नेपालमा १ हजारमा १०७ को बैंक खाता


२५ जनाले मात्र ऋण पाउँछन्
काठमाडौं, बैशाख २४
नेपालमा एक हजारमध्ये १ सय ७ जनाको मात्र बैंक खाता भएको अध्ययनले देखाएको छ। प्रति एक हजारमध्ये २५ जनाले मात्र बैंकबाट ऋण पाउने गरेका छन्।
विश्व बैंकका लागि गावी जि ऋफ्राम र एन्जेलिका साल्भी डेल पेरोले गरेको अध्ययनले नेपालमा बैंकिङ संस्थाको विकास भएपनि सेवा र सुविधा विस्तार भने हुन नसकेको उल्लेख गरेको छ। बैंकिङ संस्था थपिएसँगै अर्थतन्त्रमा लगानी वढेको अध्ययनले देखाएको छ।
नेपालमा भएका २ सय ६० बैंक तथा वित्तीय संस्थामध्ये तीन वटा ठूला वाणिज्य बैंकले मात्र कुल निक्षेप खाताको २५ प्रतिशत हिस्सा ओगटेका छन्। अध्ययन अनुसार, सरकारी स्वामित्वका बैंकहरुसँग बैंकिङ उद्योगको २५ प्रतिशत खाता छ। वाँकी ७५ प्रतिशत खाता २ सय ६० संस्थामा छरिएको छ।
अध्ययनका अनुसार, पछिल्लो आठ वर्षको अवधिमा एटिएम प्रयोगकर्ता भने वढेका छन्। तर, एक लाख जन संख्याको एउटा एटिएममा पहुँच छ। तर २ शाखामा एक लाख जनसंख्याले पहुँच पाएको छ। अध्ययनका अनुसार नेपालमा बैंकिङ पहुँच दक्षिण एसियाकै कमजोर अवस्थामा छ।
बैंकहरुको सम्पति तथा दायित्व वृद्धिमा पछिल्लो वर्षयता केही कमी आएको छ। २००८/०९ मा सम्पति तथा दायित्व ३० प्रतिशतले वढेकोमा त्यसयता जम्मा १० प्रतिशतले मात्र वढेको छ। अध्ययनको निस्कर्षमा पछिल्लो समय रियलस्टेटको लगानी असुरक्षित भएको र तरलता अभाव चर्किएकाले नेपाली बैंकले लगानी विस्तार गर्न नसकेको उल्लेख छ। 'नेपाली नीतिहरुमा तुरुन्त हुने परिवर्तनले बैंकिङ क्षेत्रको  वृद्धिको अनुपातमा निक्षेप संकलन हुन सकेको छैन,' अध्ययनमा भनिएको छ।
अध्ययनका अनुसार, नेपालका व्यवसायिक संस्थाहरुले एकदमै थोरै मात्र वित्तीय सेवा लिने गरेका छन्। लघु, साना, मझौला र ठूलासमेत सवै गरेर ४४.९ प्रतिशत व्यवसायिक संस्थासँग बैंक बचत खाता छ। यसमध्ये ३२.५ प्रतिशत लघु संस्था, ७१.७ साना, ९०.३ मझौला र सवै ठूला संस्थासँग बचत खाता छ। १०.२ प्रतिशत व्यवसायिक संस्थाले ओभरड्राफ्ट सुविधा प्रयोग गर्छन्। यसमध्ये ४.४ लघु, २१.२ साना, ४५.९ मझौला र ७८.५ ठूलाले ओभरड्राफ्ट प्रयोग गर्ने गरेका छन्।
नयाँ व्यवसाय सञ्चालनका लागि १७.५ प्रतिशत फर्मले बैंक ऋण लिने गरेका छन्। नयाँ लगानीका लागि बैंकहरुले १२.४ प्रतिशत पुँजी परिचालन गर्ने गरेका छन्। नयाँ व्यवसाय सञ्चालनका लागि व्यवसायिक फर्मले बैंकसँग लिने ऋणको अनुपात दक्षिण एसियामा नै नेपाल कमजोर छ।
दक्षिण एसियामा २७.२ प्रतिशत व्यवसायिक फर्मले बैंकसँग ऋण लिने गरेका छन्। नयाँ लगानीका लागि बैंकहरुले पुँजी परिचालन गर्ने अनुपात दक्षिण एसियामा १७.४ प्रतिशत छ।
पछिल्लो दुई वर्षलाई आधार मान्दा २३ प्रतिशतले बैंक ऋण माग गरेका छन्। ५७ प्रतिशतले बैंक ऋण आवश्यक नभएको जनाएका छन्। नेपालमा ऋण लिनका लागि ७०.४ प्रतिशत धितो राख्नु पर्छ। यो धितो  व्यक्तिगत सम्पतिका लागि हो। सवैभन्दा कम मसिनरी र उपकरण खरीदमा राखे पुग्छ। १०.६ प्रतिशत धितो राख्दा ऋण पाइन्छ।
अध्ययनले नेपालमा वित्तीय क्षेत्रको पहुँच वढाउन राष्ट्र बैंकले काम गरिरहेको भएपनि अपर्याप्त भएको जनाएको छ। वित्तीय पहुँच वढाउन राष्ट्र बैंकले सुपरिवेक्षकीय र नियमनकारी भूमिका वढाउन आवश्यक भएको अध्ययनमा उल्लेख छ।

No comments:

Post a Comment

thanks for comment