नेपाल बैंकको हकप्रद वाँडफाँड

काठमाडौं, साउन २९ 
नेपाल बैंक लिमिटेडले निस्कासन गरेको हकप्रद सेयर वाँडफाँड गरेको छ। बैंकका ११ हजार सात सय ९३ जना सेयरधनीमध्ये ९ हजार सात सय ३१ जना सेयरधनीलाई सेयर वाँडफाँड गरिएको हो। बैंकले ३ करोड ३३ लाख ६० हजार ६०६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो। 
बैंकले प्रति एक बराबर ९.५ को अनुपातमा हकप्रद निस्कासन गरेको थियो। तीन करोड ६१ लाख ९६ हजार एक सय ७४ कित्ता हकप्रदमध्ये लगानीकर्ताले ३ करोड ३३ लाख ६० हजार ६०६ कित्ताका लागि आवेदन दिएका थिए। बैंकको सेयरका लागि २ सय ५० जना सेयरधनीहरुले आँशिकरुपमा र ५ सय ७० जना सेयरधनीहरुबाट हकभन्दा बढि सेयरको लागि आवेदन प्राप्त भएको थियो। बैंकले जेठ ९ देखि असार २७ सम्म हकप्रद सेयरको आवेदन माग गरेको थियो। 
बैंकको सेयरमा सर्बसाधारणको ९२.१७ प्रतिशत मात्र सेयर विक्री भएको छ। बैंकले वाँकी सेयर सबै लगानीकर्ताहरुलाई समान अबसर प्रदान गरि लिलाम बढावढमा विक्री गर्ने जनाएको छ। बाँकी सेयर बिक्रीपछ बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्ने छ।
बैंकको सेयरमा सरकारले आफ्नो भागको १ अर्ब ३७ करोड रुपैयाँ हालिसकेको थियो। बैंकले सेयर निस्कासनका लागि विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको थियो। बैंकले हकप्रद सेयर निस्कास गर्न ९ वर्षपछि आफ्नो सेयर पुनः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत गरेको थियो। बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सुचीकृत छ। 

बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर स्वामित्व छ। वाँकी सेयर अन्य बंैक तथा वित्तीय संस्था र सर्वसाधारणको छ। उनीहरुको कुल पुँजीमा ४९.९४ प्रतिशत सेयर छ। बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म ३४ अर्ब ५० करोड ऋण लगानी गरी ५६ अर्ब निक्षेप संकलन गरेको थियो दिए। बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीलाई लाभांस ख्वाउने योजना बनाएको छ।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सुचीकरण खारेज भएको थियो। बैंकले गत असोज २५ गते नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलो पटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो। 
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न उपलब्ध  गराएको पैसा हकप्रद निस्कासनपछि  मात्रै पुँजीमा देखाउन पाइन्छ। बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। ७६ वर्ष पुरानो बैंकको वित्तीय अवस्था खराव भएपछि विश्व बैंकको ऋण लिएर सुधार प्रकृया थालिएको थियो। सरकार र सर्वासाधारणले पुँजी लगानी गरेपछि बैंकको अवस्था सुधि्रने छ। 
सुधार प्रकृया सकेर विदेशी समूह फर्किएपछि अहिले बैंकको व्यवस्थान राष्ट्र बैंकले हेरिरहेको छ। राष्ट्र बैंकले आगामी पुससम्म व्यवस्थापन हेर्ने गरि चैतमा करार नवीकरण गरेको छ। पुँजी वृद्धिसँगै गैरबैंकिङ सम्पति विक्री गरेपछि राष्ट्र बैंकले व्यवस्थापन छाड्ने योजना बनाएको छ। 
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने  तयारी गरेको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ। 
                              

No comments:

Post a Comment

thanks for comment