बर्षभरीको मूल्य बृद्धि ९.९ प्रतिशत

काठमाडौं, साउन ३१
मूल्य बृद्धि सरकारी लक्ष्यभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको गत बर्षको देशको आर्थिक विवरण अनुसार, मूल्य बृद्धि ९.९ प्रतिशत रहेको पुगेको हो। राष्ट्र बैंकले मूल्य बृद्धि साढे नौं प्रतिशतमा राख्ने प्रक्षेपण गरेको थियो।
सबैभन्दा बढी मूल्य बृद्धि तराईमा बढेको छ। तराईको मूल्य बृद्धि १०.२ प्रतिशत छ। काठमाडौं उपत्यकाको मूल्य बृद्धि ९.७ प्रतिशत छ भने पहाडमा ९.५ प्रतिशत मूल्य बृद्धि भएको छ। अघिल्लो बर्ष तराईमा ८.१, काठमाडौंमा ७.४ र पहाडमा ९.७ प्रतिशतले मूल्य बृद्धि भएको थियो।
एक बर्षमा निर्यात ३.६ प्रशितले बढेको छ भने आयात २०.६ पतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार बर्षभरीमा निर्यात ७६ अर्ब ९२ करोड रुपैयाँ भएको छ, जबकी आयात भने ५ सय ५६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष आयात चार सय ६१ अर्ब ६७ करोड रुपैयाँको भएको थियो। 
कुल बस्तु निर्यातमध्ये भारततर्फको २.८ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको ५.२ प्रतिशतले बढेको छ। आयात पनि भारततर्फको २२.६ प्रतिशत र अन्य मुलुकतर्फको १६.९ प्रतिशतले बढेको छ। सबैभन्दा वढी बस्तु निर्यात जिआइ पाइप, जिङ्क सिट, जुटको बोरा, पोलिस्टारको धागो, अदुवा भएको छ। आयात भने पेट्रोलियम पदार्थ, यातायातको साधन तथा पार्टपुर्जा, सिमेन्ट, चामल, रासायनिक मल भएको छ।
निर्यातको तुलनामा आयात ब्यापक बढेपछि ब्यापार घाटा थप फराकिलो भएको छ। बस्तु व्यापार घाटा २३.९ प्रतिशतले बढेर ४ सय ७९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। कुल ब्यापार घाटामध्ये भारततर्फको  २६.५ प्रतिशत र अन्य मुलुकतर्फको १९ प्रतिशतले बढेको छ। 

एक बर्षमा शोधनान्तर बचत ६८ अर्ब ९४ करोडमा रहेको छ। अघिल्लो बर्ष यस्तो बचत एक सय ३१ अर्ब ६३ करोड रुपैयाँ थियो। चालु खाता ५७ अर्ब ६ करोड बचतमा छ। एक बर्षमा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिटेन्स् २०.९ प्रतिशतले बढेको छ। एक बर्षमा कुल चार सय ३४ अर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। देशको कुल विदेशी विनिमय सञ्चिति ५ सय ३३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष यस्तो सञ्चिति ४ सय ३९ अर्ब ४६ करोड रुपैयाँ  थियो।
सरकारले गत बर्ष तीन सय ४७ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ। सरकारले पुँजीगत खर्च ३.८ प्रतिशतले बढेर ४७ अर्ब १५ करोड रुपैयाँ पुगेकेा छ। गत बर्ष वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप १७.४ प्रतिशतले बढेको छ। एक बर्षमा निक्षेप एक सय ७६ अर्ब २७ करोडले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १८.६ प्रतिशतले बढेको छ। एक बर्षमा बैंक तथा वित्तीय संस्थाले एक सय ८० अर्ब २० करोड रुपैयाँ कर्जा विस्तार गरेका छन्। 
राष्ट्र बैंकले मर्जरको नीति लिएपछि बैंक तथा वित्तीय संस्थाहरुको संख्या पनि घटेको  छ। २ सय ६६ वटा संस्थाहरु रहेकोमा एक बर्षमा १२ वटा संस्था घटेका छन्। वाणिज्य बैंकको संख्या ३२ बाट एउटा घटेको छ भने विकास बैंकको दुई वटा घटेर ८६ मा झरेको छ। वित्त कम्पनीको ७० बाट घटेर ५९ मा आएको। लघुवित्त विकास बैंकहरुको संख्या भनेे २४ बाट बढेर ३१ पुगेको छ। 

No comments:

Post a Comment

thanks for comment