बैंकको निक्षेप ५ बर्षमा दोब्बर बढ्यो

काठमाडौं, साउन ७
पछिल्लो पाँच बर्षमा बाणिज्य बैंकहरुको निक्षेप दोब्बरले बढेको छ। कर्जा लगानीको बृद्धि दर पनि गुणात्मक रुपमा बढेको छ। राष्ट्र बैंककका अनुसार, आर्थिक वर्ष २०६५/६६ मा ५ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकसँग अहिले बढेर १० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।
'सरकारी बजेट, रेमिटेन्स आयमा वृद्धि, शोधनान्तर बचत बढेका कारण बैंकको निक्षेप सुधार भएको हो,' गभर्नर युवराज खतिवडाले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै भने। 
आर्थिक बृद्धिका कारण अर्थतन्त्रको आकार सुधार र बैंक तथा वित्तीय संस्थाहरु बजार विस्तारमा लागेका कारणले पनि पाँच बर्षमा निक्षेप दोब्बरले बृद्धि भएको हो। पाँच बर्षअघि ३ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बाणिज्य बैंकले अहिले कर्जा सुधार ७ खर्ब ५४ अर्ब रुपैयाँले बढेको छ। 
गत आर्थिक बर्ष मात्र बैंकको निक्षेप १  खर्ब ५५ अर्ब रुपैयाँले बढेको छ। कर्जा लगानी पनि १ सय ३० अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ। निक्षेप बृद्धिका कारण बैंकहरुको कर्जा–निक्षेप अनुपात ७१.७ प्रतिशतमा सीमित भएको छ। ६ साताअघि निक्षेप कम हुँदा अनुपात ७८ प्रतिशतसम्म पुगेको थियो।
बैंकहरुको निक्षेप आर्थिक वर्ष २०६५/६६ मा ५ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा ०६६/६७ मा बढेर ६ खर्ब १७ अर्ब पुगेको थियो। त्यसपछि ०६७/६८ मा बढेर ६ खर्ब ७३ अर्ब, २०६८/६९ मा ८ खर्ब ६२ अर्ब रुपैयाँ र गत आर्थिक बर्ष बढेर १० खर्ब १७ अर्ब रुपैयाँ पुगेको हो। 

कर्जा लगानी पनि आर्थिक वर्ष २०६५/६६ मा ३ खर्ब ८४ अर्ब रुपैयाँ थियो। ०६६/६७ मा बढेर ४ खर्ब ६५ अर्ब पुगेको थियो। त्यसपछि ०६७/६८ मा बढेर ५ खर्ब २१ लाख, २०६८/६९ मा ६ खर्ब १८ अर्ब र गत आर्थिक बर्ष ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको हो। 
गत आर्थिक वर्षभरी १ खर्ब ४५ अर्ब रुपैयाँले बढेको वाणिज्य बैंकहरुको निक्षेपमध्ये ७५ अर्ब रुपैयाँ पछिल्लो ६  सातामा वृद्धि भएको हो। बैंकहरुले बर्षभरी ब्यापकर रुपमा कर्जा लगानी गरेपछि बर्षको अन्तिममा भने जम्मा १० अर्ब रुपैयाँ बढाएका छन्। बर्ष भरीमा बैंकले १ खर्ब ३० अर्ब कर्जा लगानी गरेका थिए। 
सरकारी विकास खर्च वढेका कारण पछिल्लो पाँच सातामा बैंकको निक्षेप उच्च वढेको हो। बैंकहरुसँग निक्षेप वृद्धि हुन थालेपछि तरलता सहज भएर गएको छ। 
सरकारले असार अन्तिममा विकास निर्माणका लागि धमाधम भुक्तानी दिन थालेकाले निक्षेप वढेको हो। पछिल्लो समय बैंकहरुले कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण निक्षेप वढेपनिे थप लगानी गर्न सकेका थिएनन्।  
नोक्सानी व्यवस्थाका कारण असार अन्तिममा ऋण लगानी नगर्ने पुरानै परम्परा र यही बेला  अनिवार्य नगद अनुपात (सिआरआर) कायम गर्नु पर्ने दवावले पनि बैंकहरुले लगानी विस्तार गरेका थिएनन्। बैंकहरुले सेयरधितो कर्जा (मार्जिन लेन्डिङ) पुरै रोकेका थिए भने भने लामो अवधिका कर्जा पनि त्यति दिएका थिएनन्। व्यापारिक प्रयोजनाका छोटो अवधिको कर्जा मात्र लगानी भएको थियो।
बैंकहरुले एक सय रुपैयाँ निक्षेप उठाउँदा जम्मा ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। निक्षेप वढेपनि पहिले नै ऋण वढाएका कारण अहिले कर्जा–निक्षेप अनुपात कायम राख्न बैंकले लगानी विस्तार गर्न नसकेका हुन्।
चौथर्फी रुपमा खर्च वढाउन दवाव र काम गरेका ठेकेदारहरुले धमाधम भुक्तानी लैजान थालेका छन्। सरकारले खर्च गरेको रकम बैंकबाट वाहिरिन्छ। भुक्तानी लिनेहरुले पैसा बैंकमा राख्ने भएकाले निक्षेप संकलन सुधार हुन्छ।
तरलता सहज हुँदै गएपछि बैंकहरुले साउनपछि ब्याज दरमा पुनर्विचार गर्ने जनाएका छन्। पछिल्लो समय मुद्दति निक्षेपको ब्याज साढे १० प्रतिशतसम्म पुगेको छ। सर्वसाधारणको ब्याज बैंकहरुले स्किमका रुपमा वढाएका थिए। 

No comments:

Post a Comment

thanks for comment