घरजग्गा ऋण समस्यामा


काठमाडौं, जेठ ७
घरजग्गा कारोवारमा मन्दी आएर मूल्य घट्न थालेपछि बैंक ऋण समस्यामा पर्न थालेको छ। राष्ट्र बैंक नीतिपछि घरजग्गा कारोबार सुस्ताएर व्यवसायीले ऋण तिर्न नसकेपछि बैंकहरु समस्यामा परेका हुन्।
घरजग्गाका ऋणीले बैंक कर्जा तिर्न छाडेपछि बैंकको खराव कर्जासँगै नोक्सानी व्यवस्था वापतको रकमसमेत वढेको छ। एक वर्षमा नै नोक्सानी व्यवस्था ६६ प्रतिशतले वढेको छ।

'अहिले घरजग्गाको कारोवार नै घटेकाले बैंकको किस्ता र व्याज तिर्न समस्या भएको छ,' बैंकर्स संघका अध्यक्ष अशोक राणाले नागरिकसँग भने, 'अहिले व्याज र किस्ता आउन छाडेकाले नोक्सानी व्यवस्थाको रकम बढेको हो।'
नोक्सानी व्यवस्थाको रकम वढ्दा बैंकहरुको नाफासमेत १६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चैतसम्म ३ सय ९३ करोड रुपैयाँ रहेको नोक्सानी व्यवस्थाको रकम यो वर्षको चैतसम्म आउँदा ६ सय ४५ करोडले वढेको छ। ३२ वाणिज्य बैंकमध्ये २३ को नोक्सानी व्यवस्था वढेको छ। यसले २१ बैंकको नाफा घटाएको छ भने २ वटा घाटामा गएका छन्।
बैंकिङ क्षेत्रका लागि प्रतिकुल अवस्था भएपनि नेपला बंगलादेश बैंक, लुम्बिनी बैंक, कृषि विकास, ग्रान्ड, बैंक अफ काठमाण्डू, एभरेस्ट, ग्लोबल, मेगा र माछापुच्छे्र बैंकले नोक्सानी व्यवस्थाको रकम घटाएका छन्।
राष्ट्र बैंकको नीति अनुसार, बैंकहरुले दिएको ऋणको ब्याज तथा किस्ता तीन महिनासम्म नउठे प्रवाह भएको कर्जाको २५ प्रतिशत, ६ महिनासम्म नउठे  ५० प्रतिशत र एक वर्ष नउठे सत् प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्ने हुन्छ। ऋण उठ्न छाडेपछि बैंकहरुको नोक्सानी व्यवस्था वढ्छ।
सबैभन्दा वढी नोक्सनी व्यवस्था सेन्चुरी कमर्सियल बेंकको वढेको छ। बैंकको नोक्सानी व्यवस्था ६ हजार ३ सय ६६ प्रतिशतले वढेर ३ करोड ८८ लाख पुगेको छ। किस्टको १ हजार ३ सय ३७ प्रतिशतले वढेर ६१ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो बर्ष शुन्य रहेको लुम्बिनीको  नोक्सानी व्यवस्थाको रकम ४ करोड १४ लाख रुपैयाँ पुगेको छ। एनएमबी बैंकको ९ सय ८ प्रतिशतले व ढेर १७ करोड पुगेको छ।
सिद्धार्थ बैंकको ८ सय ७२ प्रतिशतले वढेर १६ करोड, नेपाल बैंकको ७ सय ६६ प्रतिशतले वढेर १३ करोड ७८ लाख, नेपाल इन्भेस्टमेन्टको ६ सय १० प्रतिशतले वढेर ६१ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, प्राइम बैंकको क्रमशः ३ सय ८८ प्रतिशत, २ सय ९० प्रतिशत र २ सय ८५ प्रतिशतले वढेको छ। राष्ट्रिय वाणिज्यको ५८ करोड, कुमारीको २६ करोड ६६ लाख र प्राइमको १५ करोड ५४ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको रकम वढेको छ।
नोक्सानी व्यवस्थाको रकम वढ्नेमा लक्ष्मी बैंक, नबिल बैंक, सिटिजन्स् बैंक, एनआइसी बैंक र सानिमा बैंकसमेत छन्। लक्ष्मीको २०१ प्रतिशतले वढेर ५ करोड, नबिलको १८८ प्रतिशतले वढेर ५१ करोड ६५ लाख, सिटिजन्सका् १७८ प्रतिशतले वढेर १५ करोड, एनआइसीको  १६५ प्रतिशतले वढेर ९ करोड र सानिमाको १२० प्रतिशतले वढेर ४ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
विदेशी लगानीका बैंकहरु स्ट्यान्डर्ड चार्टर्डको ११३ प्रतिशत र नेपाल एसविआइको ३९ प्रतिशतले वढेर क्रमशः १४ करोड ४४ लाख र ६ करोड रुपैयाँ पुगेको छ। एभरेस्टको भने घटेको छ।



No comments:

Post a Comment

thanks for comment