सेयर बजारमा तिब्र उछाल : राष्ट्र बैंकले माग्यो सेयर ऋणको विवरण

काठमाडौं, पुस ८
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुसँग सेयर धितोको विवरण माग गरेको छ। सेयर धितो कर्जा सस्तो र सजिलै प्रवाह हुन थालेर बजार अस्वभाविक बवढ्न थालेपछि राष्ट्र बैंकले सुपरिवेक्षण विभागहरुमार्फत सेयर धितो कर्जाको विवरण माग गरेको हो। 
आर्थिक तथा व्यवसायिक गतिविधि बिनै सेयर बजार तिब्र रुपमा बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाको ऋण जोखिममा पर्न सक्ने भन्दै राष्ट्र बैंकले पहिलो चरणमा विवरण माग गरेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ऋणको विवरण अध्ययन गरिसकेपछि जोखिममा आधारित निर्देशन दिने छ।
…सेयर बजार अस्वभाविक रुपमा बढिरहेको छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, …लगानीकर्ताले हल्लाको भरमा नलागी बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था हेरेर लगानी गर्नु पर्छ। नभए लगानी जोखिममा पर्न सक्छ।' 

ज्ञवालीले सेयर बजारको अस्वभागिक बृद्धिलाई राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको जानकारी दिए। राष्ट्र बैंकले सेयर बजार अस्वभाविक बढ्ने क्रमले केही दिन निरन्तरता पाएमा बैंक तथा वित्तीय संस्थाको ऋण जोखिममा पर्नबाट जोगाउन आवश्यक निर्देशन दिनका लागि गृहकार्यसमेत शुरु गरिसकेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार, आर्थिक गतिविधि बिना सेयर बजार वढ्दा बैंकको ऋण जोखिममा पर्ने आँकलन गर्दै तीन बर्È अगाडि लिएको नीतिलाई पुनः लागू गर्न गृहकार्य भइरहेको छ। …राष्ट्र बैंकले सेयर धितो कर्जा दि“दा बजार मूल्यको ६० प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था गर्ने बारे गृहकार्य सुरु भएको छ,' ती अधिकारीले भने, …अन्तिम मस्यौदाका लागि भने छलफल भइरहेको छ।' राष्ट्र बैंकले अहिले बैंकहरुलाई जोखिम हेरी लगानी गर्न सक्ने अधिकार दिएको छ।
सेयरमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी वढाउन थालेपछि जोखिम बढ्न सक्ने भन्दै राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्न गृहकार्य सुरु गरेको हो। सेयर बजार अस्वभाविक रुपमा घटेपछि सरकार तथा निजी Ôेत्रको आग्रहमा राष्ट्र बैंकले सेयर धितो कर्जा बैंकहरु आफैले जोखिम मूल्यांकन गरेर दिन सक्ने व्यवस्था गरेको थियो। 
पुँजीगत लाभकरको सीमा घटाइएको, स्रोत खोज्ने व्यवस्थालाई खुकुलो बनाइएको र संस्थागत लगानीकर्तालाई सुविधा दिएपछि पछिल्लो समय सेयर बजारमा सुधार आउन थालेको थियो। निर्वाचन हुने पक्का भएपछि बढ्न थालेको सेयर बजारमा निर्वाचनपछि तिब्र बृद्धि देखिएको हो।
सेयर बजार सुचकमा बृद्धिका साथै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दैनिक औषत ५० करोड माथिको सेयर किनबेच हुन थालेको छ। निर्वानपछि मात्र बजार २ सय अंकभन्दा माथि उक्लिसकेको छ। बैंकहरुले अन्य Ôेत्रमा लगानी गर्न नसकेका कारण सेयरमा धमाधम ऋण दिन थालेका छन्। यसले गर्दा कारोबार रकम र परिसुचक दुबै बृद्धि हुन थालेको हो। 
सेयर बजार ६ बर्Èयताकै न्युन विन्दुमा झरेपछि अर्थमन्त्रालयले पनि बजार उकास्न चासो राखेको थियो। लगानीकर्ताहरुको दवाव र बजारलाई बढाउन सरकारले नीति लिएपछि राष्ट्र बैंकले कर्जामा लगाएका सबै बन्देज हटाएको थियो। सेयर बजार ११७५ अंकमा पुगेर झर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा जोखिममा परेको थियो। जोखिम कम गर्न राष्ट्र बैंकले कर्जामा कडाइ गरेको थियो। 
निर्वाचनपछि सेयर बजारमा आधा अर्ब रुपैया“ सम्मको कारोबार हुन थालेको छ भने तिब्र बृद्धिका कारण तीन पटकसम्म सर्किट ब्रेकर लगाएर कारोबार स्थगित हुन थालिकेको छ। अन्य लगानीको Ôेत्र नभएपछि बैंकहरुले धमाधम ब्याज घटाएर सेयर धितोमा कर्जा लगानी गर्न थालेका छन्। यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको हो।

No comments:

Post a Comment

thanks for comment