डुइङ विजिनेस २०१४ प्रतिवेदन सार्वजनिक, नेपालको व्यवसायिक वातावरमा सामान्य सुधार

काठमाडौं,  कात्तिक १२
नेपालमा व्यवसाय गर्ने वातावरणमा क्रमशः सुधार हुँदै गएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सन्सारभरका १८९ वटा देशमध्ये नेपाल सहज हिसावले व्यापार व्यवसाय गर्न सहज देशको सुचीमा १०५ नम्बरमा समेटिएको छ। 
एक बर्षअघि नेपालको स्थान १०८ मा थियो। व्यवसाय सहज हिसावले सुरु गर्ने सुचिमा भने नेपाल ९७ नम्बरमै परेको छ। अघिल्लो बर्ष यो सुचीमा नेपाल १०३ नम्बरमा परेको थियो। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालमा सहज रुपमा व्यवसाय गर्नका लागि प्रशासनिक सुधार हुँदै गएको छ। नेपालले व्यवसाय सुरु गर्ने प्रकृयाहरुमा प्रशासनिक सुधार गर्दै लगेको प्रतिवेदनमा उल्लेख छ। 
सरकारका मूख्य सचिव लिलामणि पौडेलले मंगलबार 'डुइङ विजिनेस नेपाल २०१४' प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले लोडसेडिङका कारणले मूख्य गरी नेपालमा व्यवसायिक वातावतरण आशातित रुपमा सुधार हुन नसकेको जानकारी दिए। 'बैंकिङ व्यवसायमा बार्षिक नाफा ४० प्रतिशतले बढिरहेको छ,' उनले भने, 'त्यस बाहेकमा बृद्धि दर देखिँदैन, यसको मूख्य कारणमा लोडसेडिङ पर्छ। हामी उद्योगधन्दालाई नियमित विद्युत आपुर्ति गर्न पहल गरिरहेका छौं।'

अघिल्लो बर्ष १८५ वटा देशमा गरिएको अध्ययनमा नेपाल सहज हिसावले व्यवसाय सञ्चालन गर्ने मुलुकको सुचीमा १०८ नम्मबरमा परेको थियो। प्रतिवेदन अनुसार नेपालमा कुनै व्यवासय सुरु गर्नु पूर्व ७ वटा प्रकृया पुरा गर्नु पर्छ, जसका लागि १७ दिन समय लाग्छ। 
विद्युत प्राप्त गर्नका लागि पाँच वटा प्रकृया पुरा गर्नु पर्छ जसका लागि ७० दिन समय लाग्छ। अघिल्लो बर्ष यो सुचीमा नेपाल ९९औं नम्बरमा थियो, यसापाली ९८औंमा उक्लिएको छ। सरकारले विद्युत खरिद गरेर उद्योग व्यवसायमा आपुर्ति गरेका कारण यसमा सामान्य सुधार आएको हो। यद्यपी उपभोक्ताले पाउने विद्युत आपुर्ति भने खस्किरहेको छ।
सार्क मुलुकमा सबैभन्दा सजिलो गरी व्यवसाय सञ्चालन गर्न सकिने मुलुकको सुचीमा श्रीलंका परेको छ। श्रीलंका सुचीको ८५औं नम्बरमा परेको छ। यसपछि माल्दिभ्स ९५औं, नेपाल १०५औं, पाकिस्तान ११०औं, बंगलादेश १३०औं, भारत १३४औं, भुटान १४१औं र अफगानिस्तान १६४औं नम्बरमा छ। छिमेकी चिन नेपालभन्दा नौं स्थान माथि  अर्थात सुचीको ९६औं स्थानमा रहेको छ।  
व्यवसाय सहज हिसावले गर्न सकिने मुलुकको सुचिमा पहिलो नम्बरमा पोहोरजस्तै यसपाली पनि सिङगापुर छ। दोस्रोमा हङकङ, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अमेरिका र पाँचौमा डेनमार्क रहेको छ। यसैगरी मलेसिया छैटौं, कोरिया सातौं, वेलायत दशौं, अस्ट्रेलिया ११औं, थाइल्यान्ड १८औं, युएइ २३औं, स्वीटजरल्यान्ड २९औं, कतार ४८औं नम्बरमा छ। अन्तिम सुचीमा चाड् छ। त्यसपछि अन्तिमको सुचीमा क्रमशः सेन्ट्रल अफ्रिका रिपब्लिक, लिविया, दक्षिण सुडान, कङगोलगायतका मुलुक छन्।
प्रति व्यक्ति आम्दानी सात सय अमेरिकी डलर रहेको नेपाल करको मामलामा १२६औं स्थानमा छ। नेपाल सजिलै ऋण पाउने सुचीमा ५५औं नम्बरमा पर्छ भने लगानीकर्ताको सुरक्षा गर्ने सुचिमा ८०औं नम्बरमा पर्छ। सम्पति दर्ताको सुचीमा २४ नम्बरमा परेको नेपाल अन्य देशसँग व्यापार गर्ने सुचीमा १७७औं नम्बरमा पर्छ। 
प्रतिवेदन सार्वजनिक कार्यक्रममा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले नेपालले आन्तरिक प्रकृयालाई पहिलेभन्दा निकै सुधार गरेको बताउँदै अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने बताए। उनले सामान्य पुँजीमा पनि नेपालमा व्यवसाय गर्न सकिने भन्दै अनलाइन दर्ता प्रकृयालाई अनिवार्य गरिएको जानकारी दिए।
दातृ निकायहरुको सहयोगका कारण व्यवसायिक वातावरण बनाउन सहज भएको भन्दै ज्ञवालीले आगामी दिनमा वित्तीय सहयोगका साथै अन्य प्राविधिक तथा व्यवसायिक सहयोग निरन्तर चाहिने बताए। कार्यक्रममा कम्पनी रजिस्ट्रार शङकर अर्यालले अनलाइन माध्यमबाट दर्ता सुरु गरिएपछि धेरै प्रकृयाहरुमा सहज भएको बताए। आइएफसिका आवासिय प्रतिनिधि भाल एस भगतसिङ र नेपाल इन्भेष्टमेन्ट क्लाइमेट रिफर्म प्रोग्रामका  व्यवस्थापक फ्रेड जेकले व्यवसायिक वातावरण सुधारमा नेपालले धेरै गर्न बाँकी रहेको बताए।

No comments:

Post a Comment

thanks for comment