एक बर्ष पैसा राख्दा पाँच प्रतिशत ब्याज

काठमाडौं, कात्तिक २०
बाणिज्य बैंकहरुमा निक्षेप खाताको ब्याज घटाउन प्रतिस्पर्धा नै चल्न थालेको छ। लगानी योग्य पुँजी (तरलता) अत्याधिक बढ्न थालेपछि बैंकहरुले पुँजी लागत कम गर्न निक्षेपको ब्याज घटाउने विकल्प रोजेका हुन्।
बैंकहरुको एक बर्षे मुद्दति निक्षेपको औषत ब्याज दर ५ प्रतिशतमा झरिसकेको छ भने बचत खाताको ब्याज ४ प्रतिशतको हाराहारीमा मात्र छ। पुराना र ठूला बाणिज्य बैंकहरुको ब्याज दर औषतभन्दा अझ कम छ। नयाँ र साना बैंकहरुले मात्र केही बढी ब्याज दिएका छन्। साना बैंकहरु पनि साप्ताहिक रुपमै ब्याज घटाइरहेका छन्।
'तरलता बढ्ने तर लगानी नहुने भएपछि बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्,' एक बैंकरले बुधबार नागरिकसँग भने। नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललगायतका ठूला बैंकको ब्याज पाँच प्रतिशतको हाराहारीमा छ। 
हिमालयन बैंकले सार्वजनिक गरेको पछिल्लो ब्याज दर तालिका अनुसार सर्वसाधारणले एक बर्Èे मुद्दति खातामा ५ प्रतिशत ब्याज तोकिएको छ। संस्थागत निÔेपकर्ताको ब्याज ४.५ प्रतिशत मात्र छ। बचत खाताको ब्याज २.५ प्रतिशतदेखि चार प्रतिशतसम्म मात्र छ। 

नबिल बैंकले सर्वसाधारणलाई ५.५ प्रतिशत ब्याज दिएको छ। ठूला निÔेपकर्तालाई ५ प्रतिशत बार्षिक ब्याज तोकिएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले साढे चार प्रतिशतदेखि पा“च प्रतिशतसम्म मात्र ब्याज दिने सार्वजनिक गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सबैभन्दा कम साढे तीन प्रतिशत मात्र ब्याज दिने जनाएको छ। 
एभरेष्ट बैंकले साढे पा“च प्रतिशत ब्याज दिने जनाएको छ भने बचत खाताको ब्याज अधिकतम ४ प्रतिशत मात्र तोकेको छ। ब्याज दर निकै तल आउ“दा बैंकिङ प्रणालीबाट निÔेप बाहिरिने खतरा बढ्छ। वाहिरिएको निÔेप उपभोगमा प्रयोग भएर मूल्य बृद्धि हुने तथा पु“जी पलायन हुने खतरा पनि बढ्छ। 
निÔेप बढ्ने तर ऋणको माग नहुने भएपछि लागत बढेर आम्दानीमा असर पर्न थालेकाले बैंकले ब्याज घटाएका हुन्। कम ब्याजका कारण निक्षेपकर्ताहरु आफै बचत गर्न तत्पर नहुने भएकाले बैंकको लागत कम हुन्छ। तर यसले अर्थतन्त्रलाई भने असर पार्दछ। बैंकहरुस“ग ६० अर्ब रुपैया“ बढी तरलता योग्य पुँजी छ। 
सरकारले पनि खर्च बढाउन नसकेका कारण निजी क्षेत्रले पनि लगानी विस्तार गर्न तत्परता देखाएको छैन, जसले गर्दा लगानी योग्य पुँजी बैंकमा थुप्रिएको हो। भदौमा सरकारी खर्च २९.४ प्रतिशतले घटेको थियो। 
निर्वाचनका कारण निजी Ôेत्रले पु“जी लगानी गरेर जोखिम उठाउन चाहिरहेका छैनन्। बैंकरका अनुसार निर्वाचनपछि लगानी वातावरणमा सुधार आए बैंकको ऋण बढ्ने छ। …ऋणको माग बढ्न थालेपछि बढी भएको तरलता व्यवस्थापन भएर ब्याज दरमा अपेÔित सुधार आउने छ,' ती बैंकरले भने, …
राष्ट्र बैंकले अधिक तरलतालाई व्यवस्थापन गर्न ५ पटक मौद्रिक औजार प्रयोग गरेर आफैतिर तरलता तान्ने प्रयास गरिसकेको छ। तरलता बढ्दा मूल्य बृद्धी हुने तथा पु“जी पलायन बढ्ने सम्भावना हुन्छ। राष्ट्र बैंकले छोटो अवधिको मौद्रिक औजार प्रयोग गरेकाले बजारबाट पर्याप्त तरलता प्रशोचन हुन सकेको छैन। 

No comments:

Post a Comment

thanks for comment