पर्शुराम कुँवर क्षेत्रीले बैंक अफ एसिया छाड्ने

काठमाडौं, बैंशाख २१
बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बैंक छाड्ने भएका छन्। उनले आगामी जेठ ९ गते सकिन लागेको आफ्नो पदावधि नथप्न सञ्चालक समितिलाई आग्रह गरिसकेको जानकारी दिए।

क्षेत्रीले २७ वर्षदेखि नियमित बैंकिङ सेवामा रहेकाले आराम गर्न बैंक छाड्न लागेको जानकारी दिए। 'धेरै लामो समय बैंकिङ क्षेत्रमा काम गरेँ। अब आराम गर्छु भनेर बैंक छाड्न लागेको हो,' उनले बिहीबार नागरिकसँग भने, 'अन्य कुनै बैंकमा जानका लागि छाडेको होइन।'
क्षेत्रीले स्ट्यान्डर्ड चार्टर्ड (तत्कालिन ग्रिन्डलेज), नेपाल बैंक र सिटिजन्स्मा काम गरिसकेका छन्। चार वर्षे कार्यकालका लागि उनी बैंक अफ एसियामा नियुक्त भएका थिए। क्षेत्री प्रमुख कार्यकारीबाट हटेपछि बैंकका महाप्रबन्धक लक्ष्मण रिसालले कार्यवाहक प्रमुखका रुपमा काम गर्ने छन्।

No comments:

Post a Comment

thanks for comment