तीन अर्बको विकास ऋणपत्र आउँदै, पहिलो पटक ब्याज दर बजारलाई छाडिँदै

काठमाडौं, कात्तिक २४
नेपाल राष्ट्र बैंकले पहिलो पटक बजारलाई ब्याज दर निर्धारण गर्न खुला गर्दै तीन अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारको तर्फबाट  जारी गर्न लागिएको पाँच बर्षे ऋणपत्रको ब्याज दर वोलकवोल माध्यमबाट बजारले निर्धारण गर्ने छ।
यसअघि राष्ट्र बैंकले नै निश्चित प्रतिशत ब्याज दर तोकेर विकास ऋण पत्र जारि गर्थियो। पछिल्लो चोटी जारी गरिएको विकास ऋणपत्रको ब्याज दर राष्ट्र बैंकले नौं प्रतिशत तोकेको थियो। संगठित संस्था तथा सर्वसाधारणले यो ऋणपत्र खरिद गर्न चाहेमा अपेक्षित ब्याज दर आफैले तोक्नु पर्छ। राष्ट्र बैंकले न्युनतम ब्याज दर तोकेर आवेदन दिनेलाई प्राथमिकतामा राखेर ऋणपत्र विक्री गर्दछ।
'कात्तिक २८ गतेबाट जारी हुने ऋणपत्रको विशेषता खुला ब्याज दर हो,' राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले आइतबार नागरिकसँग भने, 'यसबाट ब्याज दर प्रतिस्पर्धि भएर सरकारलाई फाइदा पुग्छ।'
सरकारले चालु आर्थिक बर्ष ४४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमध्ये तीन अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागिएको हो। राष्ट्र बैंकले तीन अर्बको ऋणपत्रमध्ये ७० प्रतिशत प्रतिस्पर्धि र बाँकी ३० प्रतिशत अप्रतिस्पर्धिमा राखेको छ। 

प्रतिस्पर्धिमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई अनिवार्य गरिएको छ। सञ्चय कोष, बिमा कम्पनीहरु, गुठी संस्थान तथा अन्य संगठित संस्थाहरु र सर्वसाधारणले प्रतिस्पर्धि र अप्रतिस्पर्धि दुबैमा सहभागिता जनाउन पाउने छन्। प्रतिस्पर्धिका लागि छुट्याइएको दुई अर्ब १० करोड रुपैयाँको ऋणपत्रको ब्याज दर वोलकवोलबाट निर्धारण हुने छ। दुई अर्ब १० करोडको ऋणपत्र विक्री गर्दा कायम भएको अन्तिम ब्याज दरमा अप्रतिस्पर्धिहरुले ऋणपत्र पाउने छन्।
विगतमा ब्याज दर निश्चित प्रतिशत तोकिए पनि कसलाई प्राथमिकता दिने भनेर मूल्यमा प्रतिस्पर्धा गराउन लगाइन्थियो। यसरी मूल्यमा प्रतिस्पर्धा गर्न लगाउँदा बैंक तथा वित्तीय संस्था र संगठित संस्थाहरुले दुईदेखि पाँच प्रतिशतको ब्याज दर तोक्ने गर्थिए। औषत ब्याज दर करिव चार प्रतिशको हाराहारी मात्र हुने गर्थियो। …बजारले आफ्नो तरलता (लगानी योग्य पुँजी) का आधारमा ब्याज दरमा प्रतिस्पर्धा गरोस् भन्ने उद्देश्यले यसपाली ब्याज दर खुला गरिएको हो,' थापाले भने, …यसबाट बजार आफै पनि प्रतिस्पर्धि हुन्छ र कम ब्याज दर कायम भएमा सरकारले पनि सस्तोमै ऋण पाउँछ।'
राष्ट्रिय बचत पत्र २०७५ मंसिर २ गते परिपक्क हुन्छ। परिपक्क भएपछि लगानीकर्ताले आफ्नो साँवा रकम पाउँछन्। ऋणपत्र खरिद गरेपछि पाक्ने ब्याज भने अर्द्धबार्षिक रुपमा प्राप्त गर्न सकिन्छ। ऋणपत्र किन्नका लागि कम्तिमा ५० हजार रुपैयाँ बराबरको आवेदन दिनु पर्छ। यो ऋणपत्र धितो राखेर पनि ऋण लिन पाइने छ भने स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुने भएकाले त्यहाँ कारोबार पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यसपछि राष्ट्रिय बचत पत्र र वैदेशिक बचत पत्र जारी गर्ने तयारी गरेको छ। बर्षभरीमा तीन अर्बको राष्ट्रिय बचत पत्र जारी गरिने छ। पहिलो चरणमा एक अर्बको बचतपत्र जारी गर्ने राष्ट्र बैंकको तयारी छ। 
पटक पटक गरेर बर्षभरीमा एक अर्बको वैदेशिक रोजगारी बचत पत्र जारी गर्ने तयारीमा राष्ट्र बैंक छ। पहिलो चरणमा २५ करोड रुपैयाँको वैदेशिक रोजागारी बचतपत्र जारी गरिने छ। …विकास ऋणपत्रमा कायम भएको ब्याज दरलाई विश्लेषण गरेर बचत र वैदेशिक रोजगार बचत पत्रको ब्याज निर्धारण गर्ने योजना छ,' थापाले भने। 

No comments:

Post a Comment

thanks for comment