नेपाल बैंकको सेयरमा तीन गुणा वढी आवेदन

काठमाडौं, असोज १३
नेपाल बैंक लिमिटेडले मूल्य बडाबढमा विक्रीमा राखेको हकप्रद सेयरमा तीन गुणा बढी आवेदन परेको छ। एक सय रुपैयाँ अंकित दरका सेयरमा प्रति कित्ता १८० रुपैयाँ सम्मका दरले आवेदनसमेत परेको छ।
बैंकले आफ्ना लगानीकर्तालाई जारी गरेको हकप्रद सेयर विक्री नभएपछि त्यो सेयर मूल्य बडाबढमार्फत सर्वसाधारणलाई खरिदका लागि आह्वान गरेको थियो। बैंकले सार्वजनिक आह्वानमा विक्री नभएको २४ लाख ९० हजार ८ सय ४ कित्ता हकप्रद सेयर वोलकवोलमार्फत विक्री गर्न छुट्याएको थियो। बैंकले चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुर्‍याउन गत जेठ ९ गते हकप्रद सेयर जारी गरेको थियो।
आफ्ना लगानीकर्तालाई असार २७ गतेसम्म विक्री खुला राखिएको सेयरमध्ये केहीका लागि आवेदन परेको थिएन। बैंकले प्रति एक बराबर ९.५१ को अनुपातमा हकप्रद सेयर जारी गरेको थियो। बैंकले प्रति कित्ता न्युनतम एक सय रुपैयाँ कायम गरी सेयर खरिद गर्न आवेदन दिन सकिने ब्यवस्था गरेको थियो। 
बैंक स्रोतका अनुसार, साढे तीन सय कित्ता सेयरका लागि एक सय ८० रुपैयाँका दरले आवेदन परेको छ। 'करिव तीन गुणा आवेदन परेको छ,' बैंक स्रोतले भन्यो, 'अब वाँडफाँडपछि बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्ने छ।'

बैंकले सेयर प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा भएको व्यवस्था अनुसार अयोग्य नभएका सर्वसाधारण व्यक्ति, फर्म, कम्पनी वा संस्थाले किन्न नपाउने व्यवस्था गरेको थियो। बैंकले सार्वजनीक सूचना प्रकाशितगरि शिलबन्दी प्रकृयाद्धारा शेयर लिलामी गरेको हो।
बैंकले सेयर खरिद गर्न चाहनेहरुलाई असोज ८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाएको थियो। बैंकको निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड संकलित आवेदनलाई अद्यावधिक गरिरहेको छ। 'पूर्ण विवरण एक/दुई दिनमै आउँछ,' बैंक स्रोतले भन्यो, 'अद्यावधिकपछि उच्च मूल्य हाल्नेलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिने छ।'
बैंकले सेयर बाँडफाँड गर्दा सबैभन्दा बढी मुल्य प्रस्ताव गरी आवेदन दिने आवेदकलाई प्राथमिकता दिने छ। यसबाट पनि सेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबोल गर्नेलाई दिइने छ। बोलकबोलमा सेयर बिक्री गर्दै जाँदा एउटै मुल्यमा दुई वा दुई भन्दा बढी आवेदनहरु परेमा समानुपातिक रुपमा बाँडफाँड गरिने छ। 
बैंकको अहिले चुक्ता पूँजी ३ अर्ब ७१ करोड ६४ लाख ४३ हजार २ सय रुपैयाँ रहेको छ। बैकमा सरकारको ३८.६० प्रतिशत र सर्बसाधारण, संगठित संस्था तथा कर्मचारहरुको समेतगरि ६१.४० प्रतिशत हिस्सा रहेको छ। ७६ बर्ष पुरानो बैंकको देशभर १ सय १६ वटा शाखा छन्। बैंकको ग्राहक संख्या दश लाख छन्। 
७६ वर्ष पुरानो बैंकको वित्तीय अवस्था खराव भएपछि विश्व बैंकको ऋण लिएर सुधार प्रकृया थालिएको थियो। सरकार र सर्वासाधारणले पुँजी लगानी गरेपछि बैंकको अवस्था सुधि्रने छ। 
सुधार प्रकृया सकेर विदेशी समूह फर्किएपछि अहिले बैंकको व्यवस्थान राष्ट्र बैंकले हेरिरहेको छ। राष्ट्र बैंकले आगामी पुससम्म व्यवस्थापन हेर्ने गरि चैतमा करार नवीकरण गरेको छ। पुँजी वृद्धिसँगै गैरबैंकिङ सम्पति विक्री गरेपछि राष्ट्र बैंकले व्यवस्थापन छाड्ने योजना बनाएको छ। 
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने  तयारी गरेको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ।  

No comments:

Post a Comment

thanks for comment