ज्ञवालीले गल्ती सकारे पनि कर्मचारी थुनामा

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर २५
जम्को प्रकाशन प्रालिलाई दिएको ऋण दुरुपयोग अभियोगमा फरार रहेका किस्ट बैंकका पुर्वप्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवालीले गल्ती सकारेको तथ्य फेला परेको छ। राष्ट्र बैंकले सोधेको स्पष्टीकरणमा ज्ञवालीले दुरुपयोग भएको कर्जाको सम्पूर्ण दायित्व आफ्नो भएको भन्दै पाँच लाख रुपैयाँ जरिवानासमेत तिरेको तथ्य फेला परेको हो। 
जम्कोलाई दिएको ऋण दुरुपयोग भएपछि प्रहरीको केन्द्रीइ अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकका कर्मचारीहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। राष्ट्र बैंकलाई भदौमा वुझाएको स्पष्टीकरणमा ज्ञवालीले सबै दोश आफ्नो भएको सकारेका छन्।
बैंकले २०७६ सालमा जम्को प्रकाशन प्रालिका नाममा १२ करोड रुपैयाँ ऋण दिएको थियो। ज्ञवालीले मिलेमतोमा कम्पनीका एकल सञ्चालक किशोर ढकालका नाममा दिएको यो ऋण दुरुपयोग भएको थियो। ८० लाख बराबरको सम्पति रहेको कम्पनीको ऋण दुरुपयोग भएपछि राष्ट्र बैंकले सिआइबीलाई बैंकिङ कसुर ऐन अन्तर्गत अनुसन्धान तथा कारवाही अगाडि वढाउन सिफारिस गरेको थियो।

राष्ट्र बैंकको सिफारिस अनुसार कारवाही अगाडि वढेपछि ज्ञवाली फरार भएका छन्। …ऋण आफैले दिएको र अन्य कर्मचारीको हात छैन, उठाउने दायित्व पनि मेरो हो' भन्दै राष्ट्र बैंकलाई स्पष्टीकरण वुझाएका ज्ञवाली फरार भएपछि प्रहरीले बैंकका अन्य कर्मचारीहरुलाई पक्राउ गरेर अनुसान्धान थालेको छ। 
प्रहरीले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बिएन घर्ति तथा अन्य दुई कर्मचारी प्रगुन श्रेष्ठ र मञ्जयराज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धार गरिरहेको छ। जम्कोकै नाममा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकबाट पनि ऋण दूरुपयोगको गरेको भेटिएपछि ज्ञवालीकी श्रीमती गौरी खनाल ज्ञवाली र जम्कोका सञ्चालक ढकाललाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको थियो। श्रमती पक्राउ परेपछि ज्ञवालीले किस्टबाट राजिनामा गरेका थिए। उनको राजिनामापछि घर्तिलाई कामु प्रमुख कार्यकारीको जिम्मेबारी दिइएको थियो। 
यही मुद्दाको अनुसन्धानका क्रममा किस्टबाट पनि ऋण दुरुपयोग भएको फेला परेको हो। किस्टका ज्ञवालीले आफूले राम्रोसँग चिनेजानेको भन्दै ऋण समितिबाट जम्कोलाई ऋण दिएका थिए। ऋण दिएको दुई महिना नवित्दै ज्ञवालीले श्रीमतीको नाममा रहेको जग्गा जम्कोलाई विक्री गरेका थिए। 
…कर्मचारीहरुलाई …गुमराह' मा राखेर ज्ञवालीले ऋण दिएका थिए,' किस्ट सञ्चालक समितिका एक सदस्यले भने, …उनको अपराधको सजाय कर्मचारीहरुले भोग्नु परेको छ।' किस्टका कर्मचारीहरुका अनुसार, प्रबन्ध निर्देशक ज्ञवालीले केही महिनाअघि ऋण दिएर लगत्तै आफ्नो जग्गा ऋण दिएको कम्पनीलाई विक्री गर्नुले नै ऋण दुरुपयोगमा कसको हात छ भन्ने प्रस्छ हुन्छ। …कर्मचारीहरुलाई थाहापत्तो नदिइ ऋण प्रवाह ज्ञवालीले गरेका हुन्, उनी आफैले पनि स्वीकारेका छन्,' ती कर्मचारीले भने, …मुख्य दोशीलाई नसमातेर उनको मातहतका कर्मचारीलाई समात्नु ठूलो अन्याय हो।'
राष्ट्र बैंकले जम्कोमा ज्ञवाली प्रमुख दोशी रहेको किटान गर्दै वाँकी कर्मचारीलाई सचेत गराउन निर्देशन दिइसकेको छ। राष्ट्र बैंकको निर्देशनमा बैंकको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत विएन घर्तिलाई सचेत गराउँदै ऋण दुरुपयोगमा कुनै सलग्नता नभएको भनेर …क्लिन चिट' दिइसकेको छ। 
प्रहरीले भने ऋण दिएको कागजातमा पक्राउ परेका कर्मचारीहरुको समेत हस्ताक्षर रहेकाले अनुसन्धानमा तानिएको बताएको छ। …प्रबन्ध सञ्चालकको नेतृत्वमा सर्वसम्मतिबाट कर्मचारीहरुले हस्ताक्षर गरेर ऋण दिइएको छ,' सिआइबीका प्रवक्ता इश्वरवावु कार्कीले भने, …प्रमाणका आधारमा कारवाहीमा तानिएको हो।'
नागरिकलाई प्राप्त विवरण अनुसार, ज्ञवालीले सञ्चालक समिति र नेपाल राष्ट्र बैंकलाई आफ्नो निर्देशनमा जम्को प्रकाशनलाई ऋण दिइएको उल्लेख छ। ज्ञवालीलाई राष्ट्र बैंकले ऋण दुरुपयोगको मुद्दामा स्पष्टीकरण सोधेपछि उनले आफ्नो गल्ती स्वीकार गर्दै कर्मचारीहरुको कुनै दोश नरहेको जनाएका छन्। 
…जम्कोको कर्जा लगायत कुनै पनि कर्जा स्वीकृति र प्रवाहको प्रकृयामा संलग्न कुनै पनि कर्मचारीले गलत काम नगरेको, बैंक प्रमुखको हैसियतले मैले दिएको निर्देशन पालना गर्नु हरेक कर्मचारीको कर्तब्य भए अनुरुप कर्मचारीबाट निर्देशनको पालना भएको हो,' ज्ञवालीले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ, …कर्जा असुलीको दायित्व पनि मेरै हो।'
किस्टमार्फत ज्ञवालीले जम्कोलाई दिएको १२ करोड साँवा र एक करोड ७३ लाख ८६ हजार रुपैयाँ ब्याज असुल हुन वाँकी छ। ज्ञवालीले दिएको कर्जाको धितोको मूल्य भने जम्मा ८० लाख रुपैयाँ मात्र छ। 


No comments:

Post a Comment

thanks for comment