५२ कम्पनीले घोषणा गरे लाभांस

काठमाडौं, असोज १९
आठ बाणिज्य बैंकसहित ५२ वटा कम्पनीले गत बर्षको नाफाबाट लाभांस घोषणा गरेका छन्। गत बर्षको नाफाबाट ४० वटा वित्तीय संस्था, दुई जलविद्युत कम्पनी, दुई बिमा कम्पनीलगायतले लाभांस घोषणा गरेका हुन्।
बाणिज्य बैंकहरुमा सबैभन्दा पहिले नेपाल एसबिआइ बैंकले लाभांस घोषणा गरेका हो। नेपाल एसबिआइ बाहेक सिटिजन्स् बैंक इन्टरनेशनल, सानिमा, बैंक अफ काठमाण्डू (बिओके), नबिल, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल र एभरेष्ट बैंकले लाभांस घोषणा गरेका हुन्। 
उत्पादनमूलक क्षेत्रमा युनिलिभर नेपालले सबैभन्दा पहिले र सबैभन्दा धेरै लाभांस घोषणा गरेको छ। युनिलिभरले सात सय ६० प्रतिशत नगद लाभांस घोषणा गरेको हो। अघिल्लो बर्ष पनि बढी लाभांस घोषणा गर्नेमा युनिलिभर नै थियो। युनिलिभरपछि बढी लाभांस घोषणा गर्नेमा नबिल बैंक, एभरेष्ट बैंक, नेरुडे लघुवित्त विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल छन्। यि संस्थाले ५० प्रतिशत माथि लाभांस घोषणा गरेका छन्।
सहयोगी विकास बैंक, नमस्ते वित्तीय संस्था, चिलिमे जलविद्युत ३० देखि ४० प्रतिशतको बीचमा लाभांस घोषणा गर्ने कम्पनी भित्र परेका छन्। २० देखि ३० प्रतिशतको बीचमा साइन रेसुङगा डेभलपमेन्ट बैंक, नेपाल एसबिआइ बैंक, ओम फाइनान्स, श्री इन्भेष्टमेन्ट, कामना विकास बैंक, फेवा फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी), राइजिङ डेभलपमेन्ट, एनएलजी इन्स्योरेन्स कम्पनी, सिटी डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट, गरिमा विकास, सेती फाइनान्स, सम्मिट माइक्रो फाइनान्स, विराटलक्ष्मी र मुक्तिनाथ विकास बैंकले लाभांस घोषणा गरेका छन्।

१० देखि २० प्रतिशतको बीचमा कैलास विकास बैंक, त्रिवेणी विकास बैंक, विश्व विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक, रिलायवल फाइनान्स, आइसिएफसी फाइनान्स, अरुण भ्याली जलविद्युत विकास कम्पनी, नबिल इन्भेष्टमेन्ट, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, एभरेष्ट फाइनान्स, फर्स्ट माइक्रो फाइनान्स, बैंक अफ काठमाण्डू, गण्डकी विकास, हाम्रो विकास, कास्की फाइनान्स, महालक्ष्मी फाइनान्स, युनाइटेड फाइनान्स, तिनाउ डेभलपमेन्ट, युनिक फाइनान्स, सानिमा बैंक, सिभिल क्यापिटल र नेपाल एक्सप्रेस फाइनान्स छन्। 
१० प्रतिशतभन्दा तल लाभांस नेपाल आवास फाइनान्स, झिमरुक विकास बैंक, वाग्मति डेभलपमेन्ट बैंक, एनएमबी क्यापिटल र गौमूखि विकास बैंक छन्। गत बर्षको नाफाबाट १२ वटा कम्पनीले नगद लाभांस मात्र घोषणा गरेका छन् भने आठ वटाले वोनस सेयर मात्र घोषणा गरेका छन्। बाँकी कम्पनीले वोनस सेयर र नगद लाभांस मिसाएर घोषणा गरेका छन्। 
लाभांस घोषणा गरेका डेढ दर्जन संस्थाको बार्षिक साधारणसभा दसैंअघि नै हुँदैछ। केही संस्थाले साधारणसभा गरेर लाभांस वितरणसमेत गरिसकेका छन्। युनिलिभर, अरुण भ्याली, युनाइटेड फाइनान्सलगायतको साधारणसभा सकिसकेको छ। पोहोर चाँडै लाभांस घोषणा गरेर साधारणसभा डाकिसकेका केही बाणिज्य बैंकले भने अझै पनि गत बर्षको नाफाबाट लाभांस घोषणा गरेका छैनन्। केही बैंकहरु तिहारअघि साधारणसभा सक्ने पक्षमा छन् भने अधिकांसको साधारणसभा तिहारपछि हुने छ। 
प्राइम कमर्सियल र बैंक अफ काठमाण्डू बाहेक लाभांस घोषणा गरेका ६ वटै बैंकको साधारणसभा यसै साता हुँदैछ। बार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस अनुमोदन गरेपछि लगानीकर्ताले पाउँछन्। वित्तीय संस्थाहरुले पनि बार्षिक सधारणसभा दसैंअघि नै गर्दैछन्। 

No comments:

Post a Comment

thanks for comment