काठमाडौं फागुन १६
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुलाई पुँजी वढाएर दीर्घकालिन लगानी गर्न आग्रह गरेका छन् । उनले पुँजी संरचना वलियो नवनाइ ठूला र समय लाग्ने खालका आयोजनामा लगानी गर्न अप्ठेरो पर्ने बताए ।

'अल्पकालिन मात्र लगानी गरेर हुँदैन अब । दीर्घकालिन लगानी गर्ने बेला
भइसक्यो,' स्तरोन्नतिपछि वाणिज्य बैंक भएको सानिमा बैंकको औपचारिक उद्घाटन
गर्दै गभर्नरले मंगलबार भने, 'संस्थापक आफैले लगाएर हुन्छ वा दीर्घकालिन
प्रकृतिको निक्षेप र ऋणपत्र जारी गरेर भएपनि लगानी वढाउनु पर्छ ।'
उनले नाफाबाट नगद लाभांसको साटो वोनस सेयर जारी गरेर भएपनि पुँजी वलियो बनाउनु पर्ने बताए । गभर्नरले पुँजी वढेर संस्था वलियो भए भोलीका दिनमा उच्च प्रतिफल आउनले दावी गरे ।
उनले उत्पादनमूलक क्षेत्र कमजोर भएका कारण आयातमा निर्भर हुनु परेको भन्दै यसतर्फ लगानी वढाउन आग्रह गरे । उनले कुल निर्यातले आयातलाई १७ प्रतिशतले मात्र खाम्ने गरेको भन्दै देशभित्रै उत्पादन वढे आयातमा कमी आउने बताए ।
'आयातलाई रेमिट्यान्स पेन्सन र पर्यटन आयले धानिरहेका छौं,' गभर्नरले भन, 'उत्पादनमूलक क्षेत्रमा लगानी वढाएर यो कम गर्नु पर्छ ।' गभर्नरले व्यवसायिक बैंकिङलाई निरन्तरता दिँदै सामाजिक बैंकिङ समेत गर्न बैंकहरुलाई आग्रह गरे । उनले ग्रामिण भेगमा किसानका लागि केही जोखिम उठाएर भएपनि सामाजिक बैंकिङ सेवा दिनु पर्ने बताए ।