डेढ दर्जन बैंकको आधार दर घट्यो

काठमाडौं, कात्तिक ५
बाणिज्य बैंकहरुले निÔेपको  ब्याज दर घटाउन थालेपछि पु“जी लागत कम भएर आधार दर पनि घटेको छ। सञ्चालनमा रहेका ३१ बाणिज्य बैंकमध्ये डेढ दर्जन वढी बैंकको आधार दर तीन महिनामा घटेको छ। 
नेपाल राष्ट्र बैंकले गत बर्षको मागबाट आधार दर कार्यान्वयनमा ल्याएपछि बाणिज्य बैंकले चार पटक आधार दर सार्वजनिक गरिसकेका छन्। ग्लोबल आइएमइ, एनएमबी, नेपाल क्रेडिट एन्ड कमर्स, बैंक अफ काडमाण्डू, नेपाल एसबिआइ  र राष्ट्रिय बाणिज्य बैंक बाहेक सबैको आधार दर घटेको छ।
आधार दर वढी भएका बैंकहरुमा कर्जाको व्याज मह“गो पर्छ। बैंकहरुले आफ्नो सम्पूर्ण खर्च कटाएर केही प्रतिशत नाफाको हिस्सासमेत जोडेर आधार दर तोक्छन्। आधार दरलाई हेरेर वार्गेनिङ गरे सर्वसाधारण ग्राहकले सस्तो ब्याजमा ऋण पाउ“छन्।
व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले आगामी पुसबाट विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि आधार ब्याज दर (बेस रेट) कार्यान्वयमा ल्याउन निर्देशन दिइसकेको छ। विकास बैंक र फाइनान्स कम्पनीहरुको पुँजी लागत अलिक वढी हुने भएकाले आधार दर पनि माथि नै हुने छ।
आधार दर तोकिएपछि सर्वसाधारण ग्राहकले बैंकबाट प्रतिस्पर्धि दरमा  ऋण पाउने छन्। बैंक तथा वित्तीय संस्थाहरुले न्युनतम व्याज तोक्ने भएकाले ग्राहकले योभन्दा वढी तिर्दिन भनेर बैंकसँग मोलमोलाइ गर्न पाउने छन्। न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धि व्याजमा ऋण पाउन् भन्ने राष्ट्र बैंकको उद्देश्य हो। 

आधार ब्याज दर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, मेगा बैंक, एभरेष्ट, सिटिजन्स बैंक इन्टरनशेनल, लुम्बिनी, नबिल, नेपाल इन्भेष्टमेन्ट, एनबी, सनराइज, सानिमा, ग्रान्ड, सेञ्चुरी, कृषि विकास, सिद्धार्थ, सिभिल, प्राइम, जनता, कुमारी, एनआइसी एसिया, माछापुच्छे्र र राष्ट्रिय बाणिज्य बैंकलगायतको आधार दर घटेको छ। 
आधार दर १० प्रतिशतभन्दा माथि  जनता, सिभिल, सेञ्चुरी, एनसिसीलगायतको आधार दर छ। यसमध्ये सबैभन्दा उच्च आधार दर सिभिल बैंकको ११.०७ प्रतिशत रहेको छ। बाणिज्य बैंकसहित विकास बैंक र फाइनान्स कम्पनीहरुले आफ्नो सम्पूर्ण लागत घटाएर त्यसमा नाफा जोडेपछि ग्राहकले तिर्नु पर्ने न्युनतम ब्याज तोक्छन्। 
बैंक तथा वित्तीय संस्थाहरुले आधार दर गणना राष्ट्र बैंकले उपलब्ध गराएको शुत्र (फर्मुला) का अधारमा निस्कासन गर्नु पर्छ। व्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थिति अनुसार व्याजदर निर्धारण गर्न सहज हुने भन्दै राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो।
नेपालमा बैंक तथा वित्तीय संस्थाका लागि आधार व्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागू गरेको हो। वित्तीय संस्थाहरुले नयाँ लगानी हुने ऋणलाई मात्र नभइ पुराना ऋणहरु पनि आधार व्याज दरको सीमाभित्र रहेर निर्धारण गर्नु पर्छ। वित्तीय संस्थाहरुले कर्जा नवीकरण, पुनरतालिकीकरण र पुनर्संरचना गर्दा समेत आधार दरलाई आधार मानी व्याज दर निर्धारण गर्नु पर्ने हुन्छ। 
राष्ट्र बैंकले आधार व्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत  सम्पति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको  छ। वित्तीय संस्थाहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शुन्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्युनतम व्याज निकाल्नु पर्छ। 

No comments:

Post a Comment

thanks for comment