सुदर्शन सापकोटा
काठमाडौं, जेठ १७ -
राष्ट्र बैंकले बैंक तथा वित्तीय
संस्थामा एकै व्यक्ति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हुन नपाउने
व्यवस्था गरेपछि दुई वाणिज्य बैंक, पाँच फाइनान्स कम्पनीले पद मिलान गर्नु
पर्ने देखिएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक र सरकारी स्वामित्वको राष्ट्रिय
वाणिज्य बैंकमा कार्यकारी अध्यक्ष छन्।
इन्भेष्टमेन्ट बैंकमा पृथ्वीवहादुर पाण्डे अध्यक्ष तथा प्रमुख कार्यकारी
अधिकृत छन्। राष्ट्रिय वाणिज्य बैंकमा रामप्रसाद अधिकारी कार्यकारी
अध्यक्ष छन्। निर्देशन जारी भएपछि यी दुवै बैंकका प्रमुखले अध्यक्ष र
कार्यकारी प्रमुखमध्ये एक पद छाड्नु पर्ने हुन्छ।
शुभलक्ष्मी, वीरगञ्ज, आइसिएफसी, पिपल्स र स्वस्तिक मर्चेन्ट फाइनान्समा पनि कार्यकारी अध्यक्ष छन्। शुलभक्ष्मीमा अच्युतवल्लभ पन्त, वीरगञ्जमा विजयकुमार सरावगी, आइसिएफसीमा रामवावु पन्त, पिपल्समा छविलाल भुसाल र स्वस्तिकमा इमानसिंह लामा कार्यकारी अध्यक्ष छन्। जेठमा निर्देशन आएपनि यी कम्पनीलाई निश्चित समय दिएर कार्यकारी अध्यक्ष हटाउन लगाइने छ।