एनबी बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङगाना भन्छन्– ब्यवस्थापन पनि अब आइएफआइसी बैंकको नियन्त्रणमा हुन्छ


ज्ञानेन्द्र ढुङगाना
प्रमुख कार्यकारी अधिकृत
एनबी बैंक
बैंकबाट एनबी समूह बाहिरिने प्रकृया कहाँ पुगेको छ?
स्थापना गर्दादेखि नै एनबि समूह बैंकको मूख्य प्रवर्द्धक हो। समूहले आफ्नो सम्पूर्ण सेयरहरु विदेशी साझेदारलाई बेच्ने सम्झौता गरिसकेको छ। नेपाल राष्ट्र बैंकबाट विक्रीका लागि सैद्धान्तिक स्वीकृति आइसकेको छ। बंगलादेशी केन्द्रीय बैंकबाट पनि अन्तिम स्वीकृति आइसकेको छ। अब अन्तिम कारोबार हुन मात्र वाँकी छ। कारोबार भइसकेपछि एनबी समूह पूर्ण रुपमा बैंकको संस्थापक प्रवर्द्धकबाट हट्छ। त्यसपछि बैंकमा बंगलादेशी बैंक आइएफआइसीको ५० प्रतिशतभन्दा माथि र सर्वसाधारणको ४९ प्रतिशत सेयर हुन्छ। सेयर कारोबारपछि एनबी बैंक पूर्ण रुपमा विदेशी संयुक्त लगानीमा सञ्चालित बैंक बन्ने छ। एनबी समूह र आइएफआइसी बैंकबीच सेयर नामसारी असारभित्रै सकिने अपेक्षा छ। नभए पनि साउनमा यो प्रकृया सकिन्छ। 
आइएफआइसी बैंकले सेयर किनेको पैसा तीन वटा किस्तामा आउँछ। जुन पूर्ण रुपमा पुरानो ऋण भुक्तानीमा प्रयोग हुन्छ। पहिलो किस्तामा विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको सेयरको पैसा आउँछ। दोस्रो किस्ता व्यक्तिगत नाममा रहेका सेयरको र तेस्रो, सञ्चालकबाट छाडेकाहरुको नाममा रहेको सेयरको आउँछ। यो सबै पैसा कात्तिकसम्म आइसक्छ। 

ज्ञानेन्द्र ढुङगाना
प्रमुख कार्यकारी अधिकृत
एनबी बैंक

एनबी समूहका कारण बैंकका बारेमा कतिपय सर्वसाधारणको नकारात्मक धारणा बनेको थियो। यसलाई कसरी चिर्न सकिन्छ?
एनबी समूका कारण बैंकप्रति नकारात्मक धारणा आन्तरिक ऋण लगानी भएर हो। जुन लगानी खराव अवस्थामा छ। सेयर बिक्रीबाट आउने सम्पूर्ण रकम आन्तरिक रुपमा लगानी भएको कर्जा भुक्तानी गर्न प्रयोग हुने छ। सेयर बेच्ने र किन्ने दुवै पक्षबीच ऋण भुक्तानीमा रकम प्रयोग गर्ने सम्झौता नै भएको छ। सम्पूर्ण ऋण भुक्तान भएपछि गलत धारणा हराउँदै जान्छ। बैंकका बारेमा बनिसकेको धारण कतिपय अवस्थामा सजिलै बदल्न पनि सकिन्न। यसलाई बैंकको वासलातले, राम्रो नाफाले चिर्दै लाने हो। विदेशी बैंकको प्रवर्द्धकका रुपमा शत् प्रतिशत लगानी भएपछि यसले विश्वास वढाउँछ। हामी बैंकको नामै पनि परिवर्तन गर्दैछौं। अहिले नाम टुङगो लागिसकेको छैन। बंगलादेश शब्दलाई यथावत राख्ने/नराख्नेमा छलफल भइरहेको छ। आइएफआइसी बैंकको नामलाई नै प्रयोग गर्न पनि सक्छौं। दुवै पक्षको सेयरको कारोबार सकिएपछि नाम टुङगो गर्छौं। नाम परिवर्तनपछि बैंकको व्रान्डिङ गर्छौ। सञ्जाल विस्तार, सेवाहरु थप्ने छौं। यसले विस्तारै नकारात्मक धारणालाई सकारात्मक बनाउँछ। 

बैंकले डुवेका अधिकांस ऋणहरु वासलातबाट अपलेखन गरेको छ। यस्तो ऋणलाई कसरी मिलाउँदै हुनु हुन्छ?
पुराना कर्जा राइट अफ  गरेका कर्जा २ अर्बभन्दा वढी छन्। ती कर्जा क्रमिक रुपमा उठाइरहेका छौं। पोहोर करिव २० करोड उठायौं। यो वर्ष २० करोडभन्दा वढी उठाइ सकेका छौं। कुनै ग्राहकको उठ्ने प्रकृयामा छ। कुनै ग्राहकको चैं सरकारले भर्खरै रुग्ण उद्योगमा सहुलियत दिने भन्ने भएको छ। त्यो कर्जा पनि अब उठ्छ। यो ऋण भनेको बैंकको ढिकुटी हो। ढिकुटीबाट उठेको जेजति ऋण छ त्यो सबै नाफा हो। हामीसँग अब धेरै कर्जा राइटअफ भएका कर्जा धितोसहितका छन्। पर्याप्त धितो छन्। 

१० वर्ष पहिले बैंकले ठूलो आकार लिइसकेको थियो। त्यही बेला एनबी समूहको वद्माशीका कारण बैंकको आकार खुम्चियो। पहिलेकै हैसियतमा पुर्‍याउने योजना के छन्?
बैंकिङ व्यवसाय भनेको 'मिडिया सेन्सेटिभ' पनि हुन्छ। मिडियाले पनि जिम्मेवारीपूर्ण व्यवहार गरिदिनु पर्छ। ठूलो आकार लिइसकेको बैंकलाई वद्माशीपछि ठूलो नोक्शान भयो। त्यसपछि बैंकले व्यापार वढाउन सकेन। शाखा विस्तारमा रोक नै लाग्यो। जनमानसमा नकारात्मक धारणा बन्यो। १० वर्षको दौरानमा अब ती समस्याबाट बैंक विल्कुल पार भइसकेको छ। पुरानो अवस्थामा फर्किन बैंकले पोहोरदेखि नै पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याइसकेको छ। वर्षेनी  शाखा विस्तार गर्ने, नयाँ सेवा सुविधा  थप्दै लैजाने, नयाँ क्षेत्र खोज्दै जाने योजना छ। आगामी २/३ वर्षमा हामी पहिलेकै अवस्थामा पुग्छौं। 
ज्ञानेन्द्र ढुङगाना
प्रमुख कार्यकारी अधिकृत
एनबी बैंक

पहिलेकै अवस्थामा पुर्‍याउने योजना के छ?
विगत १० वर्षदेखि हामीले शाखा वढाउन सकेका थिएनौं, जसले गर्दा व्यापार वढेन। हामी १९ वटा शाखामा सीमित भयौं। यो वर्ष ९ वटा शाखा थप्छौं। शाखारहित सेवा वढाइरहेका छौं। क्रेडिट कार्डका लागि भिसा नेटवर्कसँग सम्झौता भइसकेको छ। रेमिट्यान्सका लागि साझेदार आइएफआइसी बैंकको सहयोगमा ८/१० वटा देशबाट रेमिट्यान्स ल्याउँदैछौं। स्वदेश तथा विदेशमा कर्मचारीलाई तालिम दिने योजना बनाएका छौं। आन्तरिक र वाह्यि रुपमा एकैचोटी परिवर्तन थाल्ने हाम्रो योजनामा छ। 

अब सञ्चालक समितिसँगै ब्यवस्थापन पनि आइएफआइसीको पकडमा हुन्छ?
आइएफआइसीले अधिकांस सेयर लिने हुँदा उनीहरुले स्वभाविक रुपमा व्यवस्थापन पनि हेर्छन्। पहिले पनि यो बैंकमा उनीहरुको व्यवस्थापन थियो। अब पनि व्यवस्थापनमा आइएफआइसीकै नियन्त्रण हुन्छ। सेयर कारोबार भइसकेपछि व्यवस्थापनको उच्च तहमा आइएफआइसीको  व्यवस्थापन आउँछ। अहिलेको अवस्थामा नेपालमा विक्री तथा बजार प्रवर्द्धनमा उनीहरुले काम गर्न सक्दैनन्। पछाडि बसेर संस्थागत सुधार, सञ्चालन, मानव शंसाधन र प्रविधि क्षेत्रमा उनीहरु आउने छन्। दोस्रो तथा तेस्रो लहरमा उनीहरु हुन्छन्। 

असार मसान्त सकिन केही दिन मात्र वाँकी छ। कस्तो छ बैंकको अवस्था? लगानीकर्ताले के आशा गर्न सक्छन्?
असार सकिन केही दिन मात्र बाँकी भएपनि अन्तिम दिनसम्म एनबी बैंकका बारेमा यसै भन्न जटिल छ। एउटा कारण, साउन १५ सम्मको आम्दानीलाई असारमा देखाउन पाइन्छ। अर्को आइएफआइसीसँगको सेयरको कारोबार असारमा सकियो भने बैंकको नाफा करिव १ अर्ब ३० करोड पुग्ने छ। असारमा सकिएन भने ८० करोडको हाराहारीमा नाफा वस्छ। तैपनि जुनसुकै हालतमा सेयरधनीलाई लाभांस यसपाली दिनै पर्छ। हामी लाभांस वाँड्ने गरी काम गरिरहेका छौं। 

बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने कुरा आएको छ। तपाईहरु तयार हुनु हुन्छ?
बैंकहरुको पुँजी कोष कम हँुदै गएको छ। पुँजी कोषका कारण थप व्यवशाय विस्तार गर्न कठिनाइ देखिन थालेको छ। यो हिसावले अहिलेको २ अर्ब चुक्ता पुँजी नपुग भएको पक्कै हो। तर, एकैचोटी ठूलो पँुँजी वढाउन सकिँदैन। संस्थापकहरुले पैसा थप्न सक्ने अवस्था छैन। पुँजी वृद्धि योजना क्रमिक रुपमा आउनु पर्छ। पुँजी आधार वलियो र ठूलो हुनु राम्रो कुरा हो। तर, सँगसँगै सेयरधनीलाई प्रतिफल पनि दिनु पर्ने हुन्छ। सेयरधनीलाई पैसा हाल्न लगाउने अनि वर्षौैसम्म प्रतिफल दिन सकिएन भने यसले  निराशा उत्पन्न गराउँछ। चुक्ता पुँजीलाई मात्र नहेरेर बैंकको जगेडा कोष, २० प्रतिशत वैधानिक तरलता अनुपात (एसएलआर) लाई पनि मिलाएर पाँच अर्ब पुर्‍याउँदा राम्रो हुन्छ। यसले गर्दा सेयरधनीलाई प्रतिफल पनि दिन सकिन्छ र पुँजी आधार पनि वलियो हुन्छ। 
ज्ञानेन्द्र ढुङगाना
प्रमुख कार्यकारी अधिकृत
एनबी बैंक


पुँजी वृद्धिको विषय जवरजस्ती मर्जरसँग पनि जोडिन्छ होला नि?
जुन बैंकले पुँजी वढाउन सक्दैन उसँग मर्जरमा जानुको विकल्प हुँदैन। मर्जरमा गयो भने तत्कालै पुँजी र क्षमता वढाउन सकिन्छ। पुँजीको कारणले जवरजस्ती मर्ज हुन सक्ने अवस्था आउँछ। एनबी बैंकको कुरा गर्ने हो भने साझेदार आइएफआइसीलेे जतिसुकै पुँजी वढाएपनि पैसा हाल्छु भनेर आश्वासन दिइसकेको छ। हामी राम्रो संस्था भेटियो भने मर्जरमा जाने पक्षमा पनि छौं। हामीलाई पुँजी वृद्धि गर्न समस्या छैन। मर्जरमा जानका लागि आउँदो साधारणसभाबाट स्वीकृति लिँदैछौं। बैंकको क्षमता र आकार वढाउन मर्जर आवश्यक छ,  मर्जरबाट …ओभर नाइट' परिवर्तन गर्न सकिन्छ। 

तरलताका कारण ब्याज दर वृद्धिमा तिव्रता देखियो। यसमा राष्ट्र बैंकले पनि चासो देखाएको छ?
हाम्रोे देशमा तरलताको अवस्था छिटो छिटो तल–माथि हुने गरेको छ। यसका बारेमा आवश्यक अनुसन्धान नै गर्नु पर्ने बेला भएको छ। वाहिर यति तिब्र हुँदैन। यसलाई स्थायित्व दिन अनुशन्धान गरेर आवश्यक कदम चाल्ने बेला भइसकेको छ। बैंकहरु व्यापारिक प्रतिस्ठान भएकाले पैसा महँगो हुँदा ब्याज दर परिवर्तन गर्नु पर्ने भइहाल्छ। तर, चाँडो चाँडो ब्याज परिवर्तन गर्नु भने राम्रो होइन। यसले ग्राहकलाई द्विविधामा पार्छ।

राष्ट्र बैंकको चासो स्प्रेड दर फराकिलो भयो भन्ने हो?
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मात्र हेरेर भएन समग्र बजारलाई हेर्नु पर्छ, ऋणी र निक्षेपकर्तालाई पनि हेर्नु पर्छ। त्यही भएर उसको चासो देखिएको हो। बैंकले एउटा निश्चित …मार्जिन' मा काम गरुन् भन्ने नियामकले चाहनु स्वभाविक हो। 
स्प्रेड वढी भयो भन्नुमा बैंकरबीच द्वीविधा भएर हो। स्प्रेड मूल्यांकन गर्ने शुत्र (फर्मुला) बैंकपिच्छे फरक पर्ने भएका कारण केही बैंकको वढीजस्तो देखिएको हो। कुनै बैंकले सरकारी ऋणपत्र, टे्रजरी बीलमा गरेको लगानीलाई स्प्रेड मूल्यांकन गर्दा देखाएका छैनन्, कसैले  देखाएका छन्। यसले गर्दा स्प्रेडमा फराकिलो अन्तर देखिएको हो। खासमा बैंकहरुको स्प्रेड ३ प्रतिशतको हाराहारीमा मात्र छ। 





No comments:

Post a Comment

thanks for comment