि आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष शाक्यले अबदेखि संस्थापक कसैलाई पनि कर्जा नदिने बताए ।
संस्थापकलाई कर्जा र विशेष सुविधा केही पनि दिइने छैन-उनले भने -दिइदै आएको सुविधा पनि कटौति गरेर बैंकलाई पहिलेकै अवस्थामा पुर् याउने छौं ।
व्यवस्थापनको जिम्मा लिएपछि आयोजित पत्रकार सम्मेलनमा बैंकका महाप्रबन्धक तिवारीले अब बैंकलाई नयाँ गति दिने बताए ।
चालु आर्थिक बर्षभित्र खराव कर्जालाई ५ प्रतिशतभन्दा कममा झार्नु प्रमुख उद्देश्य हुनेछ-उनले भने । अहिले बैंकको खराव कर्जा १९ दशमलव २ प्रतिशत छ । उनले आगामी बर्ष सेयरधनीलाई नगद लाभांस दिने पनि बताए ।
तिवारीले बैंकलाई पहिलेकै अवस्थामा पुर् याउन इन्टरनेट बैंकिङ भारतमा समेत डेविटकार्डको भुक्तानी सेयरधनी बचत खाता ८ स्थानमा एटिएम भक्तपुरमा शाखा विस्तार सुनचाँदीको धितोमा कर्जा सुविधा उपलब्ध गराउने बताए । बैंकले रियलस्टेटमा लगानी बन्द गरेकेा बताए ।



कोमेनले चिनी र गहुँको कारोवार थाल्ने

काठमाडौं पुस २९
कमोडिटिज मेटल एक्सचेन्ज कोमेन ले वैशाकबाट कृषि वस्तुको पनि फ्युचर कारोवार गर्ने भएको छ । गहुँ र चिनीको कारोवार गर्न लागेको कोमेनले वढीमा ६ महिनाको कन्ट्राक्टु मार्फत कारोवार सुरु गर्ने भएको हो ।
स्वदेशी कृषि बस्तुको फ्युचर कारोवार गर्ने हामी पहिलो एक्सचेन्ज हौं-कोमेनका प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले वुधवार नागरिकसँग भने ।
कृषि बस्तु कागजमा मात्र खरिद नगरी त्यसलाई मगानउ चाहनेलाई उसले किनेको वस्तु उपलब्धसमेत गराइने उनले जानकारी दिए । यसका लागि कम्पनीले स्थानीय गल्ला तथा मण्डीवालामार्फत वस्तुको खरिद विक्री गर्ने छ ।
भण्डारको वेयरहाउस को जिम्मा गल्ला तथा मण्डीवालालाई दिइने छ-उनले भने -डेरिभेटिभ बजारलाई नियमन गर्ने निकाय आएपछि वेयरहाउसको व्यवस्था गरिने छ ।
विक्री भएको बस्तु ग्राहकसम्म पुर् याउनका लागि छुट्टै संंस्था स्थापना गरिने सत्यालले जानकारी दिए । उनले यसका लागि काम सुरु भइसको बताए । संस्थाले माग भएको वस्तु ग्राहकसम्म पुर् याउने छ । यो कोमेनको मातहतमा रहने उनले बताए ।
ग्राहकसम्म पुर् याउनका लागि वीरगाज र भैरहवालाई केन्द्रका रुपमा विकास गर्न लागिएको कोमेनले जनाएको छ । यसपछि चितवन र काठमाडौंमा केन्द्र राखिने सत्यालले बताए ।
कोमेनले घरमै वसेर कारोवार गर्न सकिने उद्देश्यले नयाँ सफ्टवेयरबाट काम सुरु गरेको छ । ग्राहकलाई युजरआइडी उपलब्ध गराएपछि घरमै बसेर उनीहरुले अन्तर्राष्ट्रिय मुल्य अनुसार विभिन्न वस्तुको कारोवार गर्न सक्ने उनले बताए । सफ्टवेयरको प्रयोगबाट कारोवार बढ्ने छ- उनले भने ।